Khabar Dabali ७ फाल्गुन २०८२ बिहीबार | 19th February, 2026 Thu
Investment bank

बोल्न सकेनन् डा.केसी

\"\"काठमाडाैं । गुणस्तरीय चिकित्सा शिक्षा र सेवालाई आम नेपालीको पहुँचमा पुर्‍याउने मुख्य मागसहित २१ दिनदेखि आमरण अनशनरत प्रा.डा.गोविन्द केसी आइतवार आफूलाई भेटन आएका कांग्रेस नेता रामचन्द्र पौडेलसँग बोल्न सकेनन् । आजको कान्तिपुर दैनिकमा खबर छ-पौडेलसंग थोरै बोल्ने प्रयास गर्नासाथ केसीको सास बढ्यो, मुटुको चाल एक्कासी प्रतिमिनेट दुई सयभन्दा बढी भयो, अनि वार्तालापै रोक्नुपर्‍यो । त्यसपछि उनीसँगै रहेका चिकित्सकले पौडेलले सोधेका प्रश्नको जवाफ फर्काएका थिए । ‘उहाँ बसेर विस्तारै कुरा गर्न थाल्दासमेत मुटुको चाल १८० देखि २०० प्रतिमिनेट सम्म पुग्छ’ त्रिवि शिक्षण अस्पतालका आइसियु इन्चार्ज डा.सुभास आचार्यले भने, ‘शरीरमा भएको इलेक्ट्रोलाइटअन्तर्गत पोटासियम र म्याग्नेसियम कम भएर मुटुको चालमा घटबढ हुनेगरी यस्तो असर परेको हो ।’ एक्कासी मुटुको चाल घटबढ भएर नियन्त्रणमा नआए बेहोस हुने र मृत्युसमेत हुन सक्ने जोखिम रहेको औंल्याउँदै डा.आचार्यले भने, ‘यस्तो अवस्थामा हृदयाघात, एक्कासी मुटु बन्द हुने, होस हराउने, रक्तचाप कम हुने र अन्तत: मृत्युसमेत हुन सक्ने जोखिम छ ।’ डा. केसीको अवस्था कुनै पनि बेला गम्भीर हुन सक्ने चेतावनी दिंदै विशेषज्ञहरूले मेडिकल टोलीले समयमै उनलाई सहायक उपचार दिन नपाए अवस्था गम्भिर हुन सक्ने बताउछन् । ‘उहाँ (केसी) आफनो चेतना भएसम्म उपचार गर्न मान्नु हुन्न’ डा.आचार्यले भने, ‘उहाँको चेतना नभएपछि हामीले उपचार गर्न खोजे पनि ढिलो हुन सक्छ, मुटूको चाल गडबड भएर वेहोस भए पछि उपचार गर्न खोजे पनि पूर्व अवस्थामा फर्काउन कठिन हुन सक्छ ।’ चिकित्सकका अनुसार डा. केसीको शरीरमा अनसनको तेस्रो दिनदेखि नै किटोनको स्तर बढेको छ । एउटा सकारात्मक कुरा के छ भने केसीको शरीरमा अम्लीयता धेरै बढन पाएको छैन । अम्लीयता बढे शरीरमा थप नकारात्मक असर पर्छ । वार्ता भएन डा.केसी र सरकारबीच आमरण अनसनको २१ औं दिन आइतवारसमेत वार्ता भएन । सरकारले १८ दिनअघि डा.केसीका माग सम्वोधन गर्न वार्ता समिति बनाए पनि हालसम्म ठोस छलफल अघि बढ्न सकेको छैन । संसदमा रहेको चिकित्सा शिक्षा ऐन संशोधन विधेयकको विषयमा सरकारसंग सहमती हुन नसकेकाले आइतवार दुवै पक्षबीच वार्ता नभएको डा.केसीका प्रतिनिधि डा.वाईपी सिंहले जानकारी दिए । उनका अनुसार डा.केसीका मागको एक नम्वर बुँदामा सहमती भएपछि मात्र थप वार्ता हुनेछ । सरकारी वार्ता टोली गैरजिम्मेवार भएकाले ठोस छलफल अघि बढ्न नसकेको आरोप डा.केसीका अर्का प्रतिनिधि डा.अभिषेक राज सिंहले लगाए । उनले डा.केसीको स्वास्थ्य स्थिति जटिल बन्न लाग्दासमेत सरकारी पक्ष संवेदनशील नभएको गुनासो गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE