Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

एमालेका २० नेता कारबाहीमा

\"\"काठमाडौं, १९ जेठ । नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हितविपरीत कार्य गरेको भन्दै २० जना नेतालाई कारबाही गरेको छ । बिहीबार पत्रकार सम्मेलन गरी कारबाही गरिएको जानकारी दिएको हो । एमाले सल्यानले पूर्व जिविस सभापति तथा एमालेका प्रदेश सदस्यद्वय उदयबहादुर बोहरा, शान्ता हमाल, सहरी विकास विभाग सदस्य इन्द्रकुमार शर्मा र विज्ञान प्रविधि विभाग सदस्य यौवन प्रकाश श्रेष्ठलाई साधारण सदस्यता नरहने गरी पार्टी केन्द्रीय कार्यालय र अनुशासन विभागमा कारबाहीका लागि सिफारिस गरेको छ । अाजको राजधानी दैनिकमा खबर छ– यस्तै एमाले सल्यानका लेखा समितिका संयोजक सन्तोष राई, जगत न्यौपाने शारदा नगरपालिकाका प्रमुखका बागी उम्मेदवार, शारदा नगरपालिकामा उपप्रमुखका बागी उम्मेदवार सुशीला गिरी, बागचौर नगरपालिका–१० का बागी उम्मेदवार ज्ञान प्रकाश शर्मा, बनगाड कुपिण्डे नगरपालिकाका बागी उम्मेदवार काले सार्की, शारदा नगरपालिकाका बागी वडा अध्यक्ष उम्मेदवार मोहनलाल कुँवर र बनगाड कुपिण्डे नगरपालिकाका जीवनसिंह ठकुरीलाई साधारण सदस्यता नरहने गरी कारबाही गरिएको एमाले जिल्ला अध्यक्ष गोविन्दबहादुर पुनले बताए । यसैगरी पूर्वजिल्ला कमिटी सदस्य भीमसेन नेपाली, भोला प्रकाश केसी जिल्ला कमीटी सदस्य गिर्दल बोहरा, टीकाराम बोहरा, दामोदर शर्मा, रिमबहादुर बुढाथोकी, धनबहादुर पुन र गणेश बिसीलाई निर्वाचनमा पार्टीमा सहयोग नगरेकाले स्पष्टीकरण सोध्ने निर्णय भएको अध्यक्ष पुनले बताए । जितेकालाई पनि स्पष्टीकरण नेकपा एमाले सल्यानले स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा अध्यक्षलाई समेत स्पष्टीकरण सोध्ने भएको छ । शारदा नगरपालिका–३ बाट वडा अध्यक्षमा निर्वाचित टोपबहादुर थापालाई स्पष्टीकरण सोधिने पार्टी अध्यक्ष पुनले बताए । पार्टी नीति विधिविपरीत गएर आफूले मात्र जितेको भन्दै स्पष्टीकरण सोधिने भएको हो । वडा नं. ३ मा वडा अध्यक्ष मात्र एमालेले जितेको थियो भने बाँकी सदस्यमा राप्रपा र नेपाली कांग्रेसले जितेका थिए । अध्यक्ष पुनका अनुसार निर्वाचनमा पार्टी हितविपरीत काम गरेकाले स्पष्टीकरण लिने र चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी दिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending