Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

के होला मधेसी दलको आन्दोलन ? गठबन्धनभित्रै दुई धार

\"\"काठमाडौं, १३ जेठ । आगामी ३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा संघीय गठबन्धन सहभागी नहुने भएको छ । शुक्रबार सकिएको गठबन्धनको बैठकले आफू सहभागी नहुने निर्वाचन बिथोल्ने निर्णय गरेको छ । अाजको नयाँ पत्रिकामा खबर छ– आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता नभएको, सहमतिअनुसार स्थानीय तहको संख्या थप नगरेको तथा छुटेका मतदाता नामावलीलाई समय नदिएको भन्दै गठबन्धनले निर्वाचनमा सहभागी नहुने जनाएको छ । निर्वाचनका सम्पूर्ण कार्यक्रममा अवरोध गर्ने गठवन्धनको निर्णय छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै गठवन्धनले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । उसले राष्ट्रिय जनता पार्टीको दर्ता र निर्वाचन चिह्न पनि दिनुपर्ने माग समेत राखेको छ । ७ वैशाखमा एकता गरेका ६ मधेसकेन्द्रित दलहरूले राजपा गठन गरेका थिए । तर, अहिलेसम्म सो दल निर्वाचन आयोगमा दर्ता भएको छैन । गठबन्धनले १३ देखि १९ जेठसम्मका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । १३ जेठमा स्थानीय तहमा मसाल जुलुस, १४ जेठमा लाठी जुलुस र १६ जेठमा स्थानीय तहका निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम छन् । १८ र १९ जेठमा भने मधेस, थरुहट र लिम्बुवान बन्दको आह्वान गरेको छ । निर्वाचन आयोगको निर्वाचन कार्यक्रमअनुसार १९ जेठमा स्थानीय तहको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ । सो दिन बन्द आह्वान गरेको गठबन्धनले उम्मेदवारी दर्ता प्रक्रियामा अवरोध गर्ने पनि जनाएको छ । रणनीतिक आन्दोलन – गठबन्धनले आन्दोलनलाई रणनीतिक रूपमा प्रयोग गर्न खोजेको छ । उसले प्रमुख दलहरूसँग संविधान संशोधनलगायतका केही मुद्दामा लिखित प्रतिबद्धता खोजेको छ । स्रोतका अनुसार स्थानीय तह थप्नेसम्बन्धीको मुद्दा र संविधान संशोधनको आधार तयार गर्न आन्दोलनलाई उपयोग गर्ने रणनीति बनाइएको हो । – ‘केही दिनभित्रै राजनीतिक सहमतिको वातावरण बन्न लागेको छ, त्यसका लागि पनि आन्दोलन घोषणा गरेका हौँ,’ गठबन्धन स्रोतले भन्यो । यो सहमतिमा एमालेलाई पनि समेट्नुपर्ने गठबन्धनका नेताहरूको भनाइ छ । यहीबीचमा राजपालाई निर्वाचन आयोगमा दर्ता गराउने, निर्वाचन चिह्न लिने प्रयत्न पनि गरिनेछ । – ३१ जेठको निर्वाचनलाई १० देखि १५ असारसम्म वा कात्तिकमा सार्ने रणनीति पनि गठबन्धनको छ । निर्वाचनको बीचमा मुस्लिम समुदायको रमजान पर्व परेकाले सार्नुपर्ने उसको तर्क छ । दल दर्ता नभएको, निर्वाचन चिह्न नपाएको तर्क पनि गरेको छ । – ठूला दलले मधेसका माग सम्बोधन नगरेको विषय प्रमुख एजेन्डा बनाएर निर्वाचनमा जानुपर्ने तर्क पनि एकथरी नेताहरूको छ । शरत्सिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झालगायतका नेताहरूको आन्दोलन, संविधान संशोधन र निर्वाचनलाई एकसाथ उपयोग गर्नुपर्ने तर्क छ । गठबन्धनभित्रै दुई धार आन्दोलनको पक्ष र विपक्षमा गठबन्धनभित्र दुई धार देखिएको छ । राजेन्द्र महतो र राजकिशोर यादव निर्वाचन बिथोल्ने कार्यक्रमसहित चर्को आन्दोलनको पक्षमा छन् । त्यसविपरीत शरत्सिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झाहरू निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा छन् । यो मुद्दामा महन्थ ठाकुर बीचमा उभिएका छन् । प्रचण्ड–ठाकुर भेटवार्ता वार्ता जारी राख्ने : स्रोतका अनुसार गठबन्धनले शुक्रबार घोषणा गरेको आन्दोलनका कार्यक्रम एकप्रकारले देखावटी हो । उसले यसबीचमा वार्तालाई पनि निरन्तरता दिनेछ । शुक्रबार बिहान प्रधानमन्त्री प्रचण्ड र राजपा नेता महन्थ ठाकुरबीच छलफल भएको थियो । सहमतिको प्रयास जारी राख्ने गरी छुट्टिएका ठाकुरले दिउँसो आन्दोलनका कार्यक्रम घोषणा गरे । नेता केशव झाले आन्दोलन र वार्ता सँगसँगै जाने बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending