Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

वाईसीएल ब्युँताउँदै माओवादी केन्द्र

\"\"काठमाडौं । सत्तारूढ नेकपा माओवादी केन्द्रले युवा भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ब्युँताउने भएको छ । माओवादी केन्द्रले वाईसीएललाई ब्युँताएर सशक्त र सक्रिय बनाउने निर्णयसमेत गरेको छ । शान्ति प्रक्रियामा आएलगत्तै लडाकुलाई शिविरमा सारिएपछि माओवादीले अर्धसैन्य दस्ताका रूपमा वाईसीएल गठन गरेको थियो । अाजको राजधानी दैनिकमा खबर छ– देशभरका युवालाई समेटेर संगठन निर्माण गरेलगत्तै अर्को दल एमालेले पनि यस्तै प्रकृतिको युथ फोर्स गठन गरेको थियो । दुवै संगठन अस्तित्वमा आएसँगै दुई पक्षीय भिडन्तका साथै युवा संगठनका नाममा ज्यादती बढेपछि दुवै पार्टीले आफ्ना संगठन निष्क्रिय पारेका थिए । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा २ साउनबाट सुरु भएर शनिबार सम्पन्न सचिवालय सदस्यहरूको बैठकले २ र ३ भदौमा वाईसीएलको सम्मेलन गर्ने र सक्रिय बनाउने निर्णय गरेको एक सचिवालय सदस्यले बताए । नेकपा माओवादी केन्द्रले पुराना मुद्दाहरूलाई जोडतोडका साथ ब्युँझाउने निर्णयसमेत गरेको छ । माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर्न सक्रिय भएर लाग्ने निर्णय गरेको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा जोडतोडले उठाउने निर्णय भएको छ, हेडक्वार्टर सदस्य मणि थापाले राजधानीसँग भने,‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्न सबै राजनीतिक दलहरूसँग आह्वान गर्नेे र पार्टीले यसलाई मुख्य राजनीतिक नारा बनाउने निर्णय भएको छ ।’ माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको नारा बोक्दै आए पनि संविधान निर्माणको क्रमदेखि थाती राखेको थियो । करिब डेढ वर्षपछि माओवादीले ओझेलमा रहेको आफ्नो पुरानै एजेन्डालाई स्थापित गर्ने निर्णय गरेको हो । वैद्य र विप्लवसँग पार्टी एकता आह्वान माओवादी केन्द्रले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकताका लागि अपिल गरेको छ । सचिवालय बैठकले माओवादी धु्रवीकरणको प्रस्ताव पास गर्दै वैद्य र विप्लव समूहलाई पार्टी एकताका लागि अपिल गरेको हो । बैठक समापनमा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टीसँग एकताका लागि लचक भएर प्रस्तुत हुने बताए । उनले परिवर्तनका एजेन्डा रक्षाका लागि माओवादी शक्तिहरू मिल्नुको विकल्प नरहेकोमा जोड दिएका थिए । केही दिनयता विभिन्न माओवादी घटकबीच अनौपचारिक रूपमा एकताको पहल हुँदै आएकोमा माओवादी केन्द्रले बैठकमार्फत नै एकताका लागि अपिल गरेको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE