Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

सरकार र संसदबारे एमालेका तीन रणनीति

\"\"काठमाडाैं, १२ जेठ । अाजको नयाँ पत्रिकामा खबर छ– १. नीति तथा कार्यक्रम पास गर्न अवरोध राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गरेपछि एमालेले सदन अवरुद्ध गरेको छ । स्थानीय तहको संख्या बढाउने निर्णय फिर्तालगायतका पाँचवटा माग पूरा नभएसम्म संसद् अवरुद्ध गर्दै नीति तथा कार्यक्रम पास गर्न नदिने एमालेको रणनीति छ । २. बजेटबारे पर्ख र हेरको नीति निर्वाचन आचारसंहिताका कारण सरकारले नियमित बजेट ल्याउन नपाउने भन्दै एमालेले सुरुमा ३१ जेठको निर्वाचन मिति जेठको १०–११ मा सार्नुपर्ने अडान लिएको थियो । तर, सरकारले तोकिएको मितिमा निर्वाचन हुने आश्वस्त तुल्याएपछि उसले नयाँ कार्यक्रम समावेश गर्न नपाउने गरी १५ जेठमा काम चलाउ बजेट ल्याउन दिने सहमति दियो । नीति तथा कार्यक्रम पास हुन नदिएर बजेट ल्याउन सरकारलाई नैतिक संकट खडा गरी सहमतिका लागि बाध्य तुल्याउने नीति एमालेले अख्तियार गरेको छ । ३. छलफलमा बस्ने, तर अडान राख्ने एमालेले नयाँ सरकार गठन प्रक्रियाका विषयमा सत्तारुढ दलले छलफलका लागि बोलाए सहभागी हुने, तर आफ्ना पाँच मागलाई अडानका रूपमा राख्ने नीति लिएको छ । उनले आफ्नो नेतृत्व स्वीकार गर्दा राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि तयार हुने, तर बहुमतीय प्रक्रियाका लागि उम्मेदवार तय नगर्ने जनाएको छ । ‘सरकारतिर हाम्रो धेरै दिलचस्पी छैन, संख्या पुग्दा उहाँहरूले बनाउँदा हुन्छ,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘तर सहमतिमा संविधान कार्यान्वयन गर्ने १६ बुँदे सहमतिलाई कांग्रेसले उल्लंघन गरेकाले हामीले सत्तातिर ध्यान दिएका छैनौँ, छलफलका लागि बस्छौँ, आफ्ना कुरा राख्छौँ ।’ हराउने उद्देश्यले संख्या बढाइयो, सदन खोल्दैनौँ भानुभक्त ढकाल, प्रमुख सचेतक, एमाले प्रतिपक्षको सहमतिमा मात्रै स्थानीय संख्या बढाउने सहमतिका आधारमा पहिले हामीले संसद् खोल्यौँ । पहिलो चरणको चुनावमा हामी पहिलो भयौँ, दोस्रो चरणका लागि एमालेले उम्मेदवार टुंग्याइसकेपछि प्रतिद्वन्द्वीहरूले कसरी हराउन सकिन्छ भन्ने योजनाका साथ रातारात संख्या बढाइयो । त्यसैले संख्या थप्ने निर्णय फिर्तासहित पाँचवटा विषयका माग पूरा नभएसम्म सदन खोल्दैनौँ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE