Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

कृष्ण सेनको १५ औं स्मृति दिवस मनाइने, सेन स्मृति पुरस्कार नरेन्द्र र नदीरामलाई

[caption id=\"attachment_75655\" align=\"alignleft\" width=\"480\"]\"\" कृष्ण सेन इच्छुक[/caption] दाङ, ११ जेठ । यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नरेन्द्र केसीलाई प्रदान गरिने भएको छ । प्रेस सेन्टर नेपाल दाङ शाखाले स्थापना गरेको उक्त पुरस्कार यस वर्ष केसीलाई प्रदान गर्ने निर्णय गरिएको हो । प्रेस सेन्टर नेपाल दाङ शाखाको प्रतिभा छनौट समितिको बुधबार सम्पन्न बैठकले पत्रकार नरेन्द्र केसीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको सेन्टरका अध्यक्ष डिल्ली मल्लले जानकारी दिए । प्रमाणपत्रसहित १० हजार राशी रहेको उक्त पुरस्कार हरेक वर्ष पत्रकार सहिद कृष्ण सेन इच्छुकको स्मृति दिवसका अवसरमा प्रदान गर्दै आइरहेको र यस वर्ष पनि यही जेठ १३ गते घोराहीमा हुने स्मृति दिवसमा प्रदान गरिने मल्लले बताए ।सेन्टरका अध्यक्ष डिल्ली मल्लको संयोजकत्वमा गठित छनौट समितिमा वरिष्ठ उपाध्यक्ष प्रकाश चौधरी र सचिव पाण्डव शर्मा सदस्य थिए । डेढ दशकअघिदेखि पत्रकारिता शुरु गरेका केसी हाल नयाँ युगबोध दैनिकका सह–सम्पादक छन् । त्यस्तै नेपाल समाचारपत्र, सिस्ने अनलाइनलगायतका सञ्चारमाध्यममा पनि कार्यरत उहाँ प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद समेत हुन् । सेन स्मृति साहित्य पुरस्कार नदीराम केसीलाई त्यस्तै, यस वर्षको कृष्ण सेन इच्छुक स्मृति साहित्यिक पुरस्कार साहित्यकार नदीराम केसीलाई प्रदान गर्ने निर्णय गरिएको छ । जनसाँस्कृतिक महासंघ नेपाल दाङले स्थापना गरेको उक्त पुरस्कार रुकुमका साहित्यकार नदीराम केसीलाई दिने निर्णय गरिएको हो । महासंघ दाङका अध्यक्ष टीका बुढा संयोजक तथा प्रमोद धिताल र प्रकाश पन्थी सदस्य रहेको छनौट समितिले रुकुमका साहित्यकार केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो । प्रमाणपत्रसहित रु. १० हजार राशी रहेको उक्त पुरस्कार यही जेठ १३ गते हुने सेन स्मृति दिवसमा प्रदान गरिने जनसाँस्कृतिक महासंघ नेपाल दाङका अध्यक्ष टीका बुढा ‘रञ्जित’ले जानकारी दिए । ४० को दशकदेखि नै साहित्य लेखनमा सक्रिय केसीको २०६४ सालमा विद्रोहको गीत उपन्यास, २०६५ सालमा रुकुमको साहित्यको ऐतिहासिक रुपरेखा कृतिका रुपमा प्रकाशित छन् भने थुप्रै फुटकर कविता, गीत तथा साहित्यिक लेखरचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित भइसकेका छन् । वाँफीकोट रुकुमका साहित्यकार केसीले राप्ती साहित्य परिषद् रुकुम शाखाको अध्यक्ष तथा केन्द्रीय उपाध्यक्षको जिम्मेवारी पूरा गरिसक्नुभएको छ भने अखिल नेपाल जनसाँस्कृतिक संघ, अखिल नेपाल लेखक संघ, सिर्जनशील साहित्य परिषद् रुकुम, गणतान्त्रिक साहित्य परिषद् रुकुमलगायत विभिन्न साहित्यिक संघ संस्थामा आबद्ध छन् । यसैबीच पत्रकार तथा साहित्यकार सहिद कृष्ण सेन इच्छुकको १५ औं स्मृति दिवस नेपाल पत्रकार महासंघ दाङ शाखा, प्रेस सेन्टर नेपाल दाङ र जनसाँस्कृतिक महासंघ नेपाल दाङले संयुक्तरुपमा मनाउने भएका छन् । सेन मारिएको दिन जेठ १३ गते पारेर तीनवटै संस्थाले संयुक्त रुपमा स्मृति दिवस मनाउन लागेका हुन् । जेठ १३ गते बिहान ८ बजेदेखि पत्रकार महासंघ दाङ शाखाको सभाकक्षमा हुने कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण पत्रकार, साहित्यकार तथा शुभेच्छुक सबैलाई आयोजक संस्थाहरुले आमन्त्रण गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE