Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

पारस खड्कासहितका खेलाडी र सशस्त्र प्रहरीबीचको सम्झाैता रद्द

\"\"काठमाडौं, २२ जेठ । तलब दिन नसकेपछि सशस्त्र प्रहरी बलले ५० खेलाडी तथा प्रशिक्षकको करार सम्झौता रद्द गरेको छ । खेलकुद कोष रित्तिएपछि वैशाखदेखि नै सशस्त्र प्रहरीले सबै करार खेलाडी र प्रशिक्षकको सम्झौता रद्द गरेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– आर्थिक स्रोतको समस्या भएकै कारण करार सम्झौता नवीकरण हुन नसकेको सशस्त्र प्रहरीका प्रवक्ता डिआइजी दिवाकर केसीले बताए । प्रायोजक नपाएको र अन्य स्रोत पनि नभएपछि तलब दिन नसकिएको उनको भनाइ छ । सशस्त्रले क्रिकेटर पारस खड्कासहित देशका चर्चित खेलाडीलाई मासिक तलब दिएर आफ्नो विभागीय क्लबमा अनुबन्धित गरेको थियो । कल्याण कोषको रकम चलाउन नपाएपछि सम्झौता रद्द स्रोतका अनुसार विगतमा कल्याण कोषबाट सशस्त्र प्रहरीले खेलाडीलाई आकर्षक तलब खुवाउँदै आएको थियो । तर, कल्याण कोषको खर्चमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायबाट नियमन हुन थालेपछि सशस्त्रले कोषबाट बजेट मिलाउन नसकेको हो । सोही कारण खेलाडीको सम्झौता नै रद्द गर्न परेको स्रोतले जनाएको छ । मासिक तलब नै दिएर खेलाडीलाई अनुबन्धित गरेपछि सशस्त्रको खेलकुद टिम बलियो भएको थियो । पुरुष र महिलाका क्रिकेट र फुटबल टिममा चर्चित खेलाडीलाई सशस्त्रले अनुबन्धित गरेको थियो । सम्झौता रद्द भएपछि टिम कमजोर हुने सशस्त्रको चिन्ता छ । क–कसको सम्झौता रद्द भयो ? सुशीलनरसिंह राणा, दीपक श्रेष्ठ, प्रकाश थपलिया, विश्व श्रेष्ठ, रमेश डंगोल, अञ्जन विष्ट, राजु योगी, मनमाया लिम्बू, अञ्जली योञ्जन, पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, सुवास खकुरेल, पुथु बा“स्कोटा, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, सन्दीप सुनार, सन्दीप जोरा, अनिल शाह, अभिषेक बोहरा, निरा राजोपाध्याय, ऋतु कनौजिया, सोनु खड्का, इन्दु बर्मा, ममता चौधरी, पुष्पा भण्डारी, सरस्वती चौधरी, शिक्षा श्रेष्ठ, विजय थापा, जयन्त अवस्थी, टेकराज अवस्थी, चन्दन शाही, शिवसुन्दर गोथे, सरु लिम्बू, रेखा पौडेल, सुशीलासिंह ठकुरी, मुकुन्द महर्जन, अमरलाल मल्ल, रूपक नेपाली, विनिता राई, युवराज थापा, सुस्मिता तामाङलगायत । सम्झौता रद्द भए पनि सशस्त्रबाटै खेल्दै करार सम्झौता रद्द भए पनि खेलाडीले सशस्त्र प्रहरीकै टिमबाट खेलिरहेको प्रवक्ता केसीले बताए । आर्थिक स्रोत जुटेमा उनीहरूलाई फेरि करार सम्झौता गरिने उनको भनाइ छ । करार सम्झौता रद्द भएसँगै पुरस्कार रकमबाट खेलकुद कोषमा पैसा नकाटिने भएको छ । यसअघि पुरस्कारको ३० प्रतिशत खेलकुद कोषमा पैसा कटौती हुने गरेको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending