Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

गृहमन्त्री शर्माको आग्रहः ‘ढुक्क भएर मतदान गर्नुस्, सुरक्षा व्यवस्था मिलाएका छौं’

\"\"काठमाडौं, १२ असार । गृहमन्त्री जनार्दन शर्माले पर्सि बुधबार असार १४ गते हुने दोस्रो चरणको निर्वाचनमा ढुक्क भएर मतदान गर्नको लागि आम मतदाताहरुलाई आह्वान गरेका छन् । उनले भने, ‘निर्वाचनको लागि सुरक्षाको कुनै समस्या छैन, सरकारले सबै प्रबन्ध मिलाएको छ, सबै सुरक्षा निकायहरुलाई परिचालन गरेको छ, त्यसो भएको हुँदा सबै मतदाताहरु म्तदान केन्द्रमा गएर आफ्नो मतदान अधिकार प्रयोग गर्नुहोस्, तपाईहरुलाई चाहिने सबै सुरक्षा व्यवस्था हामीले गरिसकेका छौं ।’ सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउनको लागि सरकारले आवश्यक सुरक्षा प्रबन्ध मिलाईसकेको बताएका हुन् । उनले भने,‘निर्वाचन शान्तिपूर्ण रुपमा सफल बनाउन र आम मतदाताहरुलाई ढुक्क भएर मत हाल्नको लागि म यही मञ्चबाट अपिल गर्छु, निर्वाचन सम्पन्न गराउनको लागि कर्मचारीदेखि लिएर आवश्यक सुरक्षाकर्मीहरुलाई सबै क्षेत्रमा खटाईसकिएको छ, अब मतदान केन्द्रमा कुनै समस्या छैन ।’ मतदाताहरुलाई मत हाल्न जाँदा कुनै बाधा, अबरोध नआउनेबारे आश्वस्त पार्दै भने,‘तपाईहरु आफ्नो मताधिकार स्वतन्त्र, भयरहित र निर्भिक रुपमा गर्न पाउनुहुनेछ, त्यसको लागि तपाईहरुलाई जस्तोसुकै सुरक्षा दिनपनि सरकार तयार छ ।’ उनले सुरक्षाको दृष्टिकोणले निर्वाचनबारे तर्साउने प्रयत्न भएकोले सुरक्षा योजना थप परिस्कृत र परिमार्जन समेत गरिएको जानकारी दिए । उनले भने,‘सुरक्षामा अब कुनै समस्या छैन, मतदानस्थल सुरक्षित छन्, मतगणना गर्नपनि सुरक्षा बलियो बनाईएको छ।’ मन्त्री शर्माले आफू सुरक्षा प्रबन्ध र अवस्था बुझ्नको लागि निर्वाचन हुने सबै प्रदेशमा पुगेको र सुरक्षा निकायसँग गोष्ठी समेत गरेको बताए । उनले थपे,‘ पहिलो चरणको निर्वाचनबाट हामीले धेरै कुरा सिकेका छौं, त्यसकारण यो पटक सुरक्षा निकायको प्रयोग दरिलो र बलियो रुपमा अगाडि बढाईएको छ, पहिलो चरणकोभन्दा यस पटक सुरक्षा निकायको प्रयोग सशक्त र प्रभावकारी हुनेछ।’ मन्त्री शर्माले भने,‘हरेक प्रदेश र हरेक जिल्लामा सुरक्षा योजना बनाईएको छ, पहिलेको भन्दा अहिले सुरक्षा योजना परिमार्जन गरिएको छ, त्यही अनुसार सरक्षा योजना कार्यान्वयन भैरहेको छ, म तीन वटै प्रदेशका मुख्य मुख्य स्थानमा पुगेर आएको छु, त्यहाँ मैले सबै सरोकारवाला पक्षसँग छलफल गरें, र उहाँहरुको सुझावलाई आत्मसात् गर्दै सुरक्षा योजनामा हामीले यो पटक परिमार्जन र परिस्कृत गरेका छौं।’ साक्षात्कारमा बोल्दै उनले अहिले मौन अवधिको समय भएकोले यसलाई सबै राजनीतिक दलहरुले पालना गरेर मतदाताहरुलाई ढुक्क भएर मत हाल्ने अधिकारको सदुपयोग गर्न सहयोग पुर्याउन आग्रह गरे । उनले निर्वाचन सुरक्षाको लागि कति संख्यामा सुरक्षाकर्मी खटाईएको छ भन्नेबारे एकिन नबताएपनि आवश्यकत्ता अनुसार सुरक्षा संख्या विन्यास गरिएको जानकारी दिए । मन्त्री शर्माले स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको लागि ऐतिहाँसिक खुड्किलो भएको र जनताको अधिकार प्रत्यक्ष रुपमा आफ्नो मत हाल्ने अधिकारको प्रयोग भएकोले निर्वाचनमा उत्साहजनक जनताको सहभागिता रहेको स्पष्ट पारे । उनले राजपासँगको सहमतिमा नै प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा तोकिएको बताउँदै भने,‘हाम्रो सम्मानीय प्रधानमन्त्री र राजपाबीचको सहमतिमा नै प्रदेश नम्बर २ को निर्वाचन तेस्रो चरणमा राखिएको हो, अहिलेको दोस्रो चरणको निर्वाचनमा उहाँहरुले स्वतन्त्र रुपमा उम्मेद्धवारी दिनुभएको छ, विप्लव माओवादीका साथीहरुपनि सहभागी हुनुभएको छ, म उहाँहरुलाई चुनावमा भाग लिएकोमा यही मञ्चबाट धन्यवाद दिन चाहन्छु।’ उनले दोस्रो चरणको निर्वाचन सफल हुनेमा आफू पूर्ण विश्वस्त रहेको उल्लेख गर्दै भने,‘पहिलो कारण भनेको निर्वाचनमा सबै पार्टीहरु सहभागी भएका छन्, दोस्रो कारण निर्वाचनमार्फत विकासको लागि सकारात्मक प्रतिष्पर्धा सुरु भएको छ, यो ऐतिहाँसिक परिघटना हो।’ मन्त्री शर्माले सुरक्षाको पहिलो आधार नै जनताको उत्साहजनक सहभागिता रहेको बताए । उनले भने,‘पहिलो सुरक्षा आधार भनेको नै जनताको सहभागिता हो, दोस्रो आधार भनेको हाम्रो सुरक्षा निकाय हो, समस्या आए तत्काल निराकरण गर्न सुरक्षा निकाय तयार भएर बसेको छ।’ निर्वाचन विथोल्नको लागि राजपा र विप्लव माओवादी नै सक्रिय भएर लागेको छ नि यसले के असर गर्छ भनेर एक पत्रकारले सोधेको प्रश्नमा मन्त्री शर्माले भने,‘विप्लवजीको पार्टीपनि निर्वाचनमा सहभागी भएको छ, उहाँहरु भेष्ट लगाएर चुनावी प्रचारप्रसारमा हुनुहुन्छ, यो त खुशीको कुरा हो नि।’ त्यस्तै उनले राजपाका नेता तथा कार्यकर्ताहरुपनि स्वतन्त्र रुपमा निर्वाचनमा सहभागि भएको जनाए । उनले थपे,‘राजपापनि चुनावमा सहभागी भैसकेको छ, त्यसैले अब चुनाव कसैले विथोल्न सक्दैन् ।’ उनले यदि कहीँ कतैबाट र कसैबाट निर्वाचन विथोल्ने प्रयत्न भए त्यसको लागि आवश्यक र सुदृढ सुरक्षा व्यवस्था सरकारले मिलाईसकेको समेत जनाए । उनले भने,‘अब कुनै समस्या छैन ।’ दोस्रो चरणको निर्वाचनमा सबै पार्टीहरुको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै मन्त्री शर्माले आम मतदाताहरुलाई मतदान केन्द्रदेखि मत गणनासम्म सरकारले सुरक्षाको प्रबन्ध गरिसकेको र यही अनुसार आवश्यक मात्रामा सुरक्षाकर्मी खटाईएको बताए । उनले निर्वाचन सुरक्षाको लागि पहिलो चरणकोजस्तै पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई प्रयोग गरिने पनि जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE