Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रचण्डले पार्टी हारेर पनि देशलाई जिताएँ भन्दा देउवाले ओठ टाेकेपछि...

\"\"काठमाडौं, १४ जेठ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थापिका संसदलाई सम्बोधन गरेर आफ्नो पार्टीको भविष्य भन्दा पनि देशको भविष्यतिर ध्यान दिएर चुनाव गराएको बताएका छन् । आइतवार संसदमा सम्बोधन गर्दै भावुक मुद्रामा प्रचण्डले भने ‘मैले आफ्नो पार्टीको अबस्था बुझ्दा बुझ्दै पनि देशलाई अन्यौलतिर धकेल्न चाहिन ।’ ‘माओवादी पार्टी हारेर पनि देशलाई जिताएँ । मेरो पार्टीको स्थितितिर ध्यान दिइन् । पार्टीको भविष्य भन्दा पनि देश स्थितितिर ध्यान गयो । मेरो ध्यान इतिहासतिर निर्माण गर्नतिर लागें । मैले आफै जित्न बल गरिन्’ प्रचण्डले भने । उनले भने यदि मैले नचाहेको भए चुनाव नगराउन पनि सक्थें तर देशकाे स्थिति देखेर चुनाव गराएको बताए । प्रचण्डले यस्तो सम्बोधन गरिरहँदा नेपाली कांग्रेस सभापति तथा भावि प्रधानमन्त्रीको रुपमा हेरिएका शेरबहादुर देउवाले भने ओठ टोके । उनको बानी त्यस्तै थियो वा प्रचण्डको सम्बोधनलाई देखेर ओठ टोके हुन उनै देउवाले जानुन् । \"\" प्रचण्डले सम्बोधन गर्दै दोस्रो संविधानसभालाई पनि सम्झिए । उनले भने ‘अहिलेको स्थानीय तहको जस्तै दोस्रो संविधानसभा चुनावमा पराजय हुन्छ भन्ने थाहा हुँदाहुँदै चुनाव गराएरै छाड्यौं ।’ ‘आज म अफिसमा बसिरहँदा एक जना एमालेका सांसदले धन्यवाद पनि दिनुभयो विरोध पनि गर्दै जानु भयो । राम्रो काम गरेको ठानेको भए धन्यवाद हो धन्यवाद नै दिनुपर्र्यो नत्र विरोध गर्ने हो विरोध गर्नुपर्र्यो’ प्रचण्डले भने । त्यस्तै अहिलेको सरकार काम चलाउ भएपनि काम चलाउ जस्तो नभएको बताए । उनले भने ‘मैले बहुमत गुमाएको छैन्, अविश्वास प्रस्ताव पनि आएको छैन् अनि जनताले मलाई नरुचाएका पनि होईन्, अब भन्नुस् म कसरी काम चलाउ भएँ ।’ जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको प्रसंग कोट्याउँदै प्रचण्डले भने ‘निर्वाचन जसरी पनि हुन्छ ।’ कुनै अन्यौल छैन् स्पष्ट हुन्छ चुनाव, देशी विदेशी शक्तिले नचाहे पनि निर्वाचन हुन्छ नै । कोहिले पनि रोक्न सक्दैन् ।’

aplly description here...

नेकपाको सात वटै प्रदेश कमिटीमा को–को परे ? (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले प्रदेश सदस्यहरुको नामावली टुंङग्याएको छ । नेकपाले मंसिर १२ गते नै कमिटीलाई पूर्णता दिएको दाबी गरेको छ ।...

मध्यभोटेकोशी फेरि २ बर्ष धकेलिँदै, २ अर्ब लागत बढ्ने (भिडियो)

सिन्धुपाल्चोक । १०२ मेगावाटको निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजना तोकिएको समयमै नसकिने भएको छ । सिन्धुपाल्चोकको चाकुमा निर्माणधिन भोटेकोशी आयोजना...

८२ बर्षिय वृद्धः जसको एउटा रोग नुहाएर निको भएपछि अर्को रोग निको पार्न तातोपानीमा (भिडियो)

सिन्धुपाल्चोक । नुवाकोटका ८२ बर्षिय यदुकुमार अधिकारी ४० बर्षदेखि कम्मर दुख्ने रोगबाट मुक्त छन् । सानै उमेरदेखि कम्मर दुख्ने रोग भएपछि उनले डाक्टरदेखि ...

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्...

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने...

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन गरेको छ । जसमा प्रदेश इन्चार्ज, अध्यक्ष र सचिव पद...

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा)सँग एकता...

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग सहमति गरेसँगै प्रदेश नम्बर २ को सरकारमा के हु...

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्...

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी नगरपालिका–७)मा जन्मिएका हुन उनी अर्थात ‘शरद’ ...

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता दिने बिषयमा छलफल भएको थियो । तर उपेन्द्र यादव नेतृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending