Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

राजपा, एमालेदेखि राप्रपासम्म यसरी फकाउन सरकारको यस्तो 'ट्रिक'

\"\"काठमाडाैं । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा सहभागी गराउने विषयमा राष्ट्रिय जनता पार्टी नेपालसँग छलफल सुरु गरेका छन् । राजपालाई नयाँ मतपत्र छापेर भए पनि निर्वाचनमा सहभागी गराउने प्रयास भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, निर्वाचन आयोगका पदाधिकारी र राजपा अध्यक्षमण्डलका सदस्यहरूबीच आइतबार भएको बैठकमा राजपालाई एउटा निर्वाचन चिह्नमा सहभागी हुने वातावरण बनाउन छलफल भएको थियो । अाजको नयाँ पत्रिका दैनिकमा खबर छ-पार्टी एकतापछि दाबी गरिएको छाता चिह्न पाउने सम्भावना नभएपछि एकतामा आएका ६ दलमध्येको एउटा चिह्न प्रयोग गर्नेबारेमा पनि छलफल चलेको छ । तर, निर्वाचन आयोगले प्राविधिक समस्या देखाएकाले ठोस निर्णय नभएको कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । नयाँ मतपत्र छाप्न १५ दिन लाग्ने राजपाले माग गरेअनुसार नयाँ चिह्नसहित मतपत्र छाप्ने हो भने कम्तीमा १५ दिन लाग्छ । ३१ वैशाखकै निर्वाचनको निरन्तरता भएको र प्राविधिक तयारीको हिसाबले पनि अर्को मतपत्र छाप्न नहुने पक्षमा आयोग छ । तर, प्रधानमन्त्री, आयोगका पदाधिकारी र राजपा अध्यक्षमण्डलका सदस्यहरूसहितको संयुक्त बैठकमा आयोगले प्राविधिक समस्या देखाएर मतपत्र छाप्न नसकिने बताएको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जसरी पनि छाता उपलब्ध गराउनुपर्ने धारणा राखेपछि प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले प्राविधिक समस्या रहेको भन्दै पुनः मतपत्र छाप्प नसकिने बताएका थिए । त्यसलगत्तै प्रधानमन्त्री देउवाले जनक शिक्षा सामग्री केन्द्रसँग बुझेका थिए । केन्द्रले २ नम्बर प्रदेशमा आवश्यक करिब २५ लाख मतपत्र छाप्न कम्तीमा १५ दिन लाग्ने बताएपछि सरकारले निर्णय गर्ने देउवाको भनाइ थियो । छाता चिह्न विवादित राजपाले दाबी गर्दै आएको निर्वाचन चिह्न छाता विवादमा छ । निर्वाचन आयोगका अनुसार अर्कै दलले पहिलादेखि छाता चिह्न दाबी गरिरहेको छ । आयोगको कानुनअनुसार पहिला दाबी गर्ने दललाई निर्वाचन चिह्न दिनुपर्ने हुन्छ । तर, आयोगले अहिलेसम्म निर्णय गरिसकेको छैन । आइतबार प्रधानमन्त्री, आयोग र राजपाका नेताहरूबीच बसेको बैठकमा छाता निर्वाचन चिह्न उपलब्ध गराउन प्रधानमन्त्री र आयोगलाई आग्रह गरेको राजपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । ‘आयोगले प्राविधिक रूपमा समस्या रहेको, तर सोमबारसम्म एउटा निर्णय गर्ने जानकारी दिएको छ,’ ठाकुरले भने । हातको पन्जा चिह्न अदालतमा यदि छाता चुनाव चिह्न पाउन नसके राजपामा आबद्ध पूर्व ६ दलले पाएका निर्वाचन चिह्नमध्ये एउटा लिन सक्नेछन् । ती ६ वटा चुनाव चिह्न मतपत्रमा छापिइसकेको छ । सोही कारण ६ मध्ये एउटा निर्वाचन चिह्न दिन आयोग तयार छ । तर, त्यसमध्ये नेपाल सद्भावना पार्टीले प्रयोग गरेको निर्वाचन चिह्न हातको पन्जा विवादित छ । सद्भावनालाई फुटाएर अर्को पार्टी गठन गरेकी सरिता गिरीले हातको पन्जा चिह्न दाबी गर्दै अदालतमा मुद्दा हालेकी थिइन् । गिरी संघीय समाजवादी फोरम प्रवेश गरे पनि अदालतले सो चिह्नबारेमा फैसला गरिसकेको छैन । पाँचमध्ये एउटा चिह्न लिने हातको पन्जा विवादित भएपछि राजपाले प्रयोग गर्नसक्ने पाँचवटा चिह्न हल गोरु, साइकल, तीर, रेल, बुढो किसानले लठ्ठी समातेको बाँकी छन् । राजपा नेताहरूले अनौपचारिक रूपमा पाँचमध्ये एउटा चिह्न लिएर निर्वाचनमा जाने मनस्थिति बनाएका छन् । संशोधनमा राजपाका तीन रणनीति राजपाले मंगलबार संसद्मा प्रस्तुत हुने संविधान संशोधन प्रस्ताव पारित गराउन एमालेलाई लिखित आग्रह गर्ने तयारी गरेको छ । संविधान संशोधन प्रस्ताव पारित गर्न आवश्यक ३९५ मतमध्ये अहिले २२ मत अपुग भएपछि कमल थापा नेतृत्वको राप्रपा र एमालेको समर्थन जुटाउन राजपाले औपचारिक पहल गर्न लागेको हो । कमल थापा नेतृत्वको राप्रपा विभाजित भई पशुपतिशमशेर राणको नेतृत्वमा २२ सांसद गएपछि ३७ सांसदमध्ये थापासँग १५ सांसद मात्रै रहेका छन् । पार्टी विभाजनपछि थापाले संशोधनमा असहयोग गर्ने निर्णय गरिसकेका छन् । जसले गर्दा संशोधनका लागि दुईतिहाइ मत पुग्न २२ मत कम हुने भएको हो । १) कमल थापालाई मनाउने संसद्मा मंगलबार प्रस्तुत हुने सविधान संशोधन प्रस्ताव पारित गराउन राजपाले कमल थापा नेतृत्वको राप्रपालाई मनाउन प्रयत्न गर्नेछ । पार्टी विभाजित भएपछि थापा नेतृत्वको राप्रपाले संविधान संशोधनमा सहयोग नगर्ने बताएको छ । पार्टी विभाजनपछि थापासँग १५ सांसद छन् । थापालाई भेटेरै विगतको समर्थनबारे स्मरण गराउने तयारी भइरहेको राजपा महामन्त्री केशव झाको भनाइ छ । २) एमालेलाई फकाउने राजपा र एमालेबीच केही दिनयता सम्बन्ध बाक्लो बन्न थालेका छ । सोहीअनुसार उसलाई लिखित र मौखिक रूपमा संशोधनको पक्षमा मत दिन आग्रह गरिने राजपाका नेताहरूको भनाइ छ । २ असोजको निर्वाचनमा तालमेल गर्नेसम्मको तयारीसहित एमालेलाई संशोधनको पक्षमा ल्याउन राजपाले पहल गर्नेछ । ३) सात सांसद खोजी गर्ने संविधान संशोधनका लागि ३९५ मत आवश्यक पर्छ । कमल थापा नेतृत्वको राप्रपाले संशोधनको विपक्षमा मत हाल्ने भनेपछि २२ मत अपुग हुन्छ र राप्रपालाई मनाउन सकिएको अवस्थामा सात मत अपुग हुन्छ । राजापा नेताहरूको भनाइमा कमल थापालाई मनाउन सकिने अवस्था छ । त्यसकारण बाँकी सात मत पुर्याउन राजपाले अन्य साना दलसँग सोमबारदेखि नै घनीभूत छलफल गर्ने भएको छ । संशोधनको पक्षमा कांग्रेस २०७ माओवादी केन्द्र ८० राप्रपा प्रजातान्त्रिक २२ फोरम लोकतान्त्रिक १७ राष्ट्रिय जनता पार्टी २५ संघीय समाजवादी फोरम १५ नेकपा संयुक्त ३ अखण्ड पार्टी नेपाल १ समाजवादी जनता पार्टी १ नेपाल परिवार दल २ संशोधनको पक्षमा जम्मा ३७३ संशोधनका लागि आवश्यक संख्या : ३९५ अपुग : २२ (१५ सांसद रहेको राप्रपाले समर्थन नगरेको अवस्थामा) राजपाका निर्वाचन रणनीति १) सत्तारुढ गठबन्धन राजपा २ असोजको स्थानीय निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रसँग तालमेल गर्ने रणनीतिमा छ । मुद्दा र सत्ता गठबन्धनका कारण ती दलसँग तालमेल गरेर निर्वाचनमा जाने राजपा महामन्त्री केशव झाको भनाइ छ । २) एमालेसँग तालमेल राजपाले परिस्थितिअनुसार एमालेसँग पनि तालमेल गर्ने रणनीति बनाएको छ । संविधान संशोधनको पक्षमा एमालेले मत हालेको अवस्थामा तालमेलका लागि राजपाको पहिलो रोजाइ एमाले हुनेछ । एमालेसँग तालमेल भए मधेसको पूर्व–पश्चिम राजमार्गआसपासमा पनि आफ्नो उपस्थिति दरिलो बन्ने राजपाको विश्लेषण छ । ३) फोरमविरुद्ध गठबन्धन राजपाले स्थानीय निर्वाचनमा पहिलो दुस्मनको रूपमा संघीय समाजवादी फोरमलाई लिएको छ । पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी भएर धोका दिएको भन्दै फोरमलाई धोकेबाज दलका रूपमा राजपाले व्याख्या गरेको छ । सोही कारण फोरमलाई जसरी पनि हराउने भन्दै राजपाले अनुकूलताका आधारमा अन्य दलहरूसँग तालमेल गर्नेछ । थपिएका स्थानीय तहमा पनि निर्वाचन हुनुपर्छ महन्थ ठाकुर, संंयोजक, राजपा राजपाले दाबी गर्दै आएको निर्वाचन चिह्न छाता उपलब्ध गराउन आग्रह गरेका थियौँ । प्रधानमन्त्रीले निर्वाचन आयोगसँग छलफल गरेर टुंगो लगाउने बताए । र, निर्वाचन आयोगका पदाधिकारीले सोमबारसम्म एउटा निर्णय गर्छौँ भनेका छन् । २ नम्बर प्रदेशमा थपिएका स्थानीय तहको संख्या हामीले भनेअनुसार नभए पनि केही भएको छ । थपिएका तहमा पनि निर्वाचन हुनुपर्छ । थपिएका तहमा निर्वाचन गराउन समस्या रामचन्द्र पौडेल, वरिष्ठ नेता, कांग्रेस राजपाले निर्वाचन चिह्न छाता मागेको थियो, तर निर्वाचन आयोगले प्राविधिक समस्या देखायो । थपिएका स्थानीय तहबारे पनि छलफल भयो । ती क्षेत्रमा निर्वाचन गराउन समस्या रहेको आयोगको भनाइ छ । तर, केही दिन समय छ, थप छलफल हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE