Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

बालुवाटार बैठकमा कसले के भने ?

\"\"प्रधानमन्त्री प्रचण्ड पहिलो चरणको निर्वाचन भयो, यो हामी सबैका लागि गौरवको विषय हो । अब मधेसका साथीहरूलाई समेत सहमतिमा ल्याएर दोस्रो निर्वाचन सफल गर्न लागौँ । यसका लागि संविधान संशोधनमा सबै दल जुटौँ । पहिलो चरणमा निर्वाचन गरेपछि अब जसरी पनि दोस्रो चरणको निर्वाचन गर्नैपर्छ । तराईमा सिके राउतजस्ता अतिवादी छन् भन्ने हामीले बुझ्नुपर्छ । अब निर्वाचन गराउनेतिर लाग्नुको सट्टा अतिवादीहरूको आत्मबल नबढोस् भन्नेतर्फ हामी कोही पनि नलागौँ, सचेत बनौँ र निर्वाचन गर्ने वातावरणका लागि संविधान संशोधन गरेर जाउँ । हाम्रो अहिलेको ठूलो एजेन्डा भनेकै संविधान कार्यान्वयन हो । यसका लागि निर्वाचन समयमै हुनुपर्छ, यसमा अब विवाद नगरी सबै लागौँ । शेरबहादुर देउवा, सभापति कांग्रेस जटिलतालाई अब लामो समय जान नदिउँ । सबैलाई सहभागी गराउने गरी संविधान संशोधन गरेर दोस्रो चरणको निर्वाचनमा जुटौँ । दिलनाथ गिरी, राप्रपा राप्रपा संविधानको विपक्षमा मतदान गरेका दल हो । तर, संविधान विधि र प्रक्रियाबाट आएकाले स्वीकार गरेका हौँ । संविधान संशोधनको प्रस्ताव जटिल थियो भनेर हाम्रो विमति रह्यो । तर पनि संघीय सीमांकनको विषय आयोगले अध्ययन–अनुसन्धान गरेर प्रतिवेदन दिनेमा भन्नेमा हामीले पनि सहमति जनाएका हौँ । अहिले पनि संविधान संधोधनका केही विषयमा हाम्रा फरक मत छन् । तर, सबैलाई निर्वाचनमा ल्याउने गरी संशोधनले निकास दिन्छ र सबै दल निर्वाचनमा सहभागी हुने अवस्था रहन्छ भने हामी संविधान संशोधनको पक्षमा मतदान गर्न तयार छौँ । महन्थ ठाकुर हामीले यहाँ के बोल्ने ? बोलेको–बोल्यै छौँ । सत्तापक्ष र प्रतिपक्षकै बीचमा कुरा मिलेको छैन भने बोल्नुको मात्रै के अर्थ छ ? हामी त तपाईंहरूले हाम्रा संविधान संशोधन र स्थानीय तहको संख्या थप्ने माग पूरा गर्दिनुहोला भनेर आएका हौँ । पहिला तपाईंहरू (सत्तापक्ष र प्रतिपक्ष) बीच कुरा मिलाउनुस्, अनि हामीलाई बोलाउनुस्, अन्यथा यसरी निरर्थक छलफलमा बोलाउनुको कुनै अर्थ छैन । प्रतिपक्षलाई पनि विश्वासमा लिनुस् । दोस्रो चरणको निर्वाचनअघि संविधान संशोधन नगरीकन जबर्जस्ती निर्वाचन गर्न खोजिए हामी कडा आन्दोलनमा जान बाध्य हुन्छौँ । अशोक राई स्थानीय तह बढाउने र संविधान संशोधन विधेयक संशोधन गर्ने कुरा प्रधानमन्त्रीले राख्नुभएको थियो । प्रमले बोल्नासाथ प्रतिपक्षी दलका नेताले कडा आपत्ति जनाउँदै सम्पूर्ण रूपमा प्रतिवाद गर्ने भनेर चेतावनी दिएपछि बैठकको स्थिति भड्कियो । पहिलो गाँसमै ढुंगा लाग्यो । त्यसपछि खासै छलफल हुन सकेन । कुमार लिङदेन मधेसवादी दलले निर्वाचनमा जाने सहमति गरे भने हामीलाई पनि स्वीकार्य हुन्छ । तराईमा अतिवादी सिके राउत छन्, अरू अतिवादी छन् यसतर्फ हेक्का राख्नुपर्छ । अन्तिममा प्रधानमन्त्रीले भने –हामीसँग धेरै समय छैन । अब आन्तरिक छलफल गरी प्रतिपक्षी दलसँग समेत छलफल गरी निर्णायक बैठक बोलाएर समस्या समाधान गर्न लाग्छु ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE