Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

साझा र विवेकशील एकीकरणको अन्तिम तयारीमा

\"\"काठमाडौं । विवेकशील नेपाली र साझा पार्टीबीच पार्टी एकीकरण हुने भएको छ । एकीकरणका लागि दुवै पार्टीले बनाएका वार्ता समितिले सैद्धान्तिक र वैचारिक विषयहरु मिलाइसकेको र केही प्राविधिक विषय मिलाउन बाँकी रहेको जनाएका छन् । पार्टी एकताका लागि विवेकशील नेपालीले रमेश पौडेलको संयोजकत्वमा गोविन्द नारायण सदस्य र साझा पार्टीले डा.सूर्यराज आचार्यको संयोजकत्वमा मुमाराम खनाल सदस्य रहेको वार्ता समिति बनाएका छन् । अाजको नयाँ पत्रिकामा खबर छ– विवेकशील नेपालीका बार्ता टोली संयोजक पौडेलले सैद्धान्तिक र राजनीतिक विषयमा सहमति नजिक पुगिएको र केहि प्राविधिक विषय मिलाउन बाँकी रहेको जानकारी दिए । ‘सैद्धान्तिक र वैचारिक पक्षमा लगभग सहमति भइसकेको छ, केहि प्राविधिक पक्ष मिलाउन बाँकी छ,’ पौडेलले भने ‘मूल्य मान्यता र निष्ठाको राजनीतिलाई स्थापित गर्न बैकल्पिक शक्ति एक हुने प्रक्रिया केहि दिनमा टुंग्याउने गरी हामी लागि रहेका छौ ।’ साझा पार्टीका बार्ता टोली संयोजक डा. आचार्यले मुलुकको विकासका लागि बैकल्पीक राजनीतिक शक्ति एक भएर अघि बढ्ने आवस्यक रहेको ठानेर एकिकरण गर्नका लागि प्रयास थालिएको बताए । ‘हो, हामी एकिकरणका लागि सघन बार्तामा छौ,’ डा. आचार्यले भने ‘केहि दिनमा नै एकिकरणको औपचारिक घोषणा गर्ने तयारी हाम्रो छ ।’ एकिकरण पछि तत्कालका लागि सामूहिक नेतृत्वमा जाने सहमति दुई पक्षबीच बनेको छ ।स्थानीय तहको निर्वाचनअघि नै पार्टी एकता प्रयास भएपनि एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा कुरा मिलेको थिए । अहिले विवेकशील नेपालीको अध्यक्ष उज्ववल थापा र साझा पार्टीको संयोजक रविन्द्र मिश्र छन् । साझा पार्टीका वार्ता टोली संयोजक डा. आचार्यले तत्कालका लागि दुवै पार्टीको नेतृत्व तहलाई समायोजन गरी सामुहिक नेतृत्वमा अघि बढ्ने र निकट निकट भविष्यमा एकता महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्ने सैद्धान्तिक सहमति बनेको जानकारी दिए । एकिकृत पार्टीको नाम र झण्डा के राख्ने विषयमा छलफल भइरहेको पौडेलले बताए । ‘एकिकृत पार्टीको नाम र झण्डाका विषयमा छलफल भइरहेको छ’ पौडेलले भने ‘ नाम एउटा पार्टीको भए अर्को पार्टीको चुनाव चिन्ह राख्नेगरी सहमति जुटाउने प्रयास भइरहेको छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE