Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

उद्धारमा खटिनु पर्ने प्रहरी आफैं डुवानमा

\"\"काठमाडाैं । बाढीमा परेका नागरिकको उद्धारमा खटिएका महोत्तरका प्रहरीकै कार्यालय तथा क्वाटरहरु डुवानमा परेको छ । जिल्ला प्रहरी, जिल्ला प्रशासन, जिल्ला अदाल लगायतका कार्यालय डुवानमा परेको हो । महोत्तरीका १० वटा प्रहरी युनिट डुबानमा परेको छन् । कार्यालयहरुमा ४ फिटसम्म पानी जमेको छ । सदमुकाम जलेश्वरलाई रातु खोलको बाढीको पानीले चौतर्फी रुपमा घेरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेर कडायतले बताए । अाजको अन्नपूर्ण दैनिकमा खबर छ-उता जिल्ला खानेपानी , जिल्ला अस्पताल जलेश्वर, जलेश्वर कारागार, जलेश्वर नगरपालिकाको कार्यालय समेत डुवानमा परेको छ । जलेश्वरमा एक घरबाट अर्को घरमा जान सक्ने अवस्था छैन । महोत्तरीमा झन्डै ५० घर डुवानमा परेका छन् । किसाननगरका स्थानीय बलराम कार्कीका अनुसार रातु खोलाको बाढीले बर्दिबास नगरपालिका—६ किसानगर स्थित ३ सय मिटर बाँध भत्काएको छ । बालीनाली लगाएको जग्गा खोलाले कटान गर्न थालेको स्थानीय टेकबहादुर श्रेष्ठले बताए । डुवानका कारण करेसाबारी सोस्तर भएकाले किसान चिन्तित छन् । महोत्तरीमा अहिले सम्म मानवीय क्षति भएको छैन । जलेश्वरका अधिकांश घरहरुमा पानी पसेको नेपाल पत्रकार महासंघ महोत्तरीका सचिव महेश कुमार दासले जनाएको छ । धनुषाको लालगढस्थित रातु खोलो पूर्वी बाँध भत्काएका कारण स्थानीयहरु त्रसित छन् । महोत्तरीमा रातिदेखिनै विद्युत अवरुद्ध हुँदा संचारमा समस्या भएको छ । बाढीको भेलले महोत्तरीका सडकहरु क्षतविक्षत भएर प्रहरी गाउँ पस्न सकेका छैनन् । सड्क अवरुद्ध हुँदा प्रहरीको एक युनिटबाट अर्को युनिट सम्मको यातायात सम्पर्क टुटेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE