Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नेपाली अपहरण गर्न खोज्ने भारतीय डीएसपीसहितको टोली पक्राउ

\"\"काठमाडौं, १९ जेठ । बुधबार मध्यरातमा एक नेपालीलाई बन्धक बनाई लैजाँदै गरेको अवस्थामा भारतीय प्रहरीलाई पक्राउ गरिएको छ । दिपायल–सिलगढी नगरपालिका–८ लडागडाका लालबहादुर आउजीलाई घरबाटै बन्धक बनाएर लैजाने क्रममा भारतीय प्रहरीका डिएसपी नागराजको नेतृत्वमा आएको सातजनाको टोली पक्राउ परेको हो । आजको कान्तिपुरमा खबर छ– उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोटीमा राखिएको छ । बन्धक बनाइएका आउजीलाई पनि प्रहरी कार्यालयमा छुट्टै हिरासतमा राखिएको छ । प्रहरीले घटनाबारे पत्रकारलाई कुनै सूचना दिएको छैन । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक डिल्लीराज बिष्टले घटनाबारे जानकारी दिन नमिल्ने बताएका छन् । प्रहरीले घटनामा संलग्न गाडी त्रिपालले छोपेर राखेका छन् । पत्रकारहरुलाई फोटो खिच्न पनि दिइएको छैन । डोटीमै घर भएका दुई नेपालीहरुको सहयोगमा उनीहरु धनगढीस्थित पीएस टुर्स एण्ड ट्राभल्सबाट गाडी रिजर्भ गरी डोटी आएका थिए । पिएस टुर्स एण्ड ट्राभल्सका संचालक पदम सिंहले भने, ‘दुईजना नेपाली थिए, बाँकी ५ भारतीय थिए । उनीहरुले डोटीको शैलेश्वरी जाने भनेपछि गाडी मिलाइदिएको हुँ ।\' पक्राउ गरिएका आउजीका छिमेकीका अनुसार राति करिव २ बजे भारतमा मजदूरी गर्दै आएका लडागडाकै प्रसाद कार्कीलाई उतैबाट समातेर लालबहादुर आउजीको घर देखाउन लगाएका थिए । भारतीय प्रहरीले लालबहादुरलाई घरमा सुतीरहेको अवस्थामा पक्राउ गरेका हुन् । प्रसादले मध्यरातमा ढोका खोल्न भनेपछि लालबहादुरकी श्रीमतिले ढोका खोलेकी थिइन् । एक्कासी भारतीय प्रहरी घरभित्र पसेर कुटपीट गर्नुका साथ जबरजस्ती गाडीमा बन्धक बनाएर ल्याएका थिए ।’ घटना लगत्तै स्थानीयले लडागडा प्रहरी कार्यालयलाई जानकारी गराएका थिए । लडागडा प्रहरी कार्यालयले गाडी समात्न नसकेपछि जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएका थिए । प्रहरी कार्यालयले कार्यालय बन्धक बनाइएका आउजीसहितलाई पक्राउ गरेको थियो । लालबहादुर आउजी चार महिना अघि भारतबाट चोरी गरेर नेपाल आएको स्रोतले बताएको छ । लालबहादुरका आफन्तका अनुसार उनलाई हिरासतमा राखिएको छ र कसैलाई भेट्न दिइएको छैन । लालबहादुरका आफन्तले अवैध रुपमा आएका भारतीय प्रहरीलाई नेपाल प्रहरीले प्रहरी प्रमुखको कक्षमा राखेको छ भने लालबहादुरलाई थुनामा राखेको आरोप लगाएका छन् । घटना बारे जिल्ला प्रशासन कार्यालय डोटी पनि बेखबर छ । जिल्ला सुरक्षा समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी एक कार्यक्रमका लागि कार्यालय बाहिर छन् । कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछानेले आफूलाई यस बारेमा कुनै जानकारी नभएको बताए । नेपालको सीमाभित्र भारतीय आएर राति दुई बजे अपहरण गर्ने हिम्मत गर्नु सामान्य कुरा नभएको स्थानीय कानून व्यवसायीको बुझाइ छ । उनी भन्छन्, ‘यस घटनाले नेपालको सुरक्षा अवस्था प्रष्ट देखियो, नेपाल प्रहरीको सक्षमतामाथि पनि प्रश्न उठेको छ ।’ यसअघि २०७३ साल बैशाख १२ गते डोटी र अछामको सिमानामा पर्ने चौखुट्टे क्षेत्रबाट पाँच भारतीय नागरिकहरु अवैध हतियारसहित पक्राउ परेका थिए । समातिएकाहरुलाई नेपाल प्रहरीका उच्च पदस्थ कर्मचारीहरुले भारतसमक्ष बुझाएका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending