Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

रोल्पाका गाउँ पसे माओवादीका शीर्ष नेता

\"\"रोल्पा, ७ असार । स्थानीय तहको निर्वाचन मतदानको मिति नजिकिँदै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेताहरु रोल्पाका गाउँगाउँमा पुगेर पार्टीका उम्मेदवारलाई मत मागिरहेका छन् । माओवादी केन्द्रका कार्यालय सदस्य एवम् उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, कार्यालय सदस्य एवम् पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्त, कार्यालय सदस्यहरु कुलप्रसाद केसी सोनाम, जयपुरी घर्तीलगातका नेताहरु रोल्पाका विभिन्न गाउँगाउँमा पुगेका छन् । माओवादी केन्द्रले रोल्पाका १० वटै पालिकामा जित हाँसिल गर्ने योजना बनाएको छ । रोल्पामा एक नगरपालिका र नौ गाउँपालिका छन् । माओवादीका नेताहरुले अधिकांश स्थानमा सहजै र केही स्थानमा प्रतिस्पर्धाकाबीचबाट जित हाँसिल गर्ने दावी गरेका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेता महरा सुनछहरी नगरपालिकाको पोबाङमा आयोजित चुनावी सभाको सम्बोधन, सुवर्णावती र लुंग्री गाउँपालिकाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेर प्यूठानतिर लागेका छन् । उनले सुलीचौर थवाङ सडकको बहुचर्चित खण्ड सिरक्याङ भीरमा नेपाली सेनाले खोलेको ट्रयाकको अवलोकनसमेत गरेका छन् । माओवादी केन्द्रका अर्का प्रभावशाली नेता वर्षमान पुन अनन्त मनोनयन दर्तादेखि रोल्पामै छन् । उनले रोल्पा नगरपालिकाको लिबाङ, माडी गाउँपालिकाको घर्तीगाउँ, सुनछहरी गाउँपालिकाको पोबाङ, रोल्पा नगरपालिकाकै कोटगाउँ, त्रिवेणी गाउँपालिकाको त्रिवेणीमा चुनावी सभा र सुवर्णावती र लुंग्री गाउँपालिकाको अगुवा कार्यकर्ता भेटघाटलाई सम्बोधन गरेका छन् । उनले साना ठूला भेटघाट गर्दै पार्टीका उम्मेदवारलाई भोट मागिरहेका छन् । उनी आज रुन्टीगढी गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गरेर दाङ झर्दैछन् । अर्का युवा नेता कुलप्रसाद केसी सोनामले रुन्टीगढी गाउँपालिकाको होलेरी, त्रिवेणी गाउँपालिकाको जुँगारलगायतको चुनावी सभालाई सम्बोधन गरेका छन् । अर्का कार्यालय सदस्य जयपुरी घर्तीले दुईखोली गाउँपालिकाको दुईखोली, पोलिट्व्यूरो सदस्य झक्कु सुबेदीले थबाङ गाउँपालिकाको थबाङ, पोलिट्व्यूरो सदस्य जोखबहादुर महराले सुवर्णावती गाउँपालिकाको सुलीचौर र लुंग्री गाउँपालिकाको बडाचौर, पोलिट्व्यूरो सदस्य दीपेन्द्र पुन सिजलले सुकीदह गाउँपालिकाको जिनाबाङ, मानबहादुर बुढा विकल्पले सुनछहरी गाउँपालिकाको पोबाङको चुनावी सभालाई सम्बोधन गरिसकेका छन् । माओवादीका स्थापित नेताहरुले गाउँगाउँमा पुगेर आफ्नो पार्टीले देशैभर र रोल्पाका लागि आफ्नो पार्टीले गरेको कामहरु जनतालाई सुनाईरहेका छन् । रोल्पाका नेताहरुले जिल्लाको विकासको लागि माओवादीले कुनै कसर बाँकी नराखेको बताईरहेका छन् । घोराही–थबाङ सहिदमार्ग निर्माण, प्यूठान–रोल्पा सडक कालोपत्रे, लिबाङ दारबोट सडक, माडीचौर जिनाबाङ सडक, सुलीचौर गाम सडक, घर्तिगाउँ राँक सडक, दर्जनौँ पक्की पुलको निर्माण लगायतका सामरिक महत्वका सडकहरु माओवादीको पहलमा निर्माण भएको नेताहरुले बताएका छन् । माओवादीकै पहलमा अहिले उवा बाहेक रोल्पाका स्थानीय तहका हरेक वडालाई सडक सञ्जालले जोडेको र प्रायः सबै वडामा रिङरोड बनेको जनतालाई प्रष्ट पारिरहेका छन् । त्यसैगरी लिबाङमा प्राविधिक शिक्षालय, रेउघाको जिल्ला अस्पतालको स्तरउन्नती, माडीचौरमा कृषि क्याम्पस निर्माण सुरुजस्ता माओवादीले गरेको कामको पनि प्रचार गरिरहेका छन् । स्थानीय उद्योग, कृषिको व्यवसायीकरण, जिल्लाका सहकारीमार्फत स्वरोजगार कोषको कार्यक्रम लागू गरेर स्वरोजगारको सृजना जस्ता कार्यक्रमको बारेमा जनतालाई सुनाईरहेका छन् । माओवादी नेताहरुले रोल्पाली जनताले निर्वाचित गरेका र रोल्पामा जन्मिएका माओवादीका नेताहरु नै अहिले देशको महत्वपूर्ण स्थानमा रहेकोले रोल्पामा माओवादीको कुनै विकल्प नभएकोसमेत बताइरहेका छन् । ‘हामीले रोल्पाको विकासका लागि कुनै कसर बाँकी राखेका छैनौँ, विकासका धेरै काम पूरा भएका छन्, धेरै काम सुचारु छन् र, धेरै काम सुरु हुनेवाला छन्,’ माओवादीका जिल्ला ईन्चार्ज दीपेन्द्र पुन सिजलले भने, ‘तर हामी हामीले गरेका काम जनतामा भन्न सकिरहेका छैनौँ, अरु पार्टीकाले सिन्को नभाँचेको कामलाई पनि पहाड फोर्यौँ भनेर प्रचार गरिरहेका छन् ।’ उनले यसपाली जनतालाई सबै कुरा प्रष्ट पारिएको बताए । जिल्ला ईन्चार्ज पुनले रोल्पाका सबै गाउँपालिकामा माओवादीले जित्ने दावी गरे । ‘हामीले जितिसकेका छौँ, अब त्यो व्यालेट बक्समार्फत प्रमाणित गर्नमात्रै बाँकी छ,’ पुनले भने, ‘अब हामी रोल्पाका सबै तहमा विजयी हाँसिल गरेर माओवादीको वास्तविक जनपक्षीय एजेण्डा लागू गर्न चाहान्छौँ ।’ जिल्लामा माओवादीका शीर्ष नेताहरु नै मैदानमा उत्रिएर भोट माग्न थालेपछि आफ्ना कार्यकर्ताहरु झनै उत्साहित भएको र विपक्षी पार्टीहरुको मनोबल कमजोर हुँदै गएको माओवादी केन्द्रका स्थानीय नेताहरुले दावी गरे ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE