Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिने

\"\"काठमाडौं, ८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र माओवादी केन्द्रबीचको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पदबाट राजीनामा गर्ने भएका छन् । सोमबारदेखि सुरु हुने बजेट अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमपछि प्रधानमन्त्री प्रचण्डले राजीनामा गर्ने जानकारी स्रोतले दिएको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–स्रोतले भन्यो, राष्ट्रपतिले आगामी ११ गते नीति तथा कार्यक्रम वाचन गरेपछि कुनै पनि समय प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनेछन् । मुलुकले जेठ अन्तिमसम्म नयाँ प्रधानमन्त्री पाउने दाबी एक मन्त्रीले गरे । उनले भने, विगतमा भएका भद्र सहमति कार्यान्वयन नभए पनि यसपटक भद्र सहमतिको कार्यान्वयन भद्र रूपमा नै हुनेछ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले वर्तमान सरकारको नेतृत्व परिवर्तन आगामी दुई साताभित्र हुने बताए । कांग्रेस नेता गोपालमान श्रेष्ठले प्रधानमन्त्री प्रचण्डले दुई पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने बताए । कांग्रेस उच्चस्रोतका अनुसार सरकारले संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा जेठको अन्तिम सातासम्म प्रधानमन्त्री हुनेछन् । उनले भने, सरकारको नेतृत्व परिवर्तनका लागि संसदीय प्रक्रिया पूरा गर्नुपर्छ । त्यो भनेको वर्तमान सरकारको नेतृत्वबाट दाहालले राजीनामा दिएपछि सात दिनको सहमति र सात दिनको बहुमतीय प्रक्रिया हो । सामाजिक सञ्जाल, राजनीतिक दलका क्रिया र प्रतिक्रियामा नलाग्न आग्रह गर्दै कांग्रेस उच्चस्रोतले भन्यो, ुभद्र सहमतिको पहिलोपटक कार्यान्वयन हुँदैछ । दाहालले सहमति पालना गर्ने कुरामा कांग्रेस ढुक्क छ । कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला र डा शेखर कोइरालाले एउटै चुनावबीच दुई प्रधानमन्त्री हुन नहुने तर्क गर्दै वर्तमान सरकारले वैशाख ३१ झैं जेठ ३१ गते स्थानीय तहको चुनाव गर्नुपर्ने धारणा राखेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE