Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मनमोहन अस्पतालको मृगौला काण्डमा किन मौन छन् गोविन्द केसी ?

गोविन्द केसी, नेपालको चिकित्साक्षेत्रमा बेथितिका विरुद्धका पर्याय मानिन्छन् । खासगरी नीजि मेडिकल कलेजहरुको सम्बन्धनलगायतका कतिपय विषयमा उनी दर्जनबढी अनसन समेत बसिसकेका छन् । कतिपयले केसीको आन्दोलन एउटा पक्षको बिरोध गरेर अर्को पक्षलाई लाभ पुर्याउने अर्थमा समेत टिप्पणी नगरेका होइनन् । तर एक आम नेपालीले उपचार नपाइ मर्नु नपरोस् भन्ने मनसायले उनको पक्षमा देशैभरी ठूलो समर्थनको लहर चल्दै आएको छ । \"\"तर पछिल्लो घटनामा केसीको मौनताले भने उनीमाथि नै प्रश्न जन्माएको छ । मनमोहन मेमोरियल अस्पतालमा एकजना बिरामीको मृगौला झिकिएको विषय यतिखेर चर्चामा छ । देशैभरी एमालेले निर्वाचनमा अग्रता लिएको बेला नेकपा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दिवंगत मनमोहन अधिकारीका नाममा एमालेकै शीर्ष नेताहरुको स्वामित्वमा खुलेको अस्पतालमा भएको यो घटनाको चौतर्फी निन्दा समेत भएको छ । मिडियामा सार्वजनिक भएका समाचार अनुसार, यो एक सर्वसाधारण गरीब नेपालको स्वास्थ्यमाथि गरिएको ठूलो खेलवाड हो । देशैभरी यो घटनाको निन्दा भइरहेको छ । सरकारी अस्पतालमा गुणस्तरीय सेवा नपाइनु र नीजि अस्पतालमा आम जनता छिर्न समेत नसक्ने अवस्थामा जनताका नेताको नाममा खुलेको अस्पतालमा भएको घटनामा केसी भने मौन देखिन्छन् । हिजो केसीको आन्दोलनले नीजि अस्पतालमा यस्तै बेथिति नहोस् भन्ने विरुद्ध थियो । नीजि अस्पतालहरुले पूर्वाधारको विकास बिना नाफाका लागि मानिसको स्वास्थ्य किनबेच गर्न नपाउनु भन्ने उनको मागको आशय थियो । मनमोहन प्रतिष्ठानको सम्बन्धन समेत त्यसमा जोडिएको थियो । तर अहिले उनको मौनता ? किन र के लागि ? प्रश्न उठ्नु स्वभाविकै हो । गोविन्द केसी मात्रै होइनन्, स्वास्थ्य अधिकारको ठूलो आवाज निकाल्नेहरु पनि यतिखेर मौन छन् । मानौ मृगौला झिकिनु केही ठूलो कुरा हुन । मानौं अस्पतालमा एकजना बिरामीको शरीरमाथि जे पायो त्यही गर्न पाइन्छ । उनीहरुको मौनताले उनीहरुको विगतको आन्दोलनको नियतमाथि नै प्रश्न उठाएको छ ।
यतिखेर यो घटना माओवादी निकटका स्वास्थ्य संस्थामा घटेको भए के हुन्थ्यो ? गोविन्द केसी सबैभन्दा अगाडि कुर्लिन्थे, त्योसँगै एमालेका शार्कदेखि भुरा माछाहरु उफ्रिन्थे । लौ खत्तमै भयो, बर्बादै भयो, मान्छे मार्दै हिँड्ने माओवादीले किडनी निकाल्नु के ठूलो कुरा भयो र ? भन्ने शब्दहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती देखिन्थे । तर यहाँ कुरा एमाले निकटको स्वास्थ्य प्रतिष्ठानको परेकोले सबै चुप छन् । सबै मौन छन । गोविन्दकेसीदेखि स्वास्थ्यको अधिकारको पक्षमा वकालत गर्न डलर भित्र्याउने एनजीओ आइएनजीओ चुप छन् ।
यो मौनता डरलाग्दो मौनता हो । गलत गलत हो, जसले जहाँ गरेपनि । मान्छेको जीवनमाथि हुने खेलवाडलाई राजनीतिक रंग दिइने हो भने यसको असर आम नेपाली र नेपाललाई नै पर्छ । –एभरेष्ट दैनिकबाट सभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending