Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

बाढी पीडितको बिचल्ली, धमिलो पानी र कुहिएका खानाको भर

[caption id=\"attachment_148311\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं । डुडुवा गाउँपालिका–१ टेपरी बाँकेका जितबहादुर मौर्यको परिवार दुई दिनदेखि धमिलो पानी र कुहिएको खाना खाएर गुजारा चलाउँदै छन् । उता महोत्तरी कारागारका कैदीबन्दी दुई दिनदेखि भोकभोकै परेका छन् । कारागार परिसरको कार्यालय र कैदी थुनुवा कक्षमा पाँच फिटभन्दा बढी पानी जमेपछि शनिबारदेखि कैदीबन्दीले खाना पाएका छैनन् । अाजको राजधानी दैनिकमा खबर छ-लगातारको वर्षका कारण मुलुकका अधिकांश भूभाग जलमग्न हुँदा मृत्यु हुनेको संख्या वृद्धिसँगै सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ । तराईका बाढीप्रभावित अधिकांश जिल्लाका गाउँहरू एकअर्कोसँग सम्बन्ध विच्छेदमा छन् भने पीडितहरूले भिजेका, कुहिएका खाना र धमिलो पानी खाएर गुजारा गर्न थालेका छन् । बाढीका कारण तत्काल राहत र उद्धार हुन नसकेका क्षेत्रका बासिन्दामा प्रदूषित खाना र पानीका कारण जुनसुकै बेला महामारी फैलन सक्ने भन्दै चिकित्सकले चेतावनी दिए पनि विकल्प नहुँदा पीडितहरू प्रदूषित खाना खान बाध्य छन् । बाढीका कारण राप्ती र डुडुवा नदीको किनारका बस्तीको जनजीवन नराम्ररी प्रभावित बनेको छ । खानेपानीको स्रोत दूषित हुनुका साथै घरमा भएको अनाज पनि भिजेर कुहिन थालेका छन् । डुडुवा गाउँपालिका–१ टेपरीका जितबहादुर मौर्यले शुक्रबार आएको बाढी गाउँमा बसेर वितण्डा मच्चाउँदा पनि राज्यको कुनै उपस्थिति हुन नसकेको गुनासो गरे । उनले भने, ‘बिहानपख भएकाले मानवीय क्षति हुन पाएन । बाहिरबाट हेर्दा घर त छ तर त्यो घरमा बस्न सक्ने अवस्था छैन ।’ उनले बाढी घरमा पस्दा खाद्यान्न सबै भिजेकाले आफूहरूसँग खान केही बाँकी नभएको र भिजेकै अनाज खाएर दुई दिन काटेको बाँके डुडुवाका मौर्य बताउँछन् । ‘अनाज कुहिन थालेको छ । पानीकुवामा बाढी पसेको छ । धारा बाढीले डुबाएको छ । तैपनि त्यही पानी पिउन बाध्य छौं,’ उनी भन्छन् । सोही ठाउँका चिम्मन यादवले राप्ती र डुडुवाको भेल एक्कासि गाउँमा पस्दा भएका केही खाद्यान्न बगाएको र केही कुहिएको बताए । खाद्यान्नका कारण आठजनाको परिवार कसरी गुजारा चलाउने भन्ने उनमा चिन्ता छ । ‘घरमा भएको अनाज सबै कुहिन लागिसक्यो । कसरी खाने हो रु शनिबार बिहानदेखि घरमा खाना पाकेको छैन । के पकाउने रु भएको सबै भिजेर कुहियो,’ बाढीले भिजाएको गहुँ देखाउँदै उनले भने । पीडित चिम्मन यादवले तीन दिनदेखि बाढीसँग पौंठेजोरी खेल्दै आए पनि राज्यको तर्फबाट कसैले चासो नलिएको गुनासो गरे । ‘हामी नदीको किनारमा बसेका छौं । मरे पनि बाँचे पनि कसैले केही मतलब गर्दो रहेनछ र हिजो निर्वाचनको बेलामा भोट माग्न सबै आए अहिले हामीलाई दुःख पर्दा कोही आएनन्,’ दुःख पोख्दै उनले भने । उनकी पत्नी कलावती यादवले बाढीले सबै लत्ता कपडा र खान भण्डारण गरेको सबै अनाज भिजाइदिएको बताइन् । ‘टेपरीको कुनै यस्तो घर छैन जहाँ बाढी नपसेको हो । बाहिरबाट हेर्दा केही नभएको जस्तो देखिने भए पनि भित्र भने सबै बाढी पसेर बर्बाद पारेको छ । हेर्दाहेर्दै सबै समाप्त पारिदियो । धन्न ज्यानचाहिँ जोगायौं,’ उनले भनिन् । डुडुवा–१ कै पिप्रहवाका जोगिप्रसाद लोनियाले टिनको मद्दतले बाटोमा केही सामान बचाएको भन्दै बाढी घरमा पसेर सबै बर्बाद पारिदिएको बताए । बाढीका कारण बाँकेका डुडुवा गाउँपालिकाका होलिया, बेतहनी, कम्दी, चौफेरि, कृषि चौफेरी, टेपरी, राप्ती सोनारीका फत्तेपुर, बिनौना, बैजापुर, नरैनापुर गाउँपालिकाका गंगापुर, मटेहिया, भोजभगवानपुरलगायतका ठाउँहरू प्रभावित भएका छन् । बाढी प्रभावितलाई बाँके प्रशासनले उद्धारसमेत गर्न सकेको छैन । बाँकेको होलियाको कृषि चौफेरीमा करिब ५० जना बाढीको चपेटामा परेको भए पनि उनीहरूको उद्धार हुन सकेको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE