Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

जनप्रतिनिधिको प्राथमिकताः बैंक खोल्नेदेखि अनुदान वितरणसम्म

गोरखा, ११ जेठ । स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले बैंक खोल्न पहल गर्नेदेखि निजी आवास निर्माणलाई अनुदान वितरण गर्नेसम्मका निर्णयलाई प्राथमिकतामा राख्ने योजना वनाएका छन् । जनप्रतिनिधिले नगरपालिका र गाउँपालिका सम्हालेका छन् । तर नियमावली नबन्दा कसरी काम अघि बढाउने भन्ने अन्योलता छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतबाट शपथ लिएपछि जनप्रतिनिधिले पदबहाली गरेका छन् । पदबहाली गर्दा उनीहरुले पाँच वर्षे कार्यकालमा गरेर देखाउने भन्दै विभिन्न निर्णयमा हस्ताक्षर गरेका छन् । ऐतिहासिक गोरखा नगरीलाई विश्वसामु परिचित गराउँदै गोरखामा पर्यटक भित्र्याउने गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले पहिलो निर्णय गरेका छन् । यस्तै उपप्रमुख बिनाकुमारी श्रेष्ठले सेवाग्राहीको घरको नक्सा तोक आदेश गरेर पदबहालीको सुरुवात गरे । स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको मनास्लु क्षेत्रमा इन्टरनेट, टेलिफोनको पहुँच विस्तार गर्ने, गाउँपालिकामा बैंक सञ्चालनका लागि पहल गर्ने, कार्यालय व्यवस्थापन गर्ने निर्णयमा हस्ताक्षर गर्दै चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले पदबहाली गरेका हुन् । उनले भने – “चुमनुब्री गाउँपालिकामा बैंकको शाखा छैन । बैंक सञ्चालनका लागि सरकारसँग पहल गर्ने निर्णय गरियो ।” सबै वडामा टेलिफोन सेवा विस्तार र मनास्लु पदमार्गका अधिकांश क्षेत्रमा इन्टरनेट सुविधा पु¥याउने तयारी रहेको उनको भनाइ छ । सदरमुकामबाट चुमनुब्री गाउँपालिकाको कार्यालय सिर्दिवास पुग्न तीन दिन पैदल हिँड्नुपर्छ । यस्तै भीमसेन गाउँपालिकाका सबै वडामा वडा कार्यालय व्यवस्थापन गर्न आवश्यक बजेट माग गर्ने निर्णय गर्दै गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले पदबहाली गरेका छन् । तत्कालै जनतालाई राहत पुग्नेखालका योजना बनाइरहेको भन्दै उहाँले गाउँकार्यपालिकाको निर्वाचन सकिएपछि ती योजना सार्वजनिक गर्ने बताए । भूकम्पपीडितको लगत सङ्कलनका लागि पुनः सर्भे गर्ने र छुटेका भूकम्पपीडितलाई निजी घर निर्माणलाई अनुदान उपलब्ध गराउन पहल गर्ने निर्णय गर्दै सहिद लखन गाउँपालिका अध्यक्ष रमेश थापाले पदबहाली गर्नुभएको छ । “अधिकांश पीडितले सरकारी अनुदान रकम पाएका छैनन् । पुनः सर्भे गरेर उनीहरुलाई निजी आवास अनुदान दिनुपर्छ,” थापाले भने । सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले पदबहाली गरे पनि नयाँ निर्णयमा हस्ताक्षर भने नगरेको बताए । गाउँ कार्यपालिकाको निर्वाचन सकिएपछि बस्ने पहिलो बैठकले आफ्नो गाउँपालिका कस्तो बनाउने भन्नेबारे केही निर्णय सार्वजनिक गर्ने उनको भनाइ छ । यस्तै सिरानचोक गाउँपालिकामा भने अध्यक्ष र उपाध्यक्षले पदबहाली गर्न पाएका छैनन् । भवन अभावले गर्दा पदबहाली हुन नसकेको हो । कार्यालय भवन व्यवस्थापनको काम भइरहेकाले केही दिनमा पदबहाली गर्ने अध्यक्ष राजु गुरुङले बताए । नदी तथा खोलानालामा खेर गइरहेको पानी सदुपयोग गर्दै जलविद्युत् आयोजना निर्माण गरी गाउँपालिकालाई विद्युत्भार कटौतीमुक्त बनाउँदै गरिबी न्यूनीकरण गर्ने निर्णयमा हस्ताक्षर गर्दै पदबहाली गरेको धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले बताए । “खोलामा पानी खेर गइरहेको छ । बिजुली निकालेर गाउँको गरिबी केही मात्रामा घटाउँछौँ” – उनले भने । यस्तै समृद्ध पालुङटार निर्माण गर्ने योजनाका साथ अघि बढ्नुभएका पालुङ्टार नगर प्रमुख दीपकबाबु कँडेलले पुनःनिर्माणलाई तीव्रता दिने निर्णयमा हस्ताक्षर गर्दै पदबहाली गर्नुभएको कार्यकारी अधिकृत राकेश गुरुङले जानकारी दिए । प्रमुख र उपप्रमुख बस्ने कार्यालय व्यवस्थापन गरिसकिएको भन्दै बहालमा घर खोजेर भए पनि वडा कार्यालय सञ्चालनमा ल्याउने तयारी भइरहेको गुरुङले बताए । पदबहाली गर्दा आफूले हस्ताक्षर गरेका निर्णयलाई तत्कालै कार्यान्वयनमा ल्याउने जनप्रतिनिधिले बताउने गरेका छन् । गोरखाका ११ स्थानीय तहले जनप्रनितिधि पाएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE