Khabar Dabali ५ श्रावण २०८३ मंगलवार | 21st July, 2026 Tue
Investment bank

कार्यसम्पादन मूल्याङ्कनमा गौर नगरपालिका पहिलो, देवाही गोनाही अन्तिम

खबरडबली संवाददाता

रौतहट। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा रौतहटको गौर नगरपालिका जिल्लामै प्रथम भएको छ। गौर नगरपालिकाले ६६ दशमलव १७ अङ्क प्राप्त गर्दै जिल्लाका स्थानीय तहमध्ये उत्कृष्ट प्रदर्शन गरेको हो।

आयोगद्वारा प्रकाशित प्रतिवेदनअनुसार राजपुर नगरपालिकाले ५९ दशमलव ९६ अङ्कसहित दोस्रो स्थान हासिल गरेको छ भने बौधीमाई नगरपालिकाले ५९ दशमलव ७४ अङ्क ल्याउँदै तेस्रो स्थान प्राप्त गरेको छ। इशनाथ नगरपालिकाले ५९ दशमलव ५९ अङ्क, मौलापुर नगरपालिकाले ५८ दशमलव ९७ अङ्क तथा परोहा नगरपालिकाले ५७ दशमलव १४ अङ्क प्राप्त गरेका छन्।

त्यसैगरी राजदेवी नगरपालिकाले ५२ दशमलव ५१, माधवनारायण नगरपालिकाले ५२ दशमलव ४०, चन्द्रपुर नगरपालिकाले ५० दशमलव ९० र गुजरा नगरपालिकाले ४८ दशमलव ७३ अङ्क प्राप्त गरेका छन्। गढीमाई नगरपालिकाले ४६ दशमलव २०, यमुनामाई गाउँपालिकाले ४६ दशमलव ०६, गरुडा नगरपालिकाले ४३ दशमलव ८४, कटहरिया नगरपालिकाले ४३ दशमलव ७५, दुर्गा भगवती गाउँपालिकाले ४२ दशमलव ६०, फतुवा विजयपुर नगरपालिकाले ३५ दशमलव ४१ र वृन्दावन नगरपालिकाले ३१ दशमलव ६९ अङ्क प्राप्त गरेका छन्।

देवाही गोनाही नगरपालिकाले ३० दशमलव ९१ अङ्क प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये अन्तिम स्थान हासिल गरेको छ।

गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले उक्त उपलब्धि समग्र नगरवासीको भएको बताउँदै यस नतिजाले संस्थागत क्षमता अभिवृद्धि, सुशासन प्रवद्र्धन तथा सेवा प्रवाहलाई अझ नतिजामुखी र पारदर्शी बनाउन थप ऊर्जा मिलेको बताए। स्थानीय सरकारप्रति जनताको विश्वास सुदृढ बनाउन पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राखेर काम भइरहेको उनले जानकारी दिए। आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहमा जोड दिइने उहाँले प्रतिबद्धता व्यक्त गरे।

आयोगले बजेट तथा राजस्व व्यवस्थापन, लेखापरीक्षण, सेवा प्रवाह, शिक्षा तथा स्वास्थ्यसम्बन्धी उपलब्धि, राजस्व परिचालन, योजना तर्जुमा, बेरुजु व्यवस्थापन, खोप तथा मातृस्वास्थ्य सेवा लगायत १७ सूचकका आधारमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गरेको जनाएको छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जानकी मन्दिरबाट किन लखेटिए हर्क सम्पाङका कार्यकर्ता ?

जनकपुरधाम । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका पार्टीका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार...

कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव फेला, अनुसन्धान सुरु

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आगलागी भएको गाडीबाट एक जना पुरुषको शव फेला परेको छ। बा५च ३०३८ नम्बरको गाडीमा लागेको आगो निभाएपछि प्...

ईपीएस–टोपिक २०२६ का लागि आवेदन खुला

ललितपुर। वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टमअन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुल...

ताप्लेजुङमा भीरबाट लडेर महिलाको मृत्यु

ताप्लेजुङ। ताप्लेजुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार यहाँको सिदिङ्वा गाउँपालिका–४ साब्लाखुकी ५० वर्षीया सीता बर्देवाको भीरबाट...

मुख्य र सहायक सडक अवरुद्ध, वर्षाले पाँचथरको जनजीवन प्रभावित

फिदिम। तीन दिनदेखि जारी निरन्तरको झरीका कारण आएको बाढी र पहिरोले पाँचथर जिल्लालाई विभिन्न स्थानसम्म जोड्ने मुख्य र सहायक सडकहरु अवरुद्ध भएका छन् । ...

प्रधानमन्त्री शाह र तयारी पोसाक सङ्घका पदाधिकारीबीच छलफल हुँदै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग सङ्घका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्...

पर्यटक बोकेर ढोरपाटन जाँदै गरेको स्कर्पियो पहिरोमा पुरियो

गलकोट। बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित सुकुरदुङमा सडक माथिबाट खसेको पहिरोले पर्यटक बोकेको स्कर्पियो पुरिएको छ। सालझण्डी–ढोरपाटन सडकअन्तर्गत बुर्...

करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि–२०८३, सक्कली बिलमा लखपति योजना

काठमाडौँ। सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध नागरिकलाई लक्षित गर्दै सक्कली बिल लिने ग्राहकलाई लखपति बनाउने योजना ...

कुशहा–कमला चार लेन सडकको प्रगति ७३ प्रतिशत

लहान। पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सप्तरीको कुशहादेखि सिरहाको कमलासम्मको चार लेन सडक निर्माणको काम ७३ प्रतिशत सम्पन्न भएको छ। तेस्रो पटक म्याद थप ...

पहिरोले गलकोटको गैराखर्क बस्ती जोखिममा

बागलुङ। निरन्तरको वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पश्चिम बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित गैराखर्क बस्ती जोखिममा परेको छ। हरिचौर–मल्म–पाण्डवख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending