Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

एक्लिँदै बाबुराम, कुनै पनि बेला फुट्न सक्छ नयाँ शक्ति

\"\"काठमाडौं । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नयाँ शक्ति फुटाउन माओवादीलगायतका पार्टीले षडयन्त्र गरिरहेको स्टाटस लेखिरहँदा उनकै सहयात्री खिमलाल देवकोटाले भने राजिनामा दिइरहेका थिए । खिमलाल देवकोटा नयाँ शक्तिभित्र सक्रियरुपमा खटिएका नेता थिए । खासगरी पार्टीका नीति र कार्यक्रमहरुको प्रचार र प्रसारमा उनको भूमिका अहम् थियो । शुरुआती दिनहरुमा देवकोटाले पार्टीका हरेक सामग्रीहरुको प्रचारका लागि योजनाबद्ध काम शुरु गरेका थिए । तर पार्टीभित्र निर्वाचनमा पराजयपछि जुनखालको छलफल र मन्थन हुनुपर्थ्यो, त्यसको साटो पद र अवसरको बहस शुरु भएपछि उनले राजिनामा दिएको घोषणा गरे । खिमलाल एउटा उदाहरण मात्रै हुन, नयाँ शक्तिभित्र पछिल्लो समयमा देखा परेको गैर राजनीतिक कार्यशैलीका कारण लामो समय पार्टी पद्दतीमा हुर्केकाहरु खिन्न भएका छन् । विचार जे जस्तो भएपनि पार्टी एउटा पद्दतीमा अघि बढ्नुपर्छ भन्नेहरु अहिले शक्तिका लागि जे पनि गर्ने बाबुराम लाइनका कारण निराश भएका हुन । पार्टीभित्रै अन्तर्सघंर्ष गरिरहेका उनीहरुले बाबुरामलाई वैचारिक दृष्टिले छोडेका छन् । अर्थात्, बाबुरामले षडयन्त्रको जतिसुकै कुरा गरेपनि आन्तरिक कारणले नै उनी एक्लो पर्दै गएका छन् । बाबुरामसँग निराश भएका नेताहरुले पार्टी नै छोड्ने अभिव्यक्ति नदिएपनि पार्टीभित्र बाबुराम एक्लिँदा जुन मिशनका साथ नयाँ शक्ति गठन भएको थियो, त्यो पुरा नहुने उनीहरुको चिन्ता छ । सिँगो जीवन राजनीतिक आस्था र समर्पणमा बिताएपछि जीवनको उत्तरार्धमा केही नयाँ गरौं भन्दा पुरानो भन्दा पनि झन स्खलित वैचारिक अवस्था सिर्जना भएपछि धेरै जसो नेताहरु अहिले वैचारिक संकटमा परेका हुन । बाबुरामले नयाँ शक्ति गठन गरेको दिन प्रचण्डले भनेका थिए– मैले २६ वर्षसम्म बाबुरामलाई झेले, अरुले एक वर्ष झेलेर देखाउन । अहिले त्यही सही भएको छ । बाबुरामलाई झेल्नु गारै रहेछ भन्ने निष्कर्शमा अधिकांश पूर्व सहयात्रीहरु पुगेका छन् । केही अझै उनकै समर्थनमा छन् तर पार्टी फुटाउन हुन्न भन्ने मत व्यक्त गरेपनि बाबुरामको यो कार्यशैलीसँग चाहिँ सहमत हुन सकिन्न भन्नेको जमात बढी छ । पछिल्लो बैठकले पार्टीमा नयाँ जीवन दिन सकेन । आशा गरिएको थियो, यो बैठकले कम्तीमा संगठनात्मक र वैचारिक मन्थन गर्ला भनेर । तर त्यसो भएन । बैठकमा अधिकांश नेताहरुको असन्तुष्टि मात्रै सुनियो । त्यहाँ सिर्जनात्मकता देखिएन । बैठकपछि जुन उर्जा नेताहरुमा देखिनुपथ्र्यो, त्यो देखिएन । बरु विकल्प खोज्नैपर्ने हो त ? भन्ने अवस्थामा नेताहरु पुग्न थालेका छन् । यो भनेको बाबुरामको कार्यशैलीका कारण हो भन्ने स्पष्ट भएको अवस्था छ । बाबुरामले आफ्नो पार्टी माओवादीसँग एकीकरण हुनै नसक्ने कुरा बारम्बार भनिरहेका छन् । त्यो भित्र उनको डर र असफलताले जन्माएको कुण्ठा लुकेको देखिन्छ । त्यसैले कुनै बेला नयाँ नेतृत्वलाई पार्टी हस्तान्तरण गर्ने, कुनै बेला ५ वर्षपछि हस्तान्तरण गर्ने, कुनै बेला चुचुरो उक्लिने जस्ता उनका अभिव्यक्ति सार्वजनिक भएका छन् । यता उनकै समकक्षमा खुलेका साझा र विवेकशीलबीच एकता भएपछि बाबुरामलाई झनै तनाव भएको छ । अहिले अवस्था के छ भने, नयाँ शक्ति कुनै पनि बेला फुट्न सक्छ । तर यो फूट अरु पार्टीहरुको षडयन्त्रका कारण भने हुने छैन । किनभने अरु पार्टीलाई त्यो षडयन्त्र गर्नु आवश्यक नै छैन । जसरी माओवादीभित्रको फूट आफ्नै कारणले भयो, त्यही कुरा नयाँ शक्तिमा पनि लागु हुने छ । नयाँ शक्तिभित्र बाबुरामले जसरी विचार, विधि र पद्दतीलाई सही ढंगले स्थापित गर्न सकेनन्, अबको फूट, पलायन र स्खलन त्यही कारण हुने छ । समस्या के छ भने बाबुराम चेत्दैनन्, उनी आत्मवादी छन् । उनका लागि उनले जानेको सत्य हो । उनले बुझेको साँचो हो । उनी ‘म’ बाट शुरु गर्छन् । ‘हामी’ भन्न उनको दिमागमा नै आउँदैन । मैले यसो गरेँ, मैले यहाँ ल्याइपुर्याएँ, मैले गर्दा यसो, मैले नभए उस्तो…। उनका हरेक अभिव्यक्तिमा झल्किने यो ‘म’ नै अहिलेको मुख्य समस्या हो । तर उनी यो सच्याउन चाहँदैनन् । यो प्रवृत्तिका रुपमा विकास भइसकेको छ । यही कारणले अहिले नयाँ शक्ति संकटमा परेको हो । यो संकटबाट सहजै अगाडि बढ्न सक्ने अवस्था देखिँदैन । विकल्प खोज्नैपर्ने अवस्थामा सबै पुगेका छन् । तर विकल्प खोज्दा उचित अवतरण या समायोजनको विकल्प नभेट्दा सम्म बाबुरामलाई थेग्नैपर्ने बाध्यतामा पनि उनीहरु छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE