Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

रुदानेको जिवनीमा आधारित फिल्मको फस्ट लुक सार्वजनिक

[caption id=\"attachment_137456\" align=\"alignleft\" width=\"400\"]\"\" फष्ट लुक[/caption] काडमाडौं । दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको दिन बुधवार रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदाने ःविद्रोहको नेपाली नाम को फष्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रमा रुपचन्द्र विष्टको सिङगो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् । रुदाने अमित किसोर सुवेदि र विकास ढकालले संयुक्त लेखन तथा निर्देशन गरेका हुन् । दावनल क्रियसनले थाहा यात्रा सँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निमार्ता जागृत रायमाझि रहेका छन् । चलचित्रमा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्यदेबले अभिनय गरेका छन् । त्यसै गरि चलचित्रमा नम्रता श्रेष्ठ,रवि गिरि ,सुभाष गजुरेल,अमर सुवेदि लगायतका एक सय भन्दा बढि कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा वलिउडका सान्ता राओको छायाङकन , निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगित रहेको छ । निर्देशक द्वयले चार वर्ष सम्म रुचपन्द्र विष्ट माथि गहिरो अध्ययन अनुसन्धान गरि रुदाने ःविद्रोहको नेपाली नाम तयार पारेका हुन् । आज एक प्रेस विज्ञप्ति जारि गर्दै निमार्ण पक्षले चलचित्रको फष्ट लुक सार्वजनिक गरेको छ । रुदाने यसै वर्ष भित्र प्रर्दशनमा ल्याउने गरि अन्तिम चरणको सुटिङ भइरहेको निमार्ण पक्षले जनाएको छ । जीवनीमा आधारित चलचित्र कमै मात्र बन्ने नेपालमा आफू रुपचन्द्रको सिष्य भएको र धेरै हिसाबले रुपचन्द्रको जीवन सँग पनि जोडिएकाले यो फिल्म बनाउन तम्सिएको निमार्ता जागृत रायमाझिको भनाइ छ । फिल्म मार्फत पुरानो पुस्ताले बिर्सि सकेको र नयाँ पुस्ता माझ किंबदन्ति बनेको रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौ पाटाहरु उजागर गर्ने प्रयास गरिएको निर्देशकहरुले बताए । आफू सधै सत्य बोल्ने र ठिक काम मात्र गर्ने रुपचन्द्रको जीवन सबैका लागी उत्प्रेरणाको स्रोत बन्न सकोस् भन्ने नै फिल्म निमार्णको मूल हेतु हो । मकवानपुरलाई आफ्नो कर्म भूमि बनाई नेपालमै मौलिक नेपाली दर्शन थाहा जन्माइ जनमुखि राजनीति मार्फत सम्पूृर्ण जीवन जनता जगाउने काममा समर्पित रुपचन्द्र विष्ट नेपालको इतिहासमा कहि कतै पनि दर्ज नभएको नाम हो । २०४०को दशकमा देशमा लोकप्रियताको शिखरमा रहेको रुपचन्द्रले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies