Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

'जुनसुकै वेला भत्किन सक्छ सप्तकोशी बाँध'

\"\"नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठ लामो समयदेखि सिमाना र सीमावर्ती बाँधबारे अध्ययन अनुसन्धान गर्दै आएका छन् । ०६६ सालमा प्रकाशित ‘भारत नेपाल सीमावर्ती बाँध’ पुस्तकमा श्रेष्ठले नेपाल–भारत सीमावर्ती बाँधले नेपाललाई पारेको असरबारे मसिनो गरी व्याख्या गरेका छन् । वर्षायामसँगै सीमावर्ती क्षेत्रमा नेपाली भूभाग डुबानमा पर्न थालेपछि सीमावर्ती बाँधको विषयमा फेरि बहस सुरु भएको छ । सप्तकोसी ब्यारेज, सीमावर्ती बाँधबाट नेपाललाई परेको असरलगायतका सन्दर्भमा अाजको नयाँ पत्रिकामा प्रकाशित सीमाविद् श्रेष्ठसँगको कुराकानी : वर्षायाम लागेपछि सधैँ नेपाल–भारत सीमावर्ती बाँधका कारण नेपाली भूमि डुबानमा पर्दै आएको छ । हामी पनि वर्षायाममा मात्रै सीमावर्ती बाँधका बारेमा चर्चा गर्छौं । भारतले एकतर्फी निर्माण गरेका र सम्झौताकै आधारमा निर्माण भएका नेपाल–भारत सीमावर्ती बाँध, तटबन्धले हामीलाई के–कस्तो असर पारिरहेको छ ? नेपालमा लगभग ६ हजार नदीनाला छन् । तीमध्ये ६० वटा ठूला नदीनाला नेपालबाट भारततर्फ बग्छन् । भारतले ६० नदीमध्ये मुख्य नदीलाई रोकेर तटबन्ध, ब्यारेज, तटबाँध, जोर्तीबाँध, ठोकर बनाइरहेको छ । नेपालबाट भारततर्फ बगेका नदीको प्राकृतिक बहावलाई रोकेर भारतले ब्यारेज र तटबन्ध बनाउँदा पानी जमेर नेपाली भूभाग डुबानमा पर्दै आएको छ । भारतीय बाँधबाट बर्सेनि नेपाली जनता पीडित भएका छन् । मेरो अध्ययनमा भारतले नेपालको सीमातर्फ १८ स्थानमा बाँध, तटबन्ध, ब्यारेज निर्माण गरेको छ । यसमध्ये बाँकेको सीमानजिकै ठूलो लक्ष्मणपुर बाँध बनाइएको छ । कपिलवस्तुको सीमानजिकै महलीसागर बाँध, रुपन्देहीको दक्षिणतर्फ रसियावाल खुर्दलोटन जोर्तीबाँध बनाइएको छ । पूर्वतर्फ मोरङको बक्राहा (भारततर्फ लुना नदी)मा बनाइको भारतीय तटबन्धले नेपालको भूभाग डुबानमा परेको छ । योभन्दा पनि वर्षाको पानीले पीडित भएको क्षेत्र सप्तरीको तिलाठी (भारतीयहरू कुनौली भन्छन्) हो । खाँडो नदीको प्राकृतिक बहावलाई रोकेर बाँध बनाउँदा सप्तरीको तिलाठी मलनिया, सकरपुराको भूभाग डुबानमा पर्दै आएको छ । भारतले यस्तै १८ ठाउँमा बनाएको बाँधका कारण नेपाली भूभाग डुबानमा परेको छ । यसले नेपालको दशगजा जलमग्न हुन थालेको छ । वास्तवमा वर्षा लागेपछि मात्रै यस विषयमा सबैको कान ठाडो हुने गरेको छ । सरकार पनि यही समयमा मात्रै सक्रिय देखिन्छ । नेपाल र भारतबीच सामान्य कुराकानी हुने, डुबानपीडितलाई चाउचाउ र भुजिया बाँड्ने काम हुन्छ । तर, हिउँद लागेपछि चर्चा हुँदैन । वर्षौंदेखि यस्तो भइरहेको छ । जस्तो, लक्ष्मणपुर बाँधको कुरा गरौँ । लक्ष्मणपुर बाँधको कलकलुवा तटबन्ध २२ किलोमिटर लामो र ४ मिटर अग्लो छ, जुन नेपालको दशगजासँग जोडिएको छ । त्यहाँ कल्भर्ट राखिदिएको भए पानीको निकास हुन्थ्यो । यो बाँधका कारण नेपालबाट बगेर जाने होलिया र गन्धेरी नदीको प्राकृतिक बहाव रोकिन पुग्यो । जसका कारण होलिया गाविसका नौमध्ये सातवटा वडा नै डुबानमा परेका छन् । चार वर्षअघि मन्त्री रमेश लेखक गएर चाउचाउ र चिउरा बाँड्नुभयो, त्यसपछि केही पनि भएन । यो बडो विडम्बनापूर्ण छ । सप्तकोसी ब्यारेजको समस्याचाहिँ के हो ? यसको सबै ढोका खोल्न भारत किन तयार छैन ? सप्तकोसी ब्यारेजमा जम्मा ५६ ढोका छन् । पर्याप्त ढोका नखोलिँदा नेपाली भूभाग जलमग्न भएको छ । यसपालि पनि कोसी नदी खतराको सीमाबाट माथि पुगेको छ । ब्यारेजमाथि गाडी वारपार गर्ने पुल छुन एकाध मिटर मात्रै बाँकी छ । त्यहाँसम्म पानी आयो भने सडकविच्छेद हुनेछ । सुनसरी र सप्तरीको आवागमन नै बन्द हुनेछ । कोसी ब्यारेजको प्रमुख समस्या भनेको यसको सञ्चालन हो । कोसी सम्झौताअनुसार ब्यारेज भारतबाट सञ्चालित छ र पटनास्थित कार्यालयबाट यसको सञ्चालन र रेखदेख भइरहेको छ । कोसी ब्यारेजको ढोका खोल्ने जिम्मा भारतीय कर्मचारीमा छ । जबकि, ब्यारेज हाम्रो भूमिमा बनेको छ । भारतीयले सञ्चालन गर्ने, हाम्रो भूमिमा ब्यारेज हुने नै समस्याको कारण हो । ०६५ भदौ २ गते कोसी ब्यारेजको ढोका नखुल्दा नेपालतर्फ तटबन्ध भत्काएर सुनसरीको हरिहरपुर, श्रीपुर क्षेत्र डुबेका थिए । त्यतिवेला २३ जनाको निधन भएको थियो । बाढीबाट नेपालभन्दा बढी भारतको बिहार प्रभावित भएको थियो । भदौ २ गते ५६ ढोकामध्ये २७ वटा मात्रै खोलिएको थियो । नेपालबाट खैलाबैला भएपछि बल्ल भारतले ४० वटा ढोका खोल्यो । ५६ वटै ढोका खोल्यो भने भारतको बिहार नै सर्वनाश हुने र नखोल्दा नेपालतर्फ पानी जमेर डुबानमा पर्ने अवस्था छ । त्यसकारण अब भारतलाई पनि असर नपर्ने, नेपालमा पनि डुबान नहुने खालको संरचना निर्माण गर्नु नै समस्याको दीर्घकालीन समाधान हुन्छ । यसतर्फ सबैले सोच्नुपर्ने वेला आएको छ । \"\"कोसीबाट हामीलाई किन निरन्तर दुःख भइरहेको छ ? यसको संरचनागत कारण के हो ? सम्झौताबाट हामीलाई के–कस्ता नाफाघाटा भए ? कोसीलाई भारतीयहरू बिहारको दुःख भनिरहेका छन् । तर, विद्यमान सम्झौताको अवस्थामा कोसी नदी उनीहरूका लागि वरदान, हाम्रा लागि अभिशाप साबित भएको छ । सप्तकोसी ब्यारेज बनाएको ५० वर्षभन्दा बढी भइसक्यो । कोसी ब्यारेज बनाउँदा पानीको गहिराइ जति थियो, अहिले बालुवा ल्याउँदै थुपार्दै गर्दा बालुवाको मात्रा माथि आएको छ । १९६५ मा कोसी ब्यारेज निर्माण हुँदा कोसीको गहिराइ ३० मिटर थियो, अहिले १० मिटर पनि छैन । किनभने, कोसी ब्यारेजबाट दक्षितर्फ जान नपाएर बालुवा त्यहीँ थिग्रिएर जम्मा भयो । सन् १९६५ मा कोसी ब्यारेज निर्माण सम्पन्न भयो । भारतका प्रधानमन्त्री लालबहादुर शास्त्री र राजा महेन्द्रबाट यसको उद्घाटन भएको थियो । कोसी ब्यारेजको सञ्चालन १९९ वर्षका लागि भारतलाई दिइएको छ । यो सम्झौताअनुसार सन् २१६४ सम्म भारतले नै कोसी ब्यारेज सञ्चालन गर्छ । त्यसकारण बाढी आएको वेला कति ढोका खोल्ने/नखोल्ने, मर्मतसम्भार गर्ने/नगर्ने भन्ने सबै भारतको जिम्मामा छ । यो कार्यालय भारतको बिहारस्थित पटनाबाट सञ्चालन हुन्छ । वेलामौकामा कोसी ब्यारेजको ढोका नखोल्नाले नेपालको भूमि डुबानमा पर्छ । ब्यारेजको ५६ ढोका छन् भने लम्बाइ ११७५ मिटर छ । कोसीको पानीलाई सोहोरेर ब्यारेजतर्फ ल्याउनका लागि ब्यारेजको उत्तर (नेपाल)तर्फ १२५ किलोमिटर लामो तटबन्ध बनाइएको छ । कोसी ब्यारेज निर्माण भएको ५० वर्ष पुगिसकेको हुनाले जतिखेर पनि भत्किन सक्छ भनिएको छ । इन्जिनियरिङ संरचनाअनुसार सिमेन्टबाट निर्मित संरचनाको आयु ५० वर्ष हुन्छ । यसलाई हामीले गम्भीर रूपमा लिनुपर्छ । कोसी सम्झौताअनुसार पूर्वी र पश्चिम नहर छ । भारततर्फ पूर्वबाट कटैया हुँदै पानी लगिएको छ । पश्चिमबाट नेपालतर्फ बडो नगण्य पानी गएको छ । भारततर्फ नहर होचो बनाइएको छ, उता धेरै पानी जान्छ, हिउँदमा । भारतले २ लाख ६१ हेक्टर जमिनमा सिँचाइ गर्छ, नेपालले २५ हजार हेक्टरमा मात्रै सिँचाइ गर्ने सम्झौता छ । तर, नेपालतर्फको नहरमा पानी नभएर बालुवा थिग्रेका कारण २५ हजार हेक्टर जमिन पनि सिँचाइ हुन सकेको छैन । सम्झौताको समयमा कटैयाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने र त्यसको एकचौथाइ नेपाललाई दिने भनिएको थियो । तर, नेपालले पाएन । त्यसको क्षतिपूर्तिस्वरूप त्रिशूलीको देवीघाट क्षेत्रमा १४ मेगावाटको विद्युत् आयोजना बनाइदियो । दोस्रो फेजमा त्यहाँ थप विद्युत् उत्पादनसमेत भएको छ । अब सप्तकोसीको समाधान सबै ढोका खोलेर खोज्ने कि कोसी उच्च बाँध वा अरू कुनै खालका संरचना बनाएर ? कोसी उच्च बाँध नेपालको हितमा हुन्छ कि हुँदैन ? विद्यमान कोसी ब्यारेजको इन्जिनियरिङ आयु समाप्त भइसकेकाले अब यो संरचनामाथि भर परेर हुँदैन । भारतले कोसी उच्च बाँधको प्रस्ताव ल्याएको छ र त्यस सम्बन्धमा सम्भाव्यता अध्ययन भइरहेको छ । टोपोग्राफिकल नक्सा, जमिन उपयोगको ड्रिलिङ गर्नेलगायतका काम भइरहेको छ । त्यहाँको सोसियो इकोनोमिक सर्भेको काम पनि भएको छ । त्यसबाट नेपाललाई के–कति हानि नोक्सानी पर्छ भन्ने अध्ययन भइसकेको छ । प्रारम्भिक डिजाइनअनुसार बराह क्षेत्रबाट डेढ किलोमिटर उत्तरमा बाँध बनाउने योजना छ । उच्च बाँध २६९ मिटर अग्लो र एक किलोमिटर लम्बाइको हुने भन्ने इन्जिनियरिङको योजना छ । भारतमा १० लाख हेक्टर, नेपालमा ६ लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने योजना छ । ३३ सय मेगावाट विद्युत् उत्पादन गर्ने मात्र मोइन, गंगा नदीबाट वाटरवेज (पानी जहाज) बराह क्षेत्रसम्म ल्याउन सकिन्छ भन्ने पनि हिसाबकिताब गरिएको छ । तर, नेपालले यसबारे निर्णय लिन सकेन । सुरुमा यसको वाइसिएलले विरोध गर्‍यो । कोसी उच्च बाँध बन्यो भने सुनसरी, उदयपुर, भोजपुर, संखुवासभा, तेह्रथुम, धनकुटाको नदीकिनाराको बस्ती डुबानमा पर्ने देखियो । यी जिल्लाको ७९ गाविसका १५ हजार घरधुरीका ७५ हजार जनता विस्थापित हुने सम्भावना देखिएकाले बन्न हुँदैन भन्ने वाइसिएलको तर्क थियो । अब साबिकको ब्यारेजको बदलामा कोसी उच्च बाँध बनाउनु नेपालको हितमा छ कि छैन भन्ने हेर्नुपर्छ । दुवै देशको विन–विन हुने गरी संरचना बनाउनुपर्छ । भारतलाई पनि बाढीले असर नगरोस्, नेपाललाई पनि डुबान नहोस् भन्नेमा नेपालले ध्यान दिनुपर्छ । अरुण, तमोर, दूधकोसीका विस्थापितलाई राम्रो क्षतिपूर्ति दिइयो भने मात्रै सहज अवस्था हुन सक्छ । गंगाबाट जहाज आउन सक्ने अवस्थाले नेपाललाई फाइदा पुग्छ । विद्युत्मा पाइने लाभमा नेपालले विशेष ध्यान दिनुपर्छ । यसमा दुवैतर्फ फाइदा हुने गरी जानुपर्छ । यस समस्याको समाधान खोज्ने कुनै अन्तर्राष्ट्रिय उपाय छन् कि छैनन् ? छन् भने नेपालले कस्तो प्रक्रिया अपनाउन सक्छ ? नेपालले अन्तर्राष्ट्रिय कानुनको सहयोग लिन सक्नुपर्छ । हेलसिन्की अभिसन्धिका अनुसार एक देशबाट अर्को देशमा नदी बगेर जाँदा सीमारेखाबाट १२ किलोमिटर माथि र तल कुनै देशको सहमतिबेगर बाँधजस्ता संरचना बनाउन पाइँदैन । यो अभिसन्धिलाई आधार मानेर जान सकिन्छ । संयुक्त राष्ट्रसंघमार्फत जाने बाटो पनि छ । ‘युनाइटेड नेसन्स कन्भेन्सन्स अन द ल अफ सी’ (युएनक्लस)का अनुसार कुनै देशले छिमेकी देशलाई आघात पर्ने गरी यस्ता संरचना बनाउन पाउँदैन । आघात परेको अवस्थामा सम्बन्धित देशले राष्ट्रसंघमा अपिल गर्न सक्छ र राष्ट्रसंघले मुद्दा छिन्न सक्छ । हामीले भारतसँग सौहार्दपूर्ण तरिकाले कुराकानी गरेर १२ किलोमिटरभन्दा दक्षिणमा संरचना बनाऊ भन्न सक्नुपर्छ । दशगजामा छुवाएर बनाइएका तटबाँधहरूमा पर्याप्त मात्रामा आउटलेट हुनुपर्छ । यसो भयो भने हाम्रो भूमि डुब्दैन । लक्ष्मणपुर, महलीसागर बाँध नेपालको सहमतिबेगर बनाइएको हो । नेपालले अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा टेकेर भविष्यमा सन्धि उल्लंघन नहुने गरी संरचना निर्माण गर्न जोड दिनुपर्छ । अहिले सप्तरीको खाँडो नदीमा भारतले कुनौली तटबन्ध बाँधेको छ । भारततर्फ नदी बग्न नसक्दा तिलाठीजस्ता भूभाग डुबेका छन् । उक्त तटबन्धको निकास कोसीमा पुर्‍याइदिने हो भने यस्तो समस्या आउँदैन । भारतीय बाँधका कारण डुबानमा परेका नेपालीलाई भारतबाट क्षतिपूर्ति भराउन पहल गर्नुपर्छ । सप्तकोसी बाँध बनाउँदा विस्थापितलाई क्षतिपूर्ति दिइएको थियो । भनेजति र सबैले नपाए पनि यसबाट धेरै लाभान्वित भएका थिए । अहिले डुबान भएका क्षेत्रलाई स्थायी डुबान क्षेत्रका रूपमा लिएर विस्थापितलाई पर्याप्त क्षतिपूर्ति दिने व्यवस्था गर्नुुपर्छ । यसो भयो भने भारतको काम टर्ने र डुबानबाट हामीलाई पनि केही नहुने हुन्छ । दुई देशबीचको मित्रतामा कुनै आँच नआउने गरी विकल्पको खोजी गर्नुपर्छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा नेपालले यससम्बन्धमा के–कस्तो पहल गर्नुपर्छ ? प्रधानमन्त्री देउवाले म नयाँ सन्धि सम्झौता गर्दिनँ, पुरानै सन्धि सम्झौता कार्यान्वयनमा जोड दिन्छु भन्नुभएको छ । प्रधानमन्त्रीका रूपमा उहाँको यो चौथो भारत भ्रमण हो । विगतका सम्झौता कार्यान्वयनको पहल गर्नु सकारात्मक हो । २००२ मार्च २० देखि २५ सम्म पनि उहाँले प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्नुभएको थियो । २३ मार्च २००२ मा निकालिएको संयुक्त वक्तव्यको बुँदा नम्बर २३ मा बाँधका बारेमा उल्लेख छ । उक्त बुँदामा भारतले बनाएको संरचनाका कारण नेपाली भूभाग डुबानमा परेको सन्दर्भमा नेपाली भूभाग डुबान नपर्ने गरी दुवैतर्फका प्राविधिक पदाधिकारीहरू बैठक बस्ने र सुल्झाउने भनिएको रहेछ । तर, त्यो समययता कार्यान्वयन भएको छैन । यसपालि प्रधानमन्त्री देउवाले यो बुँदा लागू गर्न पहल गर्नुपर्छ । उहाँको भ्रमण औपचारिकतामा मात्र सीमित हुनु हुँदैन । यी हुन् भारतले बनाएका सीमावर्ती बाँध —पूर्णागिरी बाँध —टनकपुर ब्यारेज —शारदा ब्यारेज —कैलाशपुरी बाँध —लक्ष्मणपुर बाँध —कोइलाबास बाँध —महलीसागर बाँध —रसिवाल–खुर्दलोटन बाँध —डाँडा फरेना बाँध —गण्डक ब्यारेज —लालबकैया बाँध —बैरगनियाँ बाँध —बाग्मती बाँध —कमला बाँध —सिरहा बाँध —खाँडो बाँध —कोसी ब्यारेज —लुना नदी बाँध
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE