Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

मौन समयमा पत्रकार बोलाएर ओलीले गरे सरकारको कडा आलोचना

\"\"काठमाडौँ, १२ असार ।आचारसंहिता लत्याउँदै नेकपा एमालेले मौन अवधिमा पत्रकार सम्मेलन गर्दै सरकारलाई विभिन्न आरोप लगाएको छ । प्रेस चौतारी नेपालले सोमबार (आज) आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई सद्दाम हुसेनको तुलना गरेका छन् । राज्यले शान्तिपूर्ण, स्वच्छ र कानुनसम्मतरुपमा निर्वाचन गराउनुपर्ने बताउँदै यसमा सरकार, राजनीतिक दल र सबै पक्षको दायित्व रहेको बताए । यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ । “सरकारले आफ्नो साधन स्रोत प्रयोग गरेर अस्वस्थ भ्रम, भय र लोभ सिर्जना गर्न हुँदैन, त्यस्तो भएमा उचित कारबाही गर्ने काम निर्वाचन आयोगको हो”, उनले भने, “आयोगको काम मतपत्र छाप्ने र वितरण गर्ने मात्र होइन देश, दुनियाँ र जनताले अनुभूति गर्ने प्रकारको निष्पक्ष निर्वाचन गराउने पनि हो ।” लोकतन्त्रको जग भनेकै निर्वाचन भएकाले यसलाई सम्पन्न गराउने क्रममा आयोगलाई एमालेका तर्फबाट कुनै अवाञ्छित दबाब नदिई पूर्णरुपमा सहयोग गरिने प्रतिबद्धता उनले व्यक्त गरे । निर्वाचनमा खटाइएका अधिकृत, कर्मचारी र सुरक्षाकर्मी तथा पर्यवेक्षकको भूमिका आफ्नो पक्षमा होस् भन्ने चाहना सरकारमा हुँदा वा नहुँदा पनि एमालेले नराख्ने उहाँले स्पष्ट गरे । पूर्वप्रधानमन्त्री ओलीले भने, “निर्वाचनको स्वच्छतालाई दूषित गर्ने वा परिणामलाई प्रभावित गर्ने काम कसैबाट गर्नु हुँदैन । विदेशमा खटाइएका महामहिम राजदूतहरुलाई उतै रहेर देशको कूटनीतिक सम्बन्ध विस्तारको काम गर्दा हुन्छ, कार्यकर्तै हुन त किन नियुक्ति लिएर जानुपथ्र्यो र ?” उहाँले दोस्रो चरणको निर्वाचनमा औपचारिक रुपमा भाग नलिए पनि राष्ट्रिय जनता पार्टी नेपालले स्वतन्त्र उम्मेदारका माध्यमबाट भाग लिएकामा सकरात्मक ठान्दै सरकारले प्रदेश नं २ मा तेस्रो चरणमा सार्ने सरकारको निर्णयको आलोचना गरे । उनले तेस्रो चरणको निर्वाचनअघि राष्ट्रियतामा आँच आउने संविधान संशोधनको प्रयास गरिए मान्य नहुने पनि उल्लेख गरे । ‘निर्वाचनका क्रममा सुनसरी, रुपन्देही, बाजुरा र डडेल्धुरालगायत जिल्लामा आचारसंहिता उलङ्घन र अवाञ्छित क्रियाकलाप भएकामा’ चिन्ता व्यक्त गर्दै पहिलो चरणको निर्वाचनमा दोलखामा आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको हत्या, कतिपय केन्द्रमा बुथ कब्जा, मतपत्र च्यात्ने जस्ता घटना नदोहो¥याउन आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE