Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

ओलीको देउवालाई रुखो जवाफः हेरौंला तपार्इं कसरी प्रधानमन्त्री बन्नुहुन्छ ?

[caption id=\"attachment_129423\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौं, १२ जेठ । “म प्रधानमन्त्री हुँदा तपाईलाई के को अप्ठ्यारो हो ?” देउवाले ओलीलाई सोधे । “म पनि हेर्छु, तपाई कसरी प्रधानमन्त्री बन्नुहुन्छ ?” कड्किँदै कांग्रेस सभापति शेरबहादुर देउवातर्फ शब्द फ्याँक्दै ओलीले भने । देउवाले जवाफ फर्काएनन् । ओली बाहिरिए । यो विषय थियो प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएको अघिल्लो साँझ ६ बजेको । त्यो दिन एक बजे प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदमा राजिनामा दिने कुरा थियो । एमालेले अघिल्लो दिन नै प्रचण्डको राजिनामाको बिरोध गर्दै संसद अवरुद्ध गर्ने चेतावनी दिएपछि सभामुखले शीर्ष नेताबीच छलफल गर्न बैठक डाकेकी थिइन । तर नेकपा एमाले अध्यक्ष ओली बैठकमा आउन मानेनन् । देउवा, प्रचण्ड र सभामुखले फोन गर्दा समेत उनी आएका थिएनन् । पछि आफ्नै सांसदहरुले समेत अनुरोध गरेपछि देउबा बैठकमा सहभागी भएका थिए । तर त्यो बैठक सौहाद्रपूर्ण हुन सकेन । प्रचण्डले राजिनामा दिने कुरामा ओलीले आपत्ती जनाए र ओलीको कुरामा देउवा चर्किए । यही चर्काचर्कीबीच ओलीले निस्किंदै भने– हेरौं तपाई कसरी प्रधानमन्त्री बन्नुहुन्छ ? त्यसको भोलीपल्ट समेत डाकिएको बैठकमा एमाले अध्यक्ष ओली गएनन् । पछि प्रचण्डले सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट राष्ट्रका नाममा सम्बोधन गरेर राजिनामा दिए । देउवालाई प्रधानमन्त्री बन्न नदिने कसरतमा एमाले देउवालाई प्रधानमन्त्री बन्न नदिने संकेत ओलीले त्यही बैठकमा दिइसकेका थिए । त्यसपछि प्रचण्डले राजिनामा दिएपछि पनि ओलीले सार्वजनिक प्रतिक्रिया दिँदै सहमतीय सरकारको वकालत गरे । ओलीको भनाईलाई राष्ट्रपतिले समेत समर्थन गर्दैै सहमतीय सरकारका लागि दलहरुलाई आव्हान गरेकी छिन् । यसको अर्थ हो– ओली र एमालेले देउवालाई प्रधानमन्त्री देख्न चाहेको छैन । यो कुरालाई एमालेको बैठकले समेत अनुमोदन गर्यो । एमालेले स्थानीय तहको थपिएको संख्यामा पुनर्विचार नगरिएमा सरकारको नीति तथा कार्यक्रमको बिरोध गर्ने, संसद अवरुद्ध गर्ने निर्णय गरेको छ । यसको अर्थ एमालेले सकेसम्म सरकार गठनको प्रक्रिया लम्ब्याउन खोजेको छ । यसो भएको खण्डमा स्थानीय तहको दोश्रो चरणको निर्वाचन सम्पन्न भएपछि एमालेसहितको सरकार बनाउने रणनीति एमालेको छ । खासगरी प्रदेश र केन्द्रको निर्वाचन अहिलेको गठबन्धनले नै गर्न दिने अवस्थामा पार्टीलाई अप्ठ्यारो पर्ने बुझाई एमालेको छ । यही भएर ओलीले एउटा टेलिभिजनको अन्र्तवार्तामा समेत “देउवा या जसको नेतृत्व भएपनि विगतका आलोचना र तिक्तता बिर्सेर एमाले सरकारमा सहभागी हुन चाहन्छ” भन्ने कुरा व्यक्त गरेका थिए । यो अवस्थाले राजीनामा दिएपनि प्रचण्ड नेतृत्वको सरकार लम्बिने संकेत गरेको छ । नेकपा एमालेले नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बन्न नदिने कसरत गरेको देखिएको छ । यसको संकेत नेकपा एमाले अध्यक्ष ओलीले दिएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE