रसुवागढी नाकामा चल्ने कन्टेनर क्रमिक नम्बर प्रणालीका आधारमा चलाइने
आषाढ़ १२ गते, २०७४ सोमवार 26th June, 2017 Mon११:१२:१२ मा प्रकाशित
रसुवा, १२ असार । उत्तरी छिमेकी चिनसंगको एकमात्र ब्यापारीक नाका रसुवागढी नाकामा क्रमिक नम्बर प्रणाली (डायल सिस्टम) अनुसार ट्रक तथा कन्टेनर संचालन हुने भएको छ । आइतबार ११ वटा कन्टेनर ब्यबसायीहरुको धुन्चेमा बसेको संयुक्त बैठकले संजीब डिएमको संयोजकत्वमा रसुवागढी संयुक्त ट्रक कन्टेनर ब्यबस्थापन समन्वय समिति गठन गरी कन्टेनर ब्यबसायलाइ सुरक्षित र ब्यबस्थित गर्न क्रमिक नम्बर प्रणाली लागु गर्ने निर्णय गरेको बैठक पछि आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
कन्टेनर संचालन ब्यबस्थित हुन नसक्दा लामो समय देखी मारमा पर्दै आएका कन्टेनर ब्यबसायीले राहत महसुस गर्न पाँउने बिश्वास लिएका छन् ।
रसुवागढी नाकामा कन्टेनर ब्याबसायीहरु बिच अस्वस्थ प्रतिस्पर्धा र पंहुचवालाहरुको मात्र हालिमुहाली हुने क्रम बढेको भन्ने ब्याबसायीको गुनासो आइरहेको अबस्थामा ११ वटा ट्रक तथा कन्टेनर ब्यबसायी संघको सहकार्यमा क्रमिक नम्बर प्रणाली लागू गर्न लागिएको रसुवा ट्रक तथा कन्टेनर ब्यबसायी संघका प्रदीप खतिवडाले जानकारी दिएका छन् । ‘अब यांहा संचालन हुने सबै कन्टेनर ब्याबसायीले क्रमिक नम्बर पाँउने र त्यहि नम्बरको आधारमा सबै ब्यबसायीले समान रुपले सामान पाँउछन’ खतिवडाले भने ‘प्रहरी प्रशासन र अन्य पंहुचको आधारमा एकलौटी गर्नेहरुको दिन गए । यो प्रणाली लागु भए संगै अब सबै ब्यावसायीले ब्यबसायिक न्याय पाँउछन् ‘ ।
यसअघि रुट व्यवस्थापन तथा व्यवसायीक हकहितका लागी भन्दै खोलिएका ११ वटा भन्दा बढी संघहरु नाममा मातै सिमित हुँदा कन्टेनर ब्यबसाय नै अस्तब्यस्त बनेको थियो ।
समान उद्देस्यका साथ गठन भएका संघहरु बिभाजन हुँदै नँया नँया संघ बन्ने र आपसमा अस्वस्थ प्रतिस्पर्धा गर्ने गरेका कारण व्यवसाय नै जोखिममा परेको भन्दै ब्यावसायीहरुले तिब्र असन्तुष्टि जनाउदै आएका थिए ।
ब्याबसायीहरुको चर्को दबाब र पटक पटकको छलफल पछि सञ्चालनमा रहेका ११ वटा कन्टेनर व्यवसायी संघले समन्वय समिति समेत गठन गरी व्यवसायिक हक हित र रक्षाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै समन्वय समितिका सम्योजक डिएमले नाका अव्यवस्थित हुँदा ट्राफिक जामको समस्या बढेको तथा असुरक्षा बढेकोले व्यवसायलाई निरन्तर सञ्चालनका लागि समिति निर्माण गरि नम्बर प्रणाली लागु गर्ने निर्णय गरेको जानकारी दिए ।
यता, ब्यावसायीहरु भने समन्वय समिति गठन गरी ११ वटा समुहमा रहेका ब्यावसायीहरु एकजुट हुनु सकारात्मक क़दम भए पनि संघहरुको बिगतको कार्यशैली हेर्दा तत्काल ढुक्क हुने अबस्था नरहेको बताउछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: