Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

प्रधानन्यायाधीश कार्कीले आफ्नो इजलास तोकिन्

\"\"काठमाडाैं, ६ जेठ । निलम्बनबाट सर्वोच्च अदालतमा नियमित काममा फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्कीले पहिलोपटक आफ्नै इजलास तोकेकी छिन् । प्रधानन्यायाधीश कार्कीले शुक्रबार न्यायाधीश सपना मल्ल प्रधानसहितको संयुक्त इजलास तोकेकी हुन् । ७ चैतको पेसीमा न्यायाधीश चोलेन्द्रशमशेर जबरा र शारदाप्रसाद घिमिरेले दिएको आदेशको ‘साधसोध पेसी’ मा उनले आफूसहितको इजलास तोकेकी हुन् । सर्वोच्च फर्केपछि प्रधानन्यायाधीश कार्कीले फैसला सुनाइसकेका मुद्दाको पूर्णपाठ तयार गर्ने, हस्ताक्षर गर्ने, पेसी तोक्ने कार्य गर्दै आएकी थिइन् । अाजको नयाँ पत्रिकामा खबर छ– सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले प्रधानन्यायाधीश कार्कीले फैसला गर्ने गरी इजलास नतोकिएको बताए । ‘उहाँ (प्रधानन्यायाधीश)ले नमिलेका विषय सच्याउन आफ्नो इजलास तोक्नु भएको हो,’ प्रवक्ता उपाध्यायले भने, ‘गल्तीहरू संशोधन गर्न मात्रै इजलास तोकिएको हो ।’ प्रधानन्यायाधीशले इजलास तोके पनि कुनै फैसला र आदेश जारी नगर्ने उपाध्यायको भनाइ छ । ‘आगामी २४ जेठबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ, उक्त समयसम्म उहाँले कुनै आदेश र फैसला गर्नुहुन्न,’ प्रवक्ता उपाध्यायले भने । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले १७ वैशाखमा महाअभियोग प्रस्ताव दर्ता गराएपछि प्रधानन्यायाधीश कार्की चार दिन निलम्बनमा परेकी थिइन् । न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले महाअभियोग अगाडि नबढाउन र प्रधानन्यायाधीश कार्कीलाई अदालतमा आफ्नो जिम्मेवारी सम्हाल्ने गरी अन्तरिम आदेश जारी गरेका थिए । अन्तरिम आदेश जारी गरेपछि कार्की १२ वैशाखबाट सर्वोच्च अदालत फर्किएकी थिइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE