Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

मुस्लिम धर्मावलम्बीहरु उत्साहपूर्वक इद पर्व मनाउँदै

\"\"विराटनगर, १२ असार । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र आज बिहानैदेखि धुमधामका साथ मनाइरहेका छन् । पवित्र महिना रमजानको एक महिनाको लामो रोजा उपवास राखेर चन्द्रमाको दर्शन गरेपछि आज बिहानदेखि नै मुस्लिम धर्मावलम्बीहरु धार्मिक विधिपूर्वक उत्साहका साथ यो पर्व मनाउनमा जुटेका छन् । यस पर्वको उपलक्ष्यमा मोरङमा मुस्लिम धर्मावलम्बीहरु बिहानै स्नान गरी नयाँ बस्त्र धारण गरेर मस्जिदमा पुगेर नमाज अदा गरिरहेका छन् । नमाज अदा गरेपछि आपसी वैमनस्यतालाई त्याग्दै एकापसमा शुभकामना आदानप्रदान गरिरहेका छन् । यसका साथै यो पर्व धुमधामका साथ मनाउनका लागि गरिबलाई दान दिने पनि गरिन्छ । यो पर्वका अवसरमा मुस्लिम धर्मावलम्बीले विभिन्न प्रकारका पकवानका साथै सेवईका खीर अनिवार्य रुपमा खाने गर्छन् । र्सा \"\"यसैगरी इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्र पर्सामा पनि आज उल्लासमय वातावरणमा मनाइरहेका छन् । मुस्लिम समुदयाले विगत एक महिनादेखि गर्दै आएको पवित्र रमजान व्रत आज बिहान इद उल फित्रको नमाज अदा गरेसँगै समाप्त भएको छ । मुस्लिम समुदायका पुरुष बिहानै स्नान गरी पवित्र भएर जिल्लामा रहेका मस्जिद तथा इदगाह पुगेर बिहान ९ः१५ बजेको शुभसाइतमा इदको नमाज पढेसँगै एक महिना लामो रमजान व्रत समाप्त भएको हो । तीन दिनसम्म मनाइने इदमा यो समुदायका व्यक्तिले गरिब तथा असहाय व्यक्तिलाई मद्दत गर्नुका साथै वर्षभरि जम्मा गरेको फितरा आम्दानीबाट दानका लागि निकालिएको धनबाँडी सबैलाई खुसी प्रदान गर्ने गरिन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies