Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सोचे जस्तो फिल्म नचलेपछि पैसा फिर्ता गर्दै सलमान

\"\"भारत ।  ‘ट्युबलाइट’ सलमान खान अभिनित ट्युबलाइट फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन । पछिल्लो केही वर्षयता सलमानका जस्ता फिल्म पनि सुपरहिट हुन्थे । तर, ट्युबलाइट फ्लप भयो । फिल्म फ्लप भएपछि ट्युबलाइटका वितरकहरू सलमानसँग पैसा फिर्ता माग्न उनको मुम्बईस्थित ग्यालेक्सी अपार्टमेन्टमा पुगेको खबर भारतीय अनलाइनले छ्याप्छ्याप्ती पारेका छन् । अनलाइनहरूले सलमान रोइरहेको र उनका बाबु सलिमको निराश मुद्राको फोटो हालेर समाचार प्रकाशन गरेका छन् । सलमानका बाबु सलिमले आफूहरू वितरकको पैसा फिर्ता गर्ने निर्णयमा पुगेको बताएको दाबी मिडियाको छ । सलिमले हालै एउटा अन्तर्वार्तामा ट्युबलाइटबाट जुनजुन वितरकलाई जतिजति पैसा नोक्सान भएको छ, त्यो सबै फिर्ता गर्न सलमान र सोहेल तयार रहेको जानकारी दिएका हुन् । वितरकले ट्युबलाइटबाट आफूहरूलाई झन्डै ७५ करोड भारु घाटा लागेको बताउने गरेका छन् । तर, सलमान भने घाटाको ३० देखि ३५ प्रतिशत रकम मात्र फिर्ता गर्न चाहन्छन् । त्यसकारण कुरा मिलिनसकेको बताइन्छ । २३ जुन (असार ९) मा रिलिज भएको ट्युबलाइटले अहिलेसम्म भारतमा झन्डै एक सय १५ करोड भारु मात्र व्यापार गरेको देखिन्छ । सलमानका बाबु सलिमले फिल्म अझै पनि केही हलमा चलिरहेको र पूरा हिसाब आएपछि मात्रै वितरकलाई पैसा फिर्ता गरिने जनाएका छन् । सलिमले ट्युबलाइट निकै गम्भीरताका साथ निर्माण गरिएको दाबी गर्दै आइरहेका छन् । ‘छोराहरूले कुनै बेइमानी नगरीकन फिल्म बनाएका हुन्,’ उनले भनेका छन्, ‘हेरेका जति दर्शकले फिल्म एकदम मन पराए । तर, व्यावसायिक रूपमा अपेक्षा पूरा गरेन । कहिलेकाहीँ यस्तो हुन्छ ।’ सलिमले राज कपुरको ‘मेरा नाम जोकर’ र गुरुदत्तको ‘कागज के फूल’ फिल्मले पनि ट्युबलाइटको झैँ नियति भोगेको उदाहरण दिएका छन् । उनले भनेका छन्, ‘सबै कुरा समयको खेल हो ।’ करिब ९० करोड भारुमा बनेको ट्युबलाइटले हिट कहलिन कम्तीमा दुई सय करोड भारुको व्यापार गर्नुपर्दथ्यो । तर, अहिलेसम्म एक सय १५ करोड भारुमै अड्किरहेको छ । फिल्म व्यापार विज्ञ कोमल नाहाटाले पनि सलमान वितरकको डुबेको पैसा फिर्ता गर्न तयार भएको उल्लेख छन् । उनले ट्विटमार्फत सलमानको यो कुरा खोलेका हुन् । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending