Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

राजपालार्इ तालमेल प्रस्ताव

\"\"काठमाडाैं, १२ जेठ । स्थानीय तह निर्वाचनको दोस्रो चरणमा तालमेल गर्न संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले अर्को मधेसी घटक राजपालाई आग्रह गरेका छन्। राजपा नेता महन्थ ठाकुरको सानो ठिमी निवासमा बिहीबार दिउँसो फोरम अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक फोरम अध्यक्ष विजयकुमार गच्छदारले यस्तो प्रस्ताव गरेका हुन्। उनीहरुले मधेसी माग बमोजिम संविधान संशोधन गर्न सरकारले आफ्नो तर्फबाट सबै शक्ति लगाए पनि मतदान हुने घडीमा दुई तिहाई बहुमत पुग्न नदिन चलखेल भएको बताउँदै अब चुनावमार्फत् राजनीतिक एजेन्डा स्थापित गर्नुको विकल्प नभएको भन्दै ठाकुरलाई ‘जिम्मेवार निर्णयका लागि’ आग्रह गरे। अाजको कान्तिपुरमा खबर छ–‘राजपालाई सँगै मिलेर चुनावमा जाऔं भनी आग्रह गर्न गएका हौं, संसदको अहिलेकै स्थितिमा हामीले मागेको संविधान संशोधन कठिन रहेको यथार्थ बुझिसकेपछि अब के गर्ने भन्नेमा स्पष्टता चाहिन्छ,’ फोरम अध्यक्ष उपेन्द्र यादवले भने, ‘उहाँ (ठाकुर) ले आफ्नो एकीकृत नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता नभएको, चुनाव चिह्न नपाएको मूख्य समस्या राख्नुभयो।’ कामचलाउ सरकारका उपप्रधानमन्त्री गच्छदारले चिह्नबारे एकपल्ट आयोगसँग कुरा गर्न सकिने विकल्प सुझाएका थिए। पहिलो चरणको चुनाव भइसकेको अवस्थामा तत्काल नयाँ चिह्न नपाए राजपा एकता अघिका ६ घटकमध्ये कुनै दलको चिह्न लिएर लड्ने विकल्पबारे पनि भेटमा छलफल चलेको थियो। वैशाख ७ गते एकीकृत राजपाले नयाँ चिह्न मागे पनि ढिला गरी प्रस्ताव गरेको भन्दै आयोगले दिएको छैन। ठाकुरले संविधान संशोधन अझै पनि मधेस आन्दोलनको बटमलाइन रहेकाले अहिलेकै अवस्थामा त्यसलाई छाडेर चुनावमा जान कठिन हुने जवाफ दिएका थिए। राजपा नेता जितेन्द्र सोनलका अनुसार यथास्थितिमा चुनावमा जान सकिने सम्भावना नरहेको दलको अडान छ। ‘संविधान संशोधन त भएन नै, मुद्दा फिर्ता पनि घोषणा भयो, कार्यान्वयन भएको छैन, स्थानीय तहको संख्या पनि मागे जति बढेन, बढेकामा पनि विवादित ढंगले बढाइयो,’ सोनलले भने, ‘यथास्थितिमा चुनावमा जान सकिन्न। हामी आन्दोलनको कार्यक्रम घोषणा गर्दैछौं।’ राजपा अध्यक्ष मण्डलका नेता महेन्द्र यादवले शुक्रबार बिहान दलको बैठक बस्ने, त्यसपछि संघीय गठबन्धन बैठक डाकेर आन्दोलन घोषणा गर्ने जानकारी दिए। ‘पार्टीभित्र चुनाव र आन्दोलनलाई लिएर विभिन्न विचार आएका छन्, तर पार्टीको निर्णय भोलि आउने छ,’ यादवले भने। राजपा उच्च स्रोतका अनुसार चुनावमा जानेबारे पार्टीभित्र विवाद चर्किरहेको हुनाले आन्दोलनका कार्यक्रम घोषणा भए पनि ‘ती केही दिनका लागि सांकेतिक’ मात्रै हुनेछन्। ‘उपेन्द्रजी र गच्छदारजी चुनावमा जाने भइसकेपछि हामीलाई मात्रै एक्लै आन्दोलन उठाउन त्यसै पनि समस्या भइहाल्छ,’ एक उच्च नेताले भने, ‘तर केही नेताहरुको जोड दुई चार दिनका लागि मात्रै भए पनि आन्दोलन घोषणा गरेर जाऔं, त्यसपछि कुनै लिखित सहमति गरेर चुनावमा जाऔंला भन्ने छ।’ तर शीर्ष नेता ठाकुरले यस्तो प्रस्तावलाई खुलेर समर्थन गरिसकेका छैनन्। उनले आन्दोलन र चुनावमध्ये कुनै एकमा जानुपर्ने, दुवैमा खुट्टा राख्न खोज्दा दुर्घटना हुन सक्ने बिहीबार शीर्ष नेतृत्वसित राखेपछि बैठक अनिर्णित भएको थियो। स्रोतका अनुसार यादव र गच्छदार चुनावलाई लिएर राजपाभित्र अनिर्णय र विरोधाभास देखिएकाले तालमेलका लागि एकपल्ट फेरि आग्रह गर्ने, नभए फोरम–लोकतान्त्रिक फोरमबीच तालमेल गर्ने योजनामा छन्। यादव र गच्छदारले यसको आन्तरिक तयारी गरिरहेको बुझिएको छ। फोरम वर्चस्व रहेका ठाउँमा गच्छदारले सघाउने, लोकतान्त्रिक फोरम अगाडि रहेका ठाउमा यादवले सघाउने गरी तराई मधेसका ठूला जातीय समूदाय यादव र थारुको समीकरण मिलाउन उनीहरु सक्रिय रहेका हुन्। यादव निकट स्रोतले तालमेलबारे कुराकानी जारी रहेको पुष्टि गर्‍यो। यसबारे सोध्दा फोरम अध्यक्ष यादवले भने, ‘हामी त चुनावमा गइसक्यौं।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE