Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

कांग्रेसबाट यसकारण छानिए श्रेष्ठ, कार्की र मन्सुर

\"\"काठमाडौं, २५ जेठ । पार्टीमा उपसभापतिका दाबेदार थिए गोपालमान श्रेष्ठ । सभापति देउवाले भने विमलेन्द्र निधिलाई उपसभापति बनाउन खोजेका थिए । निधिलाई पार्टीको जिम्मेवारी दिन सहज हुने बुझाइमा देउवाले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाएका हुन् । तर, श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायाता मन्त्रालयको जिम्मेवारी मागे पनि देउवाले उनलाई शपथको केहीअघि मात्र शिक्षा मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका थिए । आजको नयाँ पत्रिकामा खबर छ– कांग्रेसभित्र अर्थमन्त्रीमा नेता महेश आचार्यको पनि चर्चा थियो । पौडेल पक्षले मानेमा आचार्यलाई सञ्चारमन्त्री बनाउने तयारी देउवाको रहेको स्रोतको भनाइ छ । देउवाले राजनीतिशास्त्रमा स्नातकोत्तर ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थमन्त्री बनाएका छन् । उनी पार्टी महामन्त्रीको दाबेदार थिए । उनले अर्थमन्त्रीभन्दा महामन्त्री नै बनाउन अन्तिमसम्म पनि देउवालाई दबाब दिएको स्रोतको भनाइ छ । पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउन सहजताका लागि देउवाले कार्कीलाई सरकारमा लगेको कांग्रेस नेताहरूको दाबी छ । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुर १३औँ महाधिवेशनमा देउवाको पक्षमा लागेका थिए । मुस्लिम समुदाय र तराईबाट प्रतिनिधित्व गर्ने उनलाई मन्त्री बनाउँदा विवाद नहुने र क्षेत्रीय सन्तुलन पनि हुने विश्वास देउवाको छ । खाडी मुलुकमा लाखौँ नेपाली रोजगारीमा गएकाले मुस्लिम नेता नै मन्त्री बन्दा कामदारको हितमा काम गर्न सहज हुने बुझाइ पनि देउवाको छ । पार्टीमा उपसभापतिका दाबेदार थिए मन्त्रालय किटान गरेपछि मात्र पौडेल पक्षले नाम दिने प्रधानमन्त्री देउवाले शपथ कार्यक्रमअघि नै नेता रामचन्द्र पौडेल पक्षसँग मन्त्रीका लागि नाम मागेका थिए । आवश्यक सल्लाह नगरेको भन्दै पौडेल पक्षले नाम नपठाउने र शपथमा भाग नलिने चेतावनी दिएको थियो । मन्त्रालय नतोकी नाम मागेको भन्दै पौडेल पक्षले सोमबार र मंगलबार भेला गरेर नाम नपठाउने निर्णय गरेको थियो । देउवाले गलत सन्देश जाने भन्दै नाम नपठाए पनि शपथमा आउन आग्रह गरेका थिए । देउवाको आग्रहपछि नेता पौडेल र महामन्त्री डा. शशांक कोइराला शपथ समारोहमा पुगेको स्रोतले बतायो । ‘छलफल भएन भनेर साथीहरूमा असन्तुष्टि देखिएको हो । अब सभापतिले मिलाउँछु भन्नुभएको छ,’ कोइरालाले भने, ‘मन्त्रालय तोकेर बोलाएपछि हामी बिहीबार नै तीन मन्त्री पठाउँछौँ ।’ भीमसेनदासलाई विनाविभागीय बनाउन खोज्दा मानेनन् सिटौलाले नेता कृष्णप्रसाद सिटौला पक्षले भीमसेनदास प्रधानलाई शिक्षा मन्त्रालय दिन देउवालाई आग्रह गरेको थियो । तर, देउवाले तत्काल मन्त्रालय नतोकी विनाविभागीयमा बस्न भनेपछि सिटौला पक्ष असन्तुष्ट भएको छ । देउवाको भनाइपछि सिटौला पक्षले तत्काल नजाने निर्णय लिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending