Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

नयाँ शक्तिका उम्मेद्वार माओवादी केन्द्रमा प्रवेश

\"\"दाङ, २ असार । राप्ती गाउँपालिकाको वडा नम्बर १ मा नयाँ शक्तिबाट वडा अध्यक्षका उम्मेदवार बनेका शेरबहादुर सुनार नेकपा माओवादीमा प्रवेश गरेका छन् । नयाँ शक्तिका जिल्ला सदस्यसमेत रहेका सुनारसहित नेकपाका प्रकाश पुन, बिष्णु सुनारसहित तीस जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य दामा शर्माले पार्टी प्रवेश गराएका थिए । रंगबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य लुमबहादुर कार्की, केन्द्रीय सदस्य प्रमिला, राप्ती गाउँपालिका अध्यक्षका उम्मेदवार श्याम चौधरी, उपाध्यक्षका उम्मेदवार भगवता अधिकारी र वडाअध्यक्षका उम्मेदवार कृष्ण सुवेदीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन नारायण शर्माले गरेका थिए । त्यस्तै, राप्ती गाउँपालिका ९ देवीकोटमा माओवादी केन्द्रको चुनावीसभा सम्पन्न भएको छ । सभालाई सम्वोधन गर्दै केन्द्रीय सदस्य एवं चुनाव परिचालन समिति राप्तीका संयोजक लुमबहादुर कार्कीले राज्यसत्तामा जनताको पहुँच स्थापित गर्न स्थानीय तह पुनर्संचना गरिएको बताए । माओवादी जनयुद्धको मुख्य उपलब्धि गणतन्त्र र राज्यपुनर्संचना भएको उल्लेख गर्दै उनले नयाँ संरचनाको सही नेतृत्व पनि माओवादीले मात्रै गर्नसक्ने बताए । सो कार्यक्रममा कांग्रेसका सक्रिय सदस्य दिलेन्द्र कार्की, एमालेका डम्बर पुन, राप्रपाका साविक हाँसीपुर इकाइ अध्यक्ष गोविन्दबहादुर कार्की, देवी कार्कीसहित ४५ जना माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ । जिल्लाब्यापी घरदैलो जारी यसैबीच माओवादी केन्द्र निर्वाचन परिचालन समिति दाङले जिल्लाका सबै वडा र टोलमा घरदैलो जारी रहेको जनाएको छ । घरदैलो जिल्लाभरि जारी रहेको र पहिलो चरणको प्रचार सकेर उम्मेदवारी दर्तासँगै दोस्रो चरणको प्रचारमा लाग्ने तयारी भइरहेको निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्यले जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending