तनहुँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिन सक्ने शक्ति भएकाले मात्र देश बदल्न सक्ने दाबी गरेको छन्। सोमबार दमौलीमा नोपली कांग्रेस तनहुँद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले वर्तमान विषम परिस्थितिबाट देशलाई निकास दिने क्षमता नेपाली कांग्रेससँग मात्र रहेको बताए।
“जो बदलिन सक्छ उसले बदल्न सक्छ,” भन्दै शर्माले भने, “कांग्रेसले धेरै जित र हार दुवै भोगेको छ, तर इतिहासका कठिन मोडमा देशलाई सम्हाल्ने जिम्मेवारी पनि काँधमा बोकेको छ ।”
उनले भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ७४–७५ जना जेनजी युवाले ज्यान गुमाएको दु:खद प्रसंग स्मरण गर्दै त्यो पीडालाई गम्भीर रूपमा आत्मसात् गर्नुपर्ने बताए। शर्माले भने, “आमाको काख रित्तियो, संरचनाहरू जले, समाज भावनात्मक रूपमा विखण्डित भयो । यस्तो अवस्थामा देशलाई शान्ति, समन्वय र संविधानको मार्गमा कसले लैजान सक्छ भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ,” उनले भने। शर्माले चुनाव दलगत जित–हारको विषय मात्र नभई सङ्कटमा देशलाई संयमताका साथ समन्वय गर्न सक्ने परिपक्व शक्तिको परीक्षण हो । “मूल प्रश्न कुन दलले जित्ने भन्ने होइन, मूल प्रश्न विषम परिस्थितिमा देशलाई कसले गाँस्न सक्छ भन्ने हो,” उनले स्पष्ट गरे।
शर्माले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०७० सालको संविधानसभा निर्वाचनसम्मका ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै कांग्रेसले भिन्न शक्ति, दल र समुदायबीच समन्वय गरेर देशलाई निकास दिएको दाबी गरे। २०६४ मा कांग्रेस दोस्रो दल बन्दा संविधान निर्माण प्रक्रिया अन्योलमा परेको र २०७० मा पहिलो दल बनेपछि दुई वर्षमै संविधान जारी भएको तथ्य जनताले स्मरण गर्नुपर्ने उनको भनाइ थियो ।
पार्टीभित्रको पुस्तान्तरण, आन्तरिक सुधार र नेतृत्व नवीकरणबारे चर्चा गर्दै उहाँले कांग्रेस बदलिसकेको दाबी गरे। “अब कांग्रेस एउटै व्यक्तिको अवसरको पार्टी हुँदैन । दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने व्यवस्था, सक्ने कुरा मात्र बोल्ने र गर्ने प्रतिबद्धता हाम्रो आत्मसुधारको सङ्केत हो,” उनले भने।
उनले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै नयाँ पुस्ताको नेतृत्वमार्फत देशलाई नवीन मार्गमा लैजानुपर्ने धारणा राखे। सभामा तनहुँ क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले “पाँच पालिका, पाँच वर्ष, ५५ काम” को विकास मार्गचित्र सार्वजनिक गरे। मादी जलाशय, विश्वविद्यालय स्थापना, धार्मिक रिङरोड, सुलभ स्वास्थ्य, गुणस्तरीय शिक्षा र डिजिटल तनहुँ निर्माणलाई प्राथमिकतामा राखिएको उहाँले बताए। उपसभापति शर्माले उक्त प्रतिबद्धता केवल घोषणापत्र नभई बदलिएको कांग्रेसको कार्ययोजना भएको उल्लेख गर्दै मतदातालाई गम्भीर र विवेकपूर्ण निर्णय लिन आग्रह गरे। “आजको निर्णयले भोलिको नेपाल बनाउँछ,” उनले भने।
सभामा कांग्रेसका केन्द्रीय सदस्यहरू धुव्र वाग्ले, चिनु पोख्रेल, प्रकाश पन्थ र जिल्ला सभापति जीत प्रकाश आले लगायतले बदलिएको कांग्रेस र विकासप्रेमी उम्मेदवारहरु क्षेत्र नम्बर १ का गोविन्द भट्टराई र २ का शंकर भण्डारीलाई जिताउन अपिल गरेको थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १४:५०
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा.शति...
बैशाख ५ गते, २०८३ - १४:३७
शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी


प्रतिकृया लेख्नुहोस्: