Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

प्रचण्डले भने– मानव अधिकार ठूलाबडा र शिक्षितहरुको मात्र होईन् (सम्बोधनको पूर्णपाठ)

\"\"काठमाडौं, १३ जेठ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार ठूलाबडा र शिक्षितको मात्र नभएको बताएका छन् । शनिवार राष्ट्रिय मानव अधिकार आयोगको १७ औं वार्षिकोत्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मानव अधिकार ठूलाबडा र शिक्षित मात्र नभएर दूरदराजमा बस्ने गरिब, असहाय, वृद्ध, अपाङ्ग, अशक्त, बालबालिका, सीमान्तकृत समुदायको पनिभएके बताएका हुन् । राष्ट्रिय मानव अधिकार आयोगको १७ औँ वार्षिकोत्सवमा प्रधानमन्त्री ‘प्रचण्ड’को शुभकामना मन्तव्य कार्यक्रमका अध्यक्ष एवं राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष ज्यू, सम्माननीय सभामुखज्यू, माननीय उपप्रधानमन्त्रिज्यूहरु, माननीयमन्त्रीज्यूहरु, राष्ट्रिय मानवअधिकार आयोगका माननीय सदस्यज्यूहरु, नेपाल सरकारका सचिवहरु, नागरिक समाजका प्रतिनिधिहरु एवं मानव अधिकारकर्मीहरु, पत्रकार मित्रहरु तथा सम्पूर्ण सहभागीज्यूहरु राष्ट्रिय मानव अधिकार आयोगको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा निमन्त्रणा गरी आफ्नो भनाइ राख्ने अवसर दिनु भएकोमा राष्ट्रिय मानव अधिकार आयोग परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु । मानव अधिकारको सम्मान र संरक्षण गरी मानब अधिकार संस्कृतिको विकास गर्नमा आयोगले आफ्नो स्थापना कालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेको तथ्यलाई म विशेष रुपले स्मरण गर्न चाहन्छु । मानव अधिकारप्रतिको आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नको लागि नेपाल सरकारलाई योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने चरणमा समेत आयोगले पु¥याउँदै आइरहेको सहयोगप्रति म आभार प्रकट गर्दछु । आज हामी नेपालको संबिधान कार्यान्यन गर्ने क्रममा जुटिरहेको स्थितिमा हालै सम्पन्न भएको स्थानीय तहको प्रथम चरणको निर्वाचनले मुलुकको शासन प्रणालीमा सहभागी भई आफ्नो भाग्य आफै निर्माण गर्नको लागि नेपाली जनतालाई सक्षम तुल्याएको छ । मानव अधिकारको प्रत्याभूतिको लागि यसले विशेष पूर्वाधार र वातावरण निर्माण गर्दछ । संविधान बमोजिम सम्पन्न गर्नुपर्ने तीनै तहको निवार्चन भइसकेपछि हामीलाई विकास, समृद्दि र न्यायको मार्गलाई फराकिलो पार्दै अघि बढ्ने आधारभूमि प्राप्त हुनेछ । यस क्रममा मूलतः वर्षौदेखि उत्पीडन, शोषण र चरम विभेद भोग्दै आइरहेका सीमान्तकृत, महिला, दलित, आदिबासी, मधेशी लगायतका वर्गलाई शक्ति, सत्ता र स्रोतको केन्द्रमा ल्याई मुलुकप्रतिको स्वामित्व र अपनत्व कायम गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउने अभियानमा हामी सबै लाग्नुपर्ने भएको छ । मानव अधिकार सबैको लागि हो । तर, विशेष रुपले आवाजविहिन र सीमान्तीकृतहरुको लागि मानव अधिकारको मुद्दाले खास अर्थ राख्दछ । अब हाम्रो मुख्य ध्यान यसै दिशामा केन्द्रित हुनुपर्छ । राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततालाई कतैबाट आँच आउन नदिन सरकार सदैव प्रतिवद्ध रहेको जानकारी गराउन चाहन्छु । सरकारले आयोगलाई भौतिक, साधन र आवश्यक पर्ने वजेट बिनियोजन गर्दै आएको छ । प्रत्येक वर्ष आयोगले माग गरी आएकै अनुपातमा नेपाल सरकारले राष्ट्रिय मानव अधिकार आयोगलाई बजेट उपल्बध गराउँदै आएको छ । आयोगलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न नेपाल सरकार तयार रहेको म यहाँ जानकारी गराउन चाहन्छु । आयोगले भूकम्पपश्चात् आफनो भवन नभएको कठिन अवस्थामा पनि प्रभावकारी रुपमा कार्य सञ्चालन गर्दै आएको छ । यसको भवन तत्काल प्राथमिकताका साथ निर्माण गर्न नेपाल सरकारले प्राथमिकता दिएको छ । नेपाल सरकारको मानव अधिकार र संक्रमणकालिन न्यायको प्रतिवद्धता र द्धन्दकालीन घटनालाई शान्ति, मेलमिलापमार्फत् सम्बोधन गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएको व्यक्तिहरुको छानविन आयोग गठन भई काम गरी आएका छन् । नेपाल सरकार राष्ट्रिय मानव अधिकार आयोग र यी अन्य दुवै आयोगको सिफारिसहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहेको छ । राष्ट्रिय मानव अधिकार आयोगले गरेका सिफारिसहरु नेपाल सरकारले कार्यान्वयनमा प्राथमिकता दिएको र प्रत्येक वर्ष नेपाल सरकारले क्षतिपूर्ति, राहत र भरणपोषणमा बजेट बृद्धि गरेको, आरोपित व्यक्तिलाई विभागीय कारवाही गरिएको जनकारी समय समयमा नेपाल सरकारले आयोगलाई प्रेषित गरिरहेको छ । लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेका छन् । मानव अधिकारबाहेक लोकतन्त्र सुनिश्चित नहुने र कानूनी शासनबाट मात्र लोकतन्त्र सुदृढ भई मानव अधिकार बलियो हुने हुनाले हामी सबैले सामूहिक रुपमा लोकतन्त्र, मानव अधिकार र कानूनको शासनको पक्षमा काम गर्न आव्हान गर्दछ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनबाट संविधानको कार्यान्वयनमा मद्धत पुगेको छ । राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह चुनावको पर्यवेक्षण र अनुगमन गरी प्राप्त सुझावबाट नेपाल सरकारलाई मानव अधिकार संरक्षण गर्न थप मद्धत मिलेको छ । आयोगले गरेको निरन्तर अनुगमनको म प्रशंसा गर्न चाहन्छु । अन्त्यमा, मानव अधिकार ठूलाबडा र शिक्षितको मात्र होइन, यो दूरदराजमा बस्ने गरिब, असहाय, वृद्ध, अपाङ्ग, अशक्त, बालबालिका, सीमान्तकृत समुदायको पनि हो । तसर्थ, आयोगले नागरिक तथा राजनीतिक अधिकारसँगै सीमान्तकृत वर्गका मानव अधिकार सम्वर्धन र संरक्षणमा थप योगदान पु¥याउने छ भन्ने विश्वास व्यक्त गर्दै आयोगको १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोगका माननीय अध्यक्षलगायत सबैलाई शुभकामना दिन चाहन्छु, धन्यवाद । १३ जेठ, २०७४
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE