Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

तीन दलको एउटै चुनाव चिह्न

\"\"काठमाडौं, ३१ जेठ । आगामी १४ असारमा हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान मञ्च, केपी पालुङ्वा नेतृत्वको राष्ट्रिय जनमुक्ति पार्टी र गंगा महरा नेतृत्वको बहुजन समाजवादी पार्टी एउटै चुनाव चिह्नमा निर्वाचन लड्ने भएका छन् । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगको दल दर्ताको सूचीमा आफूहरू नपरेपछि संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र बहुजन समाजवादी पार्टी एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन लागेका हुन् । अाजको राजधानी दैनिकमा खबर छ– तीन दलले राष्ट्रिय जनमुक्ति पार्टीको चुनाव चिह्न ‘घर’लाई आप्mनो चुनाव चिह्न मानेर चुनाव लड्ने तयारी गरेका छन् । घर चुनाव चिह्न लिएर सँगै चुनाव लड्ने सहमति भएपछि हाल तीनवटै दलहरूले आआप्mनो क्षेत्रमा चुनावी अभियानसमेत सुरु गरेका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पहिलो चरणको स्थानीय निर्वाचनदेखि नै एउटै चुनाव चिह्न (मसाल) लिएर निर्वाचन लड्दै आएका छन् । पहिलो चरणको निर्वाचन बहिष्कार गरेको संघीय लिम्बुवान मञ्चले हाल राष्ट्रिय जनमुक्ति र बहुजन समाजवादी पार्टीसँग मिलेर प्रतिस्पर्धा गर्नेे तयारी गरेको छ । एउटै चुनाव चिह्न लिएर चुनाव लड्ने मोडेललाई मञ्चले अफ्रिकन नेसनल कंग्रेस (एएनसी) मोडेल रहेको जनाएको छ । ‘सन् १९९० को दशकमा सर्वप्रथम नेल्सन मन्डेलाले ससाना दलहरूलाई मिलाएर पहिलोपटक एकल चुनाव चिह्नमा चुनाव लडेका थिए, अहिले हामीले त्यही मोडलमा चुनाव लड्दै छाैं जसलाई हामी एएनसी मोडेल वा मन्डेला मोडेल भन्छौं,’ मञ्चका महासचिव अशोक चेम्जोङले राजधानीसँग भने, ‘एउटै चुनाव चिह्न लिएर लड्न पाउने निर्वाचन आयोगको कानुनी व्यवस्था पनि छ र हामीले आयोगबाट समेत अनुमति पाइसकेका छौं ।’ यस मोडेलअनुरूप मञ्चले अरुण पूर्वका नौ (इलाम, पाँथचर, झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम र ताम्लेजुङ) र पश्चिममा दाङ गरी १० जिल्लामा आफ्नो उम्मेदवार उठाउन पाउनेछन् र उसले उम्मेदवार उठाएर चुनावी अभियानसमेत गरिरहेका छन् । यसैगरी बहुजन समाजवादी पार्टीले भने सिरहा, धनुषा, महोत्तरी, सर्लाही र नवलपरासी जिल्लामा उम्मेदवारसमेत तय गरिसकेका छन् । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले बहुजन समाजवादी पार्टीले पाँच जिल्लामा मात्रै उम्मेदवारी दिने बताए । ‘निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दलहरूले आ–आफ्नो पहिचान कायम राखी एउटै चुनाव चिह्न लिएर लड्न सक्ने कानुनी व्यवस्था गरेकाले तीन दलबीच एएनसी मोडेलमा सहमति जुटाइएको हो,’ उनले भने, ‘गंगा महराजीको पार्टी बहुजन समाजवादी पार्टीले पाँच जिल्लामा उम्मेदवारी दिनेछन्, हामीले उहाँहरू (गंगा महरा) लाई पनि समेटेर जाने निर्णय गरेका छौं ।’ राष्ट्रिय जनमुक्ति पार्टीले भने दोस्रो चरणमा निर्वाचन हुने चारवटै प्रदेश (प्रदेश नम्बर १, २, ५ र ७ ) मा उम्मेदवार तयार पारेको पालुङवाले बताए । ‘हामीले त देशव्यापी रूपमा उम्मेदवारी दिँदै छाैं,’ उनले भने, ‘पूर्वदेखि पश्चिममा महाकाली नदीपारिको महाकाली नगरपालिकामा पनि हाम्रो पार्टीबाट उम्मेदवार तयार गरिएको छ ।’ उनले रूपन्देही जिल्लामा भने नेपाली कांग्रेससँग तालमेल गरी एउटै चुनाव चिह्नमा चुनाव लड्ने तयारी भएको बताए । यसका लागि दुई दलबीच सहमति गरी निर्वाचन आयोगमा निवेदनसमेत दिइएको उनले बताए । तर नेपाली कांग्रेस र बहुजन समाजवादी पार्टीसँग गरिएको सहमतिलाई भने आयोगले मान्यता दिन बाँकी रहेको उनले बताए । ‘शेरबहादुरजी र मैले हिजो मात्रै सहमति गरी आयोगमा निवेदन दिएका छौं,’ बुधबार साँझ पालुङवाले भने, ‘आयोगले निर्णय गरी अनुमति दिइसकेको छ कि छैन ? व्यस्ता भएकाले मैले बुझ्न पाएको छैन ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending