Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

बधाई दिन आएका ओलीको हात जब देउवाले उठाए

\"\"काठमाडौं, २५ जेठ । दुई मिनेट ढिलो शपथ साइत हेराएर एक बजेर ५७ मिनेटमा प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको थियो । तर, दुई मिनेटपछि मात्र शपथको कार्यक्रम सुरु भयो । देउवाले शपथ लिँदा भने दुई बजेर एक मिनेट गइसकेको थियो । आजको नयाँ पत्रिकामा खबर छ– हडबडमा देउवा, माइकले काम गरेन शपथग्रहण गर्न उभिएपछि देउवा हडबडाएका थिए । बारम्बार चस्मा मिलाउने, दौराको फेरो मिलाउने, नाक सुम्सुम्याउने गरेका थिए । शपथका क्रममा पनि राष्ट्रपतिले भनेकोभन्दा पटक–पटक एक लाइन अगाडि पढेका थिए । राष्ट्रपतिले संकेत गरेपछि सच्याउँदै राष्ट्रपतिले भनेको लाइन पुनः दोहोर्याएका थिए । शपथका वेला वाइरलेस माइकले काम नगर्दा पुनः अर्को माइक ल्याएर शपथ सुरु गरिएको थियो । बधाई दिन आएका ओलीको हात जब देउवाले उठाए संसद्मा मंगलबार सभामुखले देउवा निर्वाचित भएको सूचना घोषणा गर्नु तीन मिनेटअघि नै बाहिरिएका एमाले अध्यक्ष केपी ओली बुधबार शपथग्रहण कार्यक्रममा ढिलो गरी पुगेका थिए । देउवाले शपथ लिएपछि ओलीले हात मिलाएर बधाई दिए । हात मिलाउने क्रममा देउवाले ओलीको हात समाएरै उठाए । एकैछिनपछि ओलीले बधाईका लागि आफूपछिका नेतालाई पालो दिएका थिए । आरजुको नमस्कार प्रधानमन्त्रीपत्नी एवं कांग्रेस सांसद आरजु देउवाले पनि लाइन लागेरै बधाई दिइन् । अरूले जस्तै हाँस्दै आरजुले देउवालाई नमस्कारसहित बधाई दिएकी थिइन् । बधाई दिनेको ओइरो शीतलनिवासमा शपथ लिएलगत्तै प्रधानमन्त्री देउवालाई बधाई दिनेको ओइरो थियो । प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीको शपथ सकिएपछि पूर्वप्रधानमन्त्री, मन्त्री, कूटनीतिक नियोगका प्रतिनिधि, दलका नेता, कर्मचारी, सुरक्षा निकायका प्रमुख, शुभेच्छुकले देउवालाई बधाई दिएका थिए । लाइन लागेकाले बधाई दिँदा झन्डै २० मिनेट लागेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending