Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

नयाँ सरकार गठन ३१ जेठअघि कठिन

[caption id=\"attachment_80365\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं, १२ जेठ ।राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि आह्वान गरे पनि ३१ जेठअगाडि नयाँ सरकार चयन जटिल देखिएको छ । प्रक्रियातागत रूपमा अगाडि बढ्दा कम्तीमा १० दिन समय आवश्यक पर्नेमा प्रतिपक्षी दल एमालेले संसद् अवरोध जारी राखेकाले प्रधानमन्त्री चयन प्रक्रिया प्रभावित हुने सम्भावना बढेको हो । अाजको राजधानी दैनिकमा खबर छ– राष्ट्रपतिले सहमतिको सरकार गठनका लागि दिएको समयमा सरकार नबनेको अवस्थामा दलहरूको आग्रहमा उनले पुनः सहमतिको सरकार गठनकै लागि क्रमशः पाँच र तीनदिन समय थप गर्न सक्नेछिन् । विगतमा सहमतिका लागि पुनः समय थप गरेको अभ्यास छ भने आह्वानअनुसार सहमतीय सरकार बन्ने सम्भावना क्षीण छ । राष्ट्रपतिले सहमति नजुटेको खण्डमा सिधै बहुमतको प्रक्रिया थाल्न आह्वान गरे पनि २१ गते प्रधानमन्त्री चयनका लागि निर्वाचन हुने सम्भावना छ । तर, एमालेले आफ्ना माग पूरा नभएको भन्दै सदन अवरोध जारी राखेमा प्रधानमन्त्री चयनको प्रक्रिया पछाडि धकेलिनेछ । एमालेले सरकारले आफ्ना माग पूरा नगरेसम्म सदन चल्न नदिने एवं नीति तथा कार्यक्रम र बजेटसमेत प्रभावित हुन सक्ने चेतावनी दिएको छ । सरकारले स्थानीय तह थप गर्ने निर्णय फिर्ता लिएमा भने प्रक्रिया अघि बढाउन दिने एमालेका नेताहरू बताउँछन् । ‘हामी लचिलो हुन सक्ने जति ठाउँमा भएका छौं, बजेटको विषयमा ठूलो समस्या हुँदैन, केके ल्याउने भन्ने विषयमा छलफल भएको छ,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘तर हाम्रा माग पूरा गर्न सरकारले तत्परता नदेखाए सदन नै चल्न दिँदैनौं, सदन नचलेपछि नीति तथा कार्यक्रम नै पास नहुन सक्छ ।’ एमालेले स्थानीय तह थप गर्ने निर्णय फिर्ता लिनुपर्नेलगायत माग राखेर सदन अवरोध गरेको खण्डमा प्रधानमन्त्री चयनको प्रक्रियासमेत अवरुद्ध हुनेछ । नेम्वाङले निर्वाचनअघि नयाँ सरकार गठन हुने÷नहुने सत्तारूढ दलकै हातमा रहेको बताए । ‘उहाँहरू मरिहत्ते गरेर लाग्नुभएको छ, त्यसैले निर्वाचनअगाडि हुन पनि सक्छ, तर हाम्रा माग पूरा नहुँदासम्म सदन भने खुल्दैन, सदन नखुलेपछि प्रधानमन्त्री चयनको प्रक्रिया रोकिन्छ ।’ प्रमुख प्रतिपक्षी एमालेले सरकारले दण्डहीनतालाई प्रश्रय दिएको तथा संविधान र निर्वाचन आचारसंहिताविपरीत काम गरेको आरोप लगाउँदै स्थानीय तह थपको निर्णय फिर्ता हुनुपर्ने, प्रधानान्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोग फिर्ता लिनुपर्ने तथा सरकारले तराई मधेस तथा थरूहट घटनाका दोषीको मुद्दा फिर्ता लिने निर्णय खारेज गर्नुपर्ने माग गरेको छ । एमाले संसदीय दलका उपनेता नेम्वाङले आफ्ना माग पूरा नभएसम्म सदन नखुल्ने बताए । संविधानमा नै १५ जेठमा बजेट ल्याइने स्पष्ट प्रावधान भए पनि सरकारले आफ्ना मागको बेवास्ता गरे नीति तथा कार्यक्रम पास हुन नसक्ने र बजेटसमेत प्रभावित हुने बताए । २२ स्थानीय तह थप गर्ने निर्णयमा एमालेको असहमति छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending