Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

सशस्त्रमा डीआईजी बढुवा प्रक्रिया सुरू, को-को बन्दैछन् डीआईजी ?

\"\"काठमाडौं, २७ जेठ । सशस्त्र प्रहरी प्रधान कार्यालयले आफ्ना दुई जना नायव महानिरीक्षक (डीआईजी) ले अवकाश पाएकै दिन रिक्त पाँच डीआईजीका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । डीआईजीद्वय उत्तम खड्का र दिवाकर केसीले डीआईजीको पाँच बर्से कार्यकालका कारण अनिवार्य अवकाश पाएकै दिन सशस्त्र मुख्यालयले बिहीबार पाँच डीआईजीका लागि बढुवा प्रक्रिया अघि बढाएको हो । अाजको राजधानी दैनिकमा खबर छ– बलको प्रशासन विभागका अतिरिक्त महानिरीक्षक (एआईजी) तथा बढुवा समितिका सदस्य सचिव पुष्पराम केसीद्वारा हस्ताक्षरित सूचनामा सम्भाव्य उम्मेद्वारहरुलाई आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिसहितको मूल्याकंन फारम भरेर पेश गर्न भनिएको छ । जसका लागि तीन दिनको समय दिइएको छ । यसमा शैक्षिक योग्यतालाई विशेष प्राथमिकता दिइएको छ । एसएसपीमा वरिष्ठतामा प्राविधिक पृष्ठभूमिका इन्जिनियर प्रजाभक्त श्रेष्ठ, सञ्चारका राजु सुवाल, सञ्जयविक्रम राणा, चीरञ्जीवी अधिकारी, प्रविण श्रेष्ठ, नगेन्द्र थापा, कविन्द्रमान श्रेष्ठ अगाडि छन् । राणा, अधिकारी, थापा र कविन्द्रमान श्रेष्ठ नेपाली सेनाबाट सशस्त्रमा स्थानान्तरण भएर आएका हुन् । वरिष्ठतामा तेस्रो स्थानमा रहे पनि राणा बढुवामा पर्ने छैनन् । राणाको शैक्षिक योग्यता प्रविणता प्रमाणपत्रको मात्र रहेको छ । सशस्त्र प्रहरी नियमावली २०७२ मा तालिम, ज्येष्ठताभन्दा शैक्षिक योग्यतालाई बढी प्राथमिकता दिएका कारण राणा बढुवामा नपर्ने भएका हुन् । राणाले मध्यरातमा सूचना प्रकाशित गरेर बढुवा प्रक्रिया थालिएकोमा असन्तुष्टि व्यक्त गरे । उनले सशस्त्र प्रहरी नियमावली २०७२ नेपाली सेनाबाट आएकाको पक्षमा नरहेको भन्दै आफूहरुलाई नियोजितरुपमा पछाडि पार्ने खेल भएको बताए । सशस्त्रमा सशस्त्र प्रहरी नियमावली २०७२ विशेषगरी नेपाली सेनाबाट स्थानान्तरण भएर आएकाको हकमा प्रतिकुल भएको भन्दै संशोधन हुनुपर्ने माग लामो समयदेखि भइरहेको छ । वरिष्ठतामा एक नम्बरमा रहेका इन्जिनियर श्रेष्ठ आफ्नो जिम्मेवारीप्रति खासै गम्भीर मानिदैनन् । उनमा तुरुन्तै निर्णय लिने क्षमता पनि देखिँदैन । यूएन मिसनमा जाँदा काम गर्न नसकेर उनी बीचैमा फर्किएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending