Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

बाढीपीडितलाई राहत प्रदान गर्न संस्थानहरुलाई आपूर्ति मन्त्रालयको निर्देशन

\"\"काठमाडौं । आपूर्ति मन्त्रालयले तराई क्षेत्रमा बाढीका कारण पीडित भएकाहरुलाई अत्यावश्यक वस्तु राहतमा प्रदान गर्न मातहतका सार्वजनिक संस्थानलाई निर्देशन दिएको छ । मन्त्रालयले आफू मातहतका खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन, नेसनल ट्रेडिङ कर्पोरेसन र आयल निगमलाई बाढीपीडितका लागि अत्यावश्यक खाद्य वस्तु राहतमा वितरण गर्नका लागि निर्देशन दिएको हो । बाढीपीडितलाई राहत उपलब्ध गराउन खाद्य संस्थानलाई ३० किलो तौलको ५० हजार बोरा चामल (क्षेत्रीय स्तरमा) तयार गरी वितरण व्यवस्था मिलाउन मन्त्रालयले निर्देशन दिएको छ । त्यस्तै, कर्णालीबाट खरिद गरिएको सिमि (दाल) २/२ किलोको ५० हजार प्याकेट (केन्द्रीय स्तरमा) तयार गरी वितरण गर्न पनि मन्त्रालयले खाद्य संस्थानलाई निर्देशन दिएको छ । त्यस्तै मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनलाई १ किलो नून र १ लिटर खाने तेलका ५०/५० हजार प्याकेट तयार गरी वितरण गर्न निर्देशन दिएको छ । अत्यावश्यक खाद्य वस्तुको अधिकतम मौज्दात विस्तार गरी सेवा प्रवाह गर्न पनि मन्त्रालयले मातहत संस्थानलाई निर्देशन दिएको छ । केन्द्रीय दैवीप्रकोप उद्दार समितिको शनिवार बसेको बैठकले बाढीपीडितलाई अत्यावश्यक चामल, दाल, तेल र नून वितरण व्यवस्था मिलाउन निर्देशन दिएपछि आपूर्ति मन्त्रालयले आफूमातहतका संस्थानलाई राहत कार्यमा जुट्न निर्देशन दिएको हो । समितिले बाढीपीडितलाई राहतस्वरुप उपलब्ध गराउने अत्यावश्यक खाद्य वस्तुका लागि आवश्यक बजेटको सोधभर्नाका लागि मन्त्रिपरिषद्मा माग गर्ने निर्णय गरेका थियो । त्यस्तै, आपूर्ति मन्त्रालयले पेट्रोलियम तथा खाना पकाउने एलपी ग्यासको सहज व्यवस्थाका लागि नेपाल आयल निगमलाई निर्देशन दिएको छ । मातहतका सबै सार्वजनिक संस्थानका पदाधिकारीसहित आइतवार आपूर्ति मन्त्रालयमा बसेको बैठकले विपत व्यवस्थापनसँग सम्बन्धित आपतकालीन कार्य गर्न केन्द्रीय स्तरमा कम्तीमा तीन सदस्यीय विपद व्यवस्थापन उप-समिति गठन गर्ने निर्णय गरेको छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE