Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

भरतपुरको मतगणनामा यस्तो अनौठो कसरी भयो ? एक प्रतिनिधिको बयान

\"\"(नेकपा माओवादी केन्द्रका तर्फबाट मतगणना प्रतिनिधि समेत रहेका यश्वर सापकोटाको बयान) भरतपुर, ६ जेठ । भरतपुर महानगरपालिका वडा नं. ४ को मतगणना सकियो । एमालेका वडाअध्यक्षका उम्मेदवारले नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवारलाई बधाई दिएर निस्किए । नेपाली कांग्रेसका कार्यकर्ताहरु विजय जुलुशका लागी तयारी गर्दै थिए । तर मत परिणामको माइकिङ हुँदा एमालेका वडाअध्यक्षका उम्मेदवार ७ मत विजयी भएको घोषणा भयो । मतगणनास्थलभन्दा निकै टाढा राखिएको कम्युटर इन्ट्री कक्षले गडबढी गरेको हुनसक्ने आंशका गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले थप सचेतता देखाए । कम्युटर इन्ट्री कक्षमा कर्मचारी परिवर्तन गर्न या सबै दलले सिफारिश गरेका १÷१ जना राख्न निर्बाचन एमाले बाहेकका अन्य दलले माग गरे । तर निर्बाचन अधिकृत मानेनन् । वडा नं. ९ को गणनाको अन्तिम परिणाम सुनाएपछि कांग्रेस÷एमालेले धाँधली भएको प्रमाण प्रष्ट भेट्टाए र मतगणना बहिस्कार गरे । के भयो वडा नं. ९ मा वडा नं. ९ मा २९०० मत गनिएको थियो । २२ सय मत गन्दा माओवादी केन्द्रकी मेयर रेणु दाहाल ४२२ मतले अघि रहेको तथ्यांङ सार्वजनिक गरिएको थियो । अब गन्न बाँकी ७ सय मत रह्यो । ७ सय मत गनेर परिणाम सार्वजनिक गर्दा रेणु दाहाल ३४६ मतले पछाडी परेको परिणाम आयो । हो यहिनेर, एमाले बाहेकका दलहरुले निर्बाचन अधिकृतलाई प्रश्न गरे–यो कसरी सम्भव छ ? पहिलो –७ सय मतमा ७ सय नै देवि ज्ञावलीलाई गएको थिएन । दोस्रो–रेणु दाहाल ४२२ ले अग्रता रहेको ठाउँमा पछि देवि ज्ञावलीले लिएको ३४६ अग्रता मत जोड्दा ७६८ हुन आउँछ । ७ सय मतमा ७६८ कसरी भयो ? यो घटनाबाट मतगणनास्थलमा गरिने टिपोट र कम्युटरमा इन्ट्री गरिने मत फरक रहेको दलहरुले थाहा पाए । अहिले एमाले बाहेकका दलहरुले मतगणना पून हुनपर्ने माग राखिरहेका छन् भने एमाले र निर्बाचन अधिकृतले मतगणना पून हुन नसक्ने बताईरहेका छन् । यहि कारण शुक्रबार बेलुकीबाट स्थगित भरतपुरको मतगणना सुचारु हुन सकेको छैन । पटक–पटक त्रुटीपूर्ण परिणाम सार्बजनिक गरिएको छ । मतगणना स्थलमा गणकले गरेको टिपोट र निर्वाचन अधिकृतले कम्प्युटरमा इन्ट्री गरेर प्रिन्ट गरेको रिपोर्ट फरक–फरक देखियो । वडा नम्बर चार, वडा नम्बर सात र वडा नम्बर नौको मत परिणाम सार्बजनिक गर्दा फरक–फरक तथ्यांक सार्बजनिक गरिएकाले ति स्थानहरुमा पून मतगणना हुनपर्छ । भरतपुर महानगरको बदर मत कहाँ गयो ? निर्बाचन अधिकृतले देखाउनुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending