चितवन । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्यन्तै आवश्यक ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको बताएका छन्।
मंगलबार चितवन–३ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चितवनबाट सुरु भएको परिवर्तनको अभियानलाई औपचारिक निर्णयमा बदल्न सोवितालाई उम्मेदवार बनाइएको स्पष्ट पारे।
लामिछानेले चितवनलाई शान्तिपूर्ण रूपमा परिवर्तनको सन्देश दिएको स्थानका रूपमा व्याख्या गर्दै भने, “चितवन त्यस्तो ठाउँ हो जहाँबाट रगतको थोपा नबगी क्रान्तिको बिगुल फुकियो। त्यो क्रान्तिलाई निर्णयमा बदल्न सोविता चितवन आउन जरुरी थियो।” उनले सोवितालाई चितवन ल्याउने निर्णय सिंगो पार्टीको सामूहिक निर्णय भएको बताए।
उनका अनुसार सोविता गौतम एउटा नाम मात्र नभई वर्तमान पुस्तालाई प्रेरणा दिने साहसी महिला हुन्। “सोवितालाई यहाँबाट उठाउनुपर्यो भन्ने ठाउँको कमी थिएन,” उनले भने, “तर चितवनबाट सन्देश दिन आवश्यक भएकाले हामीले उहाँलाई यहाँ ल्यायौं।”
सम्बोधनका क्रममा लामिछानेले यसपटक मत परिणाममा बदल्ने बेला आएको दाबी गरे। विगतका कठिन परिस्थितिको स्मरण गर्दै उनले चितवनवासीप्रति आभार व्यक्त गरे। “अन्यायमा पर्दा तपाईंहरूले न्याय दिएर साथ दिनुभयो। म ऋणी छु,” उनले भने, “मसँग बाँकी केही छैन, सत्य र इमान छ। त्यसैको बलमा सक्षम साथीहरूलाई संसद् लैजानेछु।”
उनले यसपटकको निर्वाचनले केवल सरकार गठन मात्र नभई देश र जनताको जित सुनिश्चित गर्ने दाबी गरे। “चुनाव धेरै आए र गए। तर यसपटक देशले जित्छ, जनताले जित्छ,” लामिछानेले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २०:१५
काठमाडौं । देशभर मनसुन सक्रिय भए पनि अपेक्षाअनुसार वर्षा हुन नसक्दा कुल वर्षा औसतभन्दा उल्लेख्य रूपमा कम रहेको छ । जल तथा मौसम विभागको तथ्याङ्कअनुसार ...
आषाढ़ १२ गते, २०८३ - २०:१२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका कारण प्रतिनिधिसभा बैठक प...
आषाढ़ १२ गते, २०८३ - २०:०७
गुल्मी । पहिले गाउँका प्रत्येक घरघरमा खेतबारी जोत्नका लागि गोरु पाल्ने चलन थियो । खेतीपाती गर्नका लागि गोरु नै किसानको मुख्य सहारा थिए। आजभोली ति दिन ...
आषाढ़ १२ गते, २०८३ - २०:०३
काठमाडौँ । पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ ...
आषाढ़ १२ गते, २०८३ - १८:१२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि भएको मतदान सम्पन्न भएको छ। निर्वाचन आयोग स्रोतका अनुसार पदाधिकारी निर्वाचनमा ...
आषाढ़ १२ गते, २०८३ - १७:४१
मेलबर्न। १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्ने कानून अपेक्षाअनुसार प्रभावकारी हुन नसकेपछि अस्ट्रेलियाले त्यसलाई अझ कडा बनाउने तयारी...
आषाढ़ १२ गते, २०८३ - १७:२२
काठमाडौं । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजना हुने कार्यक्रममा केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल एउटै मञ्चमा सहभागी ...
आषाढ़ १२ गते, २०८३ - १७:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीको शपथग्रहण आज साँझ हुने भएको छ। पार्टी...
आषाढ़ १२ गते, २०८३ - १६:४७
काठमाडौं । प्रतिनिधिसभाको बैठक लगातार तेस्रोपटक स्थगित भएको छ। आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी आइतबार बस्ने गरि स्थगित गरेको संघीय संसद् सच...
आषाढ़ १२ गते, २०८३ - १६:३८
काठमाडौँ। नेदरल्यान्ड्समा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क...



प्रतिकृया लेख्नुहोस्: