Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

होला त आज प्रधानमन्त्री चुनाव ? अवरोध कायम रहे के हुन्छ?

\"\"काठमाडौं, २१ जेठ । प्रधानमन्त्रीमा उम्मेदवारी दिएका देउवाको प्रस्तावकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड छन् । जाँदै गरेका प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्रीको प्रस्तावक भएको नेपालको इतिहासमै पहिलोपटक हो । अाजको नयाँ पत्रिकामा खबर छ– त्यस्तै, कांग्रेस नेता रामचन्द्र पौडेल, लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार, संघीय समाजवादीका अध्यक्ष प्रेमबहादुर सिंह, अखण्ड नेपालका कुमार खड्का र नेकपा संयुक्तका जयदेव जोशीले समर्थन गरेका छन् । राष्ट्रिय जनता पार्टी पनि सकारात्मक उम्मेदवारी दर्ता गराएलगत्तै देउवाले राजपाका नेतासँग छलफल गरेका छन् । प्रधानमन्त्रीमा सहयोग गर्न देउवाले गरेको आग्रहमा राजपाका नेताहरूले सकारात्मक जवाफ दिएका छन् । आइतबार बिहान बैठक बसेर मात्र निर्णय दिन सक्ने उनीहरूले बताएका छन् । सहयोगका लागि देउवाको पत्राचार प्रधानमन्त्रीमा उम्मेदवारी दिएका कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा प्रतिनिधित्व गर्ने सबै दललाई सहयोगका लागि पत्राचार गरेका छन् । पत्रमा सहमतिमा संविधान संशोधन, संविधान कार्यान्वयन र दोस्रो चरणको निर्वाचन, प्रदेश र केन्द्रीय संसद्को निर्वाचनका लागि समेत मिलेर जान प्रस्ताव गरिएको छ । देउवा एक्ला उम्मेदवार पक्षमा ३११ : कांग्रेस २०७, माओवादी ८२, फोरम लोकतान्त्रिक (संसद्मै रहेका साना दलसँगको पार्टी एकीकरणपछि) १७, नेकपा संयुक्त ३, समाजवादी जनता पार्टी १, अखण्ड नेपाल पार्टी १ विपक्षमा १९८ : एमाले १८१, माले ५, नेमकिपा ४, जनमोर्चा ३, परिवार दल २, बहुजन शक्ति १, बौद्धिक जनपरिषद् नेपाल १, मधेस समता पार्टी नेपाल १ नखुलेका ८४ : राप्रपा ३७, संघीय समाजवादी १५, तमलोपा ११, सद्भावना ६, तमसपा ३, रामसपा ३, संघीय लोकतान्त्रिक मञ्च (थरुहट) १, जनता दल १, फोरम गणतान्त्रिक १, नेपाल सद्भावना पार्टी १, खम्बुवान १, जनमुक्ति पार्टी १, जनजागरण पार्टी १, थरुहट लोकतान्त्रिक १, स्वतन्त्र (चन्द्रेश्वर झा) १ एमालेले संसद्को अवरोध कायमै राख्ने एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भाग नलिई संसद्को अवरोध कायमै राख्ने निर्णय गरेको छ । संसद् अवरुद्ध भएका वेला सभामुखले संसदीय प्रक्रिया र अभ्यासविपरीत संसद्बाहिरबाट प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउन खोजेको आरोप एमालेको छ । ‘हामीलाई निर्वाचन प्रक्रियाबारे कुनै जानकारी छैन, त्यसैले उम्मेदवारी दिने प्रश्नै रहेन,’ शनिबार संसदीय दलको कार्यालयमा अध्यक्ष केपी ओलीले भने, ‘आइतबार पनि संसद् अवरोध हुन्छ ।’ राष्ट्रपतिले बहुमतीय प्रक्रिया अघि बढाउन आह्वान गरेको पत्र संसद्मा जानकारी नगराई बाहिरबाट प्रक्रिया सुरु गरिएकोमा एमालेकोे आपत्ति छ । प्रक्रिया अघि बढाउन पहिले संसद् खुल्नुपर्ने उसको अडान छ । अवरोध कायम रहे के हुन्छ ? -एमालेले संसद्को अवरोध जारी राख्ने निर्णय गरेको छ । यस्तो अवस्थामा आइतबारका लागि तोकिएको प्रधानमन्त्री निर्वाचन अन्योलमा छ । -संविधान तथा नियमावलीका आधारमा सभामुख ओनसरी घर्तीलाई संसद्को प्रक्रिया अगाडि बढाउने अधिकार छ । बैठकको विषयमा सभामुख आफैँले निर्णय लिन सक्नेछिन् । -संसद्का कानुनी सल्लाहकार अर्जुनकुमार खड्काले विपक्षीहरूले संसद् चल्नै निदई अवरोध पु¥याएमा सभामुखले बैठक सञ्चालनमा के गर्ने भन्ने उपयुक्त निर्णय लिन सक्ने बताए । -विपक्षीको अवरोधबीच सभामुखले प्रक्रिया अगाडि बढाउन पनि सक्छिन् । तर, यसो गर्दा अप्रिय घटनासमेत हुने सम्भावना रहन्छ । ‘यस्तो अवस्था आउन दिने पक्षमा सभामुख छैनन्,’ स्रोतले भन्यो, ‘सकभर एमालेलाई सहमतिमा ल्याएरै संसद् चलाउने सोचमा सभामुख हुनुहुन्छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending