Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

\"\"काठमाडौं । नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले ‘नेपाल–भारत लगानी सम्मेलन’ गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआइआई) सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो । दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मेलन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् । काठमाडौंमा आयोजना हुने सम्मेलनमा नेपाल र भारतका प्रतिष्ठित उद्योगी–व्यवसायीको सहभागिता रहनेछ । अाजको नयाँ पत्रिकामा खबर छ– सम्मेलनलाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो गरिएको राणाले बताइन् । ‘भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउने संकेत दिनुभएको छ,’ उनले भनिन्, ‘उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौँ ।’ सम्मेलनले नेपाल र भारतबीचको आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन मद्दत गर्ने उनले बताइन् । क्रस बोर्डर एक्स्पो अगस्टमा महासंघले पश्चिम बंगाल सरकारसँगको सहकार्यमा आगामी अगस्टमा क्रस बोर्डर व्यापार तथा पर्यटन एक्स्पो आयोजना गर्ने भएको छ । २८ अगस्टका लागि तय भएको एक्स्पो पनि काठमाडौंमै आयोजना गरिने अध्यक्ष राणाले जानकारी दिइन् । ‘पश्चिम बंगाल र नेपालबीचको व्यापार तथा पर्यटनलाई बढाउन एक्स्पो गरिने भएको हो,’ उनले भनिन्, ‘यसले दुवै मुलुकबीचको व्यापार तथा पर्यटन विस्तारका सम्भावना र अवसर खोज्दै ठोस कार्ययोजना बनाउनेछ ।’ ‘१ सय दिन सफल’ गत २८ चैतमा सम्पन्न महासंघको साधारणसभाबाट निर्वाचित राणा नेतृत्वको कार्यसमितिले एक सय दिनमा गरेको कार्यप्रगति आइतबार सार्वजनिक गरेको छ । आफूहरूको १ सय दिनको प्रगति उत्साहप्रद भएको वरिष्ठ धउपाध्यक्ष शेखर गोल्छाले बताए । ‘कार्यप्रगति समीक्षा गर्ने चलन पहिलोपटक स्थापना गरिएको छ,’ उनले भने, ‘यसले हामीले सुरु गरेका कामलाई अझ प्रभावकारी बनाउने आशा गरेका छौँ ।’ भारततर्फको व्यापार–लगानी प्रवद्र्धनलाई छुट्टै सेल महासंघले ‘नेपाल–भारत लगानी तथा व्यापार प्रवद्र्धन सेल’ स्थापना गर्ने भएको छ । नेपाल र भारतबीचको व्यापारमा हुने विभिन्नखाले गैरभन्सार अवरोध न्यूनीकरण गर्न तथा समस्या समाधानको उपाय खोज्न छुट्टै सेलसमेत स्थापना हुने भएको हो । ‘छुट्टै सचिवालय र कर्मचारी राखेर भारततर्फको लगानी तथा व्यापार प्रवद्र्धनको सेल खडा गरिनेछ,’ उनले भनिन्, ‘यस्तो सेलले नेपाल र भारतबीचको लगानी तथा व्यापारमा देखिएका समस्या समाधानको प्रयास गर्नेछ ।’ भारतले लागू गरेको जिएसटीपछि नेपाल–भारत अनौपचारिक व्यापार ठूलो मात्रामा घट्ने महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए । ‘भारतबाट निर्यात हुने वस्तुमा शून्य जिएसटीको प्रमाणपत्र लिनैपर्ने बाध्यता छ, जसले अनौपचारिक व्यापारलाई घटाउनेछ,’ उनले भने । जिएसटीले नेपालको भन्सार राजस्व २०–२५ प्रतिशतले बढ्ने उनले बताए । भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउने संकेत दिनुभएको छ, उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौँ (भवानी राणा, अध्यक्ष उद्योग वाणिज्य महासंघ)
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending