Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

निर्वाचन झन् अन्योलमा

\"\"काठमाडौं, १ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचन तोकिएकै मितिमा गर्ने–नगर्नेमा सरकार द्विविधामा छ । निर्वाचनकै विषयमा छलफल गर्न सत्तारुढ, प्रमुख प्रतिपक्षी र राष्ट्रिय जनता पार्टी(राजपा)को बुधबार बसेको बैठक पनि विनानिष्कर्ष सकिएको छ । अाजको नयाँ पत्रिकामा खबर छ– बैठकमा एमालेले कुनै पनि हालतमा चुनाव सार्न नसकिने र राजपा चुनाव सार्नैपर्ने अडानमा रहेपछि बैठक अनिर्णीत बनेको हो । दुई पक्षको अडानमा सरकार चेपुवामा परेको छ । राजपाले संविधान संशोधन नभईकन निर्वाचनमा भाग नलिने अडान राखेको छ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनको कार्यतालिका सार्न प्रस्ताव राखेपछि प्रधानमन्त्री शेरबहादुर देउवा थप चेपुवामा परेका छन् । प्रचण्डले ‘निर्वाचन १४ असारमै गर्नुपर्ने तर राजपालाई सजिलोका लागि कार्यतालिकामा सामान्य हेरफेरका विषयमा सोच्न सकिने’ बताएका थिए । उनको आसय उम्मेदवारी दर्ताको समय एक-दुई दिन सार्न सकिने थियो । सरकारले आयोगसँग परामर्श गर्ने प्रधानमन्त्री देउवाले निर्वाचनको निर्धारित मिति र आयोगले बनाएको कार्यतालिकाका विषयमा बिहिबार बिहान निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । ‘आयोगसँग सरकारका तर्फबाट बिहान ९ वजे प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम तय भएको छ । आयोगले अहिलेसम्म गरिरहेको निर्वाचन तयारी र अब के गर्न सकिन्छ भन्ने विषयमा आयोग पदाधिकारीसँग छलफल हुन्छ,’ काग्रेस महामन्त्री डा शशांक कोइरालाले भने । उनका अनुसार, कार्यतालिकामा हेरफेर गरेर राजपालाई सहभागी गराएर तोकिएकै मितिमा निर्वाचन गराउन सक्ने-नसक्ने विषयमा सरकारले आयोगका पदाधिकारीसँग छलफल गर्नेछ । निर्वाचन आयोगले पनि दलहरुले आग्रह गरेमा उम्मेदवारी मनोनयन दर्ताको समयमा बढीमा दुई दिन सार्न सक्ने संकेत गरेको छ । त्यसो हुँदा उम्मेदवारको प्रचार प्रसारको समय भने घट्ने आयोगका सचिव गोपीनाथ मैनालीले बताए । ५ असारमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै चुनाव चिन्ह दिने निर्वाचन आयोगको अहिलेको कार्यतालिकामा छ । २ असारमा उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको कार्यतालिका छ । प्रधानमन्त्रीसँगको भेट अगाडी आयोगले पनि पदाधिकारीको बैठक बोलाएको छ । बिहान ८ वजे आन्तरिक छलफल पछि मात्र प्रधानमन्त्री लगायतका दलका प्रतिनिधीसँग भेटने योजना आयोगका पदाधिकारीले बनाएका छन् । आयोगसँगको छलफल पछि फेरि बैठक बिहिबार बिहान निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि प्रमुख दलहरुको संयुक्त बठक बस्दैछ । ‘राजपाले प्राविधिक मात्र होइन, आफुहरुका राजनीतिक मुद्दा पनि सम्वोधन हुनु पर्यो भन्ने माग गरिरहेको छ,’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘अहिले संविधान संसोधन गर्न सकिदैन, १४ असारमै निर्वाचन गर्ने गरि सामान्य कार्यतालिकामा हेरफेर भने गर्न सकिन्छ । निर्वाचन आयोगसँग छलफल पछि पूनः बैठक बसेर एउटा समझदारी खोज्ने प्रयास हुन्छ ।’ राजपा कार्यतालिका संसोधन गर्दा पनि निर्वाचनमा नआए थप लचिलो हुनसक्ने संम्भावना नरहेको भन्दै सत्तापक्ष निर्धारित मितिमै निर्वाचन गराउने योजना रहेको कांग्रेस महामन्त्री कोइरालाले बताए । ‘अब राजपा निर्वाचननमा आउनै नचाहे पनि १४ असारमै निर्वाचन गराउनु पर्छ,’ उनले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE