Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

डेढ करोड घुस नपाएपछि पूर्वमन्त्री दीपक गिरीको यस्तो हर्कत

\"\"काठमाडौं । पूर्व सिंचाइमन्त्री दीपक गिरीले सिक्टा सिंचाइ आयोजनाका प्रमुख रमेशकुमार बस्नेतलाई कबोल गरेको कमिसन नदिएपछि नराम्रोसाग हप्काएको चर्चा छ । यो चर्चा प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो पटक साउन २ गते मन्त्रीपरिषद् विस्तार अघिको हो । साँघु साप्ताहिकमा खबर छ–आयोजनाले तीन महिनाअघि ३ अर्ब ५० करोड रुपैयाँको एउटा टेण्डर गरेको थियो । सो टेण्डरमा कालिका कन्स्ट्रक्सन, तुँदी कन्स्ट्रक्सन, कुमार कन्स्ट्रक्सनलगायत ठेकेदारहरुले भाग लिएका थिए । आयोजना प्रमुख रमेशकुमार बस्नेतको डिजाइनमा अरु ठेकेदारहरुलाई रकम छायाकन दिने सर्तमा कुमार कन्स्ट्रक्सनलाई ३ अर्ब ५० करोडमै ठेक्का दिइयो । अरु ठेकेदारले च्याँखे रकम लिएर बाहिरिए । कालिकालगायत अन्य ठेकेदारलाई ४० लाखका दरले दिइयो । इन्जिनियरको दाबी अनुसार यदि प्रतिस्पर्धा भएको भए २ अर्ब ५० करोडदेखि ३ अर्बसम्म काम हुनसक्थ्यो । तर आयोजना प्रमुख बस्नेत र ठेकेदारहरुको मिलेमत्तोमा सरकारले छुट्याएको अधिकतम रकम ३ अर्ब ५० करोडमै कुमार कन्स्ट्रक्सनले ठेक्का पाए । यो कुरा गिरीले थाहा पाए । त्यसपछि आयोजना प्रमुख बस्नेतले ३ करोड रुपैयाँ घुस दिने कबोल गरेका थिए । तर कबोल गरेको आधा मात्र रकम दिएका बस्नेत गिरी मन्त्रीबाट हटेपछि सम्पर्कमै आउन छाडेका छन् । गिरीले पटक पटक फोन गर्दा पनि बस्नेत सम्पर्कमै आएनन् । त्यसपछि आक्रोसित भएका गिरीले एक दिन अर्कैको मोबाइलबाट सम्पर्क गरेका थिए । मोवाइलव रिसिभ गर्नासाथ गिरीले बस्नेतलाई ‘म कांग्रेस महामन्त्री शशांक कोइरालाको मान्छे हुँ, फेरि मन्त्री बन्छु । बोलेको रकम किन नदिएको, म फेरि मन्त्री भएर आएपछि तँ...लाई के गर्छु थाहा छ भन्दै ‘मा...मु बोल्न थाले । बस्नेतले ठेकेदारले दिएन हजुर, ढिला गर्यो भन्दै अनुनयविनय भावमा प्रस्तुत भए । तर गिरीले गालीको बर्षा गर्न भने छाडेनन् ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE