Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

मधेसी शक्ति नजिकिए

\"\"काठमाडाैं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा समेट्न प्रमुख प्रतिपक्षी एमालेलगायत सात दलहरूसँग साझा मत बनाउने प्रयास गरिरहेकै बेला उपप्रधानमन्त्री तथा फोरम लोकतान्त्रिकका नेता विजयकुमार गच्छदारले प्रधानमन्त्रीको उक्त प्रस्तावका पक्षमा सबैलाई ल्याउन पानीबाराबारको सम्बन्ध रहेका अन्य मधेसी शक्तिहरूसँग पनि परामर्श थालेका छन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– गच्छदारले शनिबार राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग स्थानीय तहको संख्या बृद्धि र संविधान संशोधनका विषयमा एकै ठाउँमा उभिन आग्रह गरे । उनले सबैको सहमति बन्न लागेका बेला यसलाई विरोध नगर्न एमाले नेता केपी शर्मा ओलीले छुट्टै भेटी अनुरोधसमेत गरे । प्रधानमन्त्रीले शुक्रबार कांग्रेस, राजपा, राप्रपासहित एमालेसँग यस्तै आग्रह गर्दा एमालेले कुनै पनि हालतमा दोस्रो चरण निर्वाचनपूर्व संविधान संशोधनको प्रस्तावमा आफूले समर्थन नगर्ने अडान लिएको थियो । तर, ओलीसँगको संवादको विवरणले भने गच्छदारले दिन चाहेनन् । गच्छदार, ठाकुर र यादवबीच आइतबारसमेत वार्ता हुने भएको छ । मन्त्रीपरिषद् बैठकले गत वैशाख २९ गते उपप्रधानमन्त्री गच्छदारको अध्यक्षतामा स्थानीय तहको संख्या थप गर्न तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । समितिमा रक्षामन्त्री बालकृष्ण खाँण र कानून तथा न्यायमन्त्री अजय शंकर नायक सदस्य छन् ।गच्छदारले स्थानीय तहको पहिलो निर्वाचन र त्यसको परिणमलाई समेत हेरेर मधेसवादी शक्तिहरुबीच कुनै प्रकारको एकता गराउने प्रयाससमेत गरिरहेका छन् । फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले गच्छदारले ठाकुरको नेतृत्वमा रहेको राजपा र यादवको नेतृत्वमा रहेको संघीय समाजवादीसंग संविधान संशोधन र स्थानीय तहको संख्या थपका लागि जारी राखेका अनौपचारिक वार्ता सकारात्मक भएको उल्लेख गर्दै भने, \'यसमा एमालेपनि लचक हुने विश्वासमा आफुहरु छौं ।\' एमालेले उग्र राष्टवादका नाममा पहाडियाको मतका लागि मधेसलाई उपेक्षा गर्ने राजनीतिक धेरै टिक्दैन ।\' राजपाको सहभागिताबीनाको चुनाव मुलुकको एकताका लागि कठिन हुने उनले बताए । राजपा नेता सर्वेन्द्रनाथ शुक्लाले तोकिएको मितिमा स्थानीय तहको दोस्रो निर्वाचन सम्पन्न हुने संभावना न्यून रहेको बताए । उनले भने,\' प्रमुख तीन दलसंग एकमात्र विकल्प दोस्रो निर्वाचनमा उम्मेदवारी दर्ताभन्दा अगाबै संविधान संशोधन र स्थानीय तहको सख्ंया थप वा केही एक महिनाका लागि चुनाव स्थगन नै हो ।\' चुनाव एक दुई महिना सर्नु कुनै ठूलो कुरा होइन, चुनावका नाममा मुलुक ठूलै अस्थिरतामा फस्नु सबैका लागि सधैका लागि दुर्भाग्यपूर्ण हुने उनले बताए । यसै पृष्ठभूमिका मधेसका संसदवादी तीन दल निकट हुँदै गएको जानकारी उनले दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE