Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

सुमार्गीको रकम फुक्का गर्न कसरत

\"\"काठमाडौं, १३ जेठ । चार वर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रुपैयाँ निकासा गर्न कसरत सुरु भएको छ ।सुमार्गीले \'प्रचण्ड सरकार आएदेखि नै उक्त पैसा निकासा गर्न कसरत गर्दै आएका थिए । अहिले प्रचण्ड सरकार बाहिरिएपछि उनले उक्त रकम निकासा गर्न धेरै कसरत गरे र यस विषयमा मन्त्रिपरिषद्, अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग पनि पटक-पटक छलफल भयो । तर, राष्ट्र बैंकले रोकेर राखेको रकम निकासा गर्न भने सरकारले सकेन । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– सुमार्गीले विदेशी कम्पनीबाट नेपालमा लगानी गर्न भनी ११ अर्ब रुपैयाँ नेपाल भित्र्याएका थिए । उक्त रकममध्ये ८ अर्ब रुपैयाँ पहिला नै निकासा भइसकेको छ । सुमार्गीले बेलाबेला साइप्रसी कम्पनी एयरवेल तथा ब्रिटिस भर्जिन आइल्यान्डको जोधार कम्पनीबाट रकम ल्याउने गरेका थिए । सुमार्गीले विभिन्न कम्पनीमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएका हुन् । रकम निकासा गर्न आवश्यक कागजात जुटाउन नसक्दा डा. युवराज खतिवडा गभर्नर भएका बेलादेखि उक्त रकम निकासा रोकिएको हो । प्रचण्ड सरकार सत्ताबाट बाहिरिँदै गर्दा अजय सुमार्गीको रोक्का रहेको रकम निकासा गर्न जेठ ४ गते गोप्य निर्णय गरी बाटो खोलिदिएको स्रोतको दाबी छ । यो निर्णयको औपचारिक पुष्टि भने हुन सकेको छैन । अजय सुमार्गीको रोक्का रकम निकासाका सम्बन्धमा सरकारबाट नेपाल राष्ट्र बैंकमा शुक्रबारसम्म कुनै आधिकारिक पत्र नआएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पाण्डेले बताए । सरकारले निर्णय गरेको भए अहिलेसम्म पत्र आउनुपर्ने उनको भनाइ छ । राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी रकम निकासा गर्न निर्देशन दिन सक्छ । तर, रकम निकासाका लागि आवश्यक पर्ने विभिन्न कागजात बुझाउनुपर्ने हुन्छ । \'राष्ट्र बैंकले अजय सुमार्गीले ल्याएको रकम निकासा गर्न नदिने भनेर रोकेको हैन\', उनले भने, \'यति ठूलो रकम निकासाका लागि आवश्यक कागजात ल्याऊ मात्रै भनेको हो । रकम निकासाका लागि आवश्यक कागजात जुटाउन नसक्दा रकम त्यतिकै बैंकमा रोकिएको हो ।\' २०७० सालदेखि नेपाल सरकारको कुनै निकायबाट उक्त रकम नेपाल भित्र्याउन पूर्वसहमति नलिएका कारण स्रोत नखुलेको धनका रूपमा राष्ट्र बैंकले उक्त रकम निकासामा रोक लगाएको हो । अजय सुमार्गीले मुक्ति श्री सिमेन्ट उद्योगमा लगानी गर्न उक्त रकम नेपाल भित्र्याएका हुन् । ठूलो रकम एकाएक बैंकमा आएपछि रकम ल्याउनुको आधार उल्लेख गर्न सकेका थिएनन् । साथै नेपाल स्याटेलाइट टेलिकम प्रालिले उद्योगका लागि साइप्रसस्थित एअरवेज सर्भिसेजबाट ६५ मिलियन डलर ऋण लिन अनुमति मागियो । उद्योगको कुल पुँजीभन्दा ऋण बढी देखिएपछि किन भनेर सोध्दा अजय सुमार्गीले त्यस पत्राचारको पनि स्पष्ट पार्न सकेनन् अर्थात पुँजीको स्रोत खुल्न सकेन । ११ अर्ब कालो धनका मालिक अजयराज पराजुली (सुमार्गी) २ अर्ब कर छलीमा छानबिनको घेराउमा फसेका छन् । नवअर्बपति माओवादी नेता एवं पूर्व बोरा व्यापारी हुन् । सुमार्गीले नेपालमा कम्पनी खोलेर रातारात कालोधन नेपाल भित्र्याएका हुन् । प्रचण्ड प्रधानमन्त्री भएपछि रकम निकास गर्न पटक-पटक गर्भनर डा.चिरञ्जीवी नेपाललाई दबाब दिइए पनि हालसम्म निकासा हुन सकेको छैन । सुमार्गीले अहिले थाहा अनलाइन, थाहा टिभी र थाहा दैनिक भन्ने राष्ट्रिय दैनिक पत्रिका प्रकाशन गर्न लागेको स्रोतको दाबी छ । महालेखा परीक्षकको कार्यालयले सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट र मुक्ति श्री टेलिकम स्मार्ट फोनको सेयर स्वामित्व परिवर्तन गर्दा २ अर्ब कर छली गरेको प्रमाण फेला पारेको छ । यी दुवै कम्पनीको २०११ र २०१२ मा सेयर स्वामित्व परिवर्तन भएको थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE