Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

‘एमाले पैसा बाँड्न गाउँ पसेको’ भन्दै कैलाली र कन्चनपुरमा पहरेदारी

\"\"अतरिया,१३ असार ।  प्रहरीले गएराती “कैलालीको फुलबारीमा पैसा बाँडन गाउँ पुगेको एमाले कार्यकर्तालाई प्रहरीले भगाएको” भन्दै माओवादी र कांग्रेसले आफ्नो आधार गाउँको घेराबन्दी शुरु गरेका छन् । पैसा र मतदातालाई लोभ्याउने किसिमले कसैले प्रभाव पार्न नसकोस भन्दै जिल्लाका कतिपय गाउँहरुमा दलहरुले पहरेदारी शुरु गरेका हुन । मेयरका एमाले उम्मेदवार दुर्गा जोशीले गएराति कैलालीको फूलबारीमा पैसा बाँडेको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको आरोप छ । राति १२ बजेतिर गाडीसहित फूलबारीको सी गाँउमा फेला परेका उम्मेदवार जोशीलाई माओवादी केन्द्र र कांग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिन खोजेपछि सशस्त्र प्रहरीले खानतलासी नगरेरै छोडेको उनीहरुले आरोप लगाएका छन् । काग्रेस र माओवादीका कार्यकर्ताले राति २ बजेसम्म सशस्त्र प्रहरी बलको अस्थायी बेसक्याम्प घेराउ गरेका थिए । फुलबारीको घटनापछि कञ्चनपुरको पुनर्वास, बेलौरी, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा आफ्नो आधार क्षेत्र भएका गाउँहरुमा नयाँ मान्छे प्रवेश नगरोस भनेर कांग्रेस र माओवादीले कार्यकर्ता नै खटाएका छन् । “जनताले जसलाई मत दिन चाहन्छन्, उनीहरुलाई स्वतन्त्र छोडिदिनुपर्छ । मौन अवधिमा पैसा बाँड्ने या अरु प्रलोभनमा पार्ने काम एमालेले गरेको पुष्टि भएपछि यसो गर्नु परेको हो ।” बेलौरी बैजुडाँगाका अमर थारु चौधरीले बताए । यता कैलालीको अतरिया, गोदावरीका बिभिन्न गाउँहरु, चौमाला, टिकापुरभित्रका बस्तीहरुमा समेत कार्यकर्ताहरु चनाखो भएका छन् । कञ्चनपुरको वेदकोटमा एमालेले माओवादी केन्द्रविरुद्ध मौन समयमा भ्रमपूर्ण प्रचार गरेको भन्दै माओवादी केन्द्रले बिरोध गरेको छ । माओवादी केन्द्रका प्रचार प्रसार संयोजक सरल भट्टले एमालेले निर्वाचन आचार संहिताको उल्लंघन गरेर मतदातासमक्ष केन्द्रको उम्मेदवारले एमालेलाई समर्थन गरेको हल्ला फिजाइएको र केही स्थानमा केही बस्तीमा पुगेर आर्थिक चलखेल गरिएको आरोप लगाए । यद्यपी उनको आरोपलाई एमालेले भने खण्डन गरेको छ । राजनीतिक दलहरुले कतै नमस्कार भन्दै हात मिलाउँदा पैसा दिने, कतै रक्सी लगेर गाउँ जाने काम भएको उनीहरुको आरोप छ । सबै दलले सबैलाई पैसा बाँडेको आरोप लगाएपनि फुलबारीको घटनाले एमालेले नै पैसा बाँडन बढी कसरत गरेको उनी बताउँछन् ।
निर्वाचनको मौन समयमा राजनीतिक दललगायत सबैले कुनै पनि उम्मेदवार या दललाई प्रचार प्रसार गर्ने किसिमको कार्य गर्न नहुने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ । एमालेले भने आफूले केही नगरेको बरु कांग्रेस र माओवादीले सत्ताको प्रयोग गरेर मतदातालाई प्रभावमा पारेको, आर्थिक प्रलोभन दिएको आरोप लगाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending