Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

देउवालाई यता पनि साँढे सात !

\"\"काठमाडौं, २९ जेठ । सरकार र पार्टी दुवै तिरबाट संकटको घेरमा मा पर्न थालेका छन्, प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा । तर, देउवाले पार्टीभित्रको असन्तुष्टि साम्य पारेर संकट टार्नका लागि नयाँ जुक्ति अपनाउन थालेका छन् । सबै सन्तुलन मिलाएर पार्टीमा आउने साँढे साती दशालाई छेक्न उपसभापति, महामन्त्री, सहमहामन्त्रीको पद संख्या बढाएर भागबण्डा मिलाउने सोचमा देउवा पुगेको थाहा भएको छ । साँघु साप्ताहिकमा खबर छ– यही योजना अनुरुप देउवाले आफ्नो पक्षमा माहोल बनाउन चातुर्यतापूर्वक पदाधिकारी, केन्द्रीय सदस्यलगायतको आश्वासन बाँड्न थालेको हुन् । देउवाले एउटै पद धेरैलाई दिने आश्वासन दिएकाले कांग्रेसभित्रको विवाद साम्य हुने सम्भावना भने कम छ । कारण कांग्रेसभित्र सशक्त रुपमा रहेका रामचन्द्र पौडेल रामशरण महतहरु मन्त्रिपरिषद् गठनदेखि नै देउवासँग आक्रोशित बनेका छन् । स्रोतका अनुसार, मनोनयन हुन बाँकी रहेको कांग्रेस उपसभापति पद देउवाले विमलेन्द्र निधि र खुमबहादुुर खड्कालाई फेरि बाँडेको चर्चा कांग्रेसमा छ । देउवाले आफ्ना खास व्यक्ति निधि र खड्कालार्य फेरि पनि उधारो आश्वासन दिए पनि दुईमध्ये एक बेखुस हुने भएकाले देउवाको यस्तो नीति उनकै लागि घातक हुने विश्लेषण छ । उता पूर्णबहादुर खड्कालाई महामन्त्री दिन्छु भनेर सहमति गरेको ८ महिनापछि प्रधानमन्त्री बन्ने बेला उनले फेरि आश्वासन दोहो¥याएर महामन्त्रीको सपना देखाएका छन् । पूर्णबहादुर खड्का महामन्त्री बन्ने कुरामा ढुक्क भएको खबर छ । कि मन्त्री कि सहमहामन्त्री भनेर देउवा समूहकै प्रकाशशरण महत, एनपी साउद र बालकृष्ण खाँणले उनलाई हैरान पारेका छन् । सहमहामन्त्री नभए मन्त्री बनाइनु पर्ने महत र साउदको माग छ । देउवाले यी ३ नेतालाई पनि अरुलाई जस्तै गरी आश्वासन बाँडेको चर्चा कांग्रेसमा छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending