Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

सासूबुहारी र आमाछोरी नै हारे

[caption id=\"attachment_132225\" align=\"alignnone\" width=\"750\"]\"\" धादिङ नीलकण्ठ ७ बाट फरकफरक पार्टीबाट उम्मेदवार बनेका सासूबुहारी ।[/caption] काठमाडाैं, ६ जेठ । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने दिन गत वैशाख १९ गते धादिङबेसीमा छुट्टै चर्चा थियो । चर्चाका पात्रहरू थिए नीलकण्ठ नगरपालिका वडा नं ७ की चिनिमाया परियार र कल्पे परियार । देशैभरि भइरहेको उम्मेदवारी मनोनयको क्रममा उनीहरू चर्चित हुनुको कारण थियो, एकै घरका सासूबुहारी फरकफरक पार्टीबाट निर्वाचनमा होमिदै थिए । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– तर उनीहरू दुवैजना निर्वाचनमा भने पराजित भएका छन् । उम्मेदवारी दर्ता गर्दाको समयमा आफैँले जित्ने दाबी गरेका एमालेको तर्फबाट दलित महिला सदस्यकी उम्मेदवार सासू चिनिमाया र माओवादी केन्द्रको उम्मेदवार बुहारी कल्पे दुवैलाई हराउँदै कांग्रेसकी उम्मेदवार मीनाकुमारी विश्वकर्मा विजयी भइन् । विजयी भएपछि मीनाले भनिन्, ‘दलितको हकअधिकार वकालत गर्न निर्वाचनमा सरकारले नै कोटा छुट्याएको थियो, त्यसको फाइदा उठाएँ, म कांग्रेसको तर्फबाट निर्वाचित भए पनि कुनै पार्टीलाई भेदभाव नगरी सबैलाई समेटेर अधिकारको पैरवी गर्नेछु ।\' चिनिमायाले ३ सय ९७ मत पाइन् भने उनकी बुहारी कल्पेले ५ सय १ मत पाएकी थिइन् । उनीहरू दुवैलाई हराउँदै कांग्रेसकी उम्मेदवार मीनाले ६ सय ७० मत ल्याउँदै विजयी भएकी थिइन् । पराजित भए पनि आफूलाई कुनै दुःख नलागेको चिनिमायाले बताइन् । ‘मैले पहिलेदेखि नै सूर्यमा भोट हालेको भएर नेताहरूले तपाईं उठ्नुस् भन्नुभयो र चुनावमा उठें । जसले जिते पनि एकजनाले जित्ने हो, कुनै दःख लागेको छैन । उनीहरूले उम्मेदवारी दिएको वडामा कांग्रेसका वडा अध्यक्षका उम्मेदवार गौतमहरि अधिकारीको प्यानल नै निर्वाचित भएको छ । गौतमहरिका दाइले नीलकण्ठ नगरपालिकोको मेयरमा उम्मेदवारी दिएको भए पनि उनले पछि कांग्रेसलाई समर्थन गरेका थिए । आफूले पराजय बेहोरे पनि गाउँ समुदायमा राम्रो काम गरेर अर्को पटक जित्ने कल्पेले विश्वास व्यक्त गरिन् । ‘चुनाव हो, एकजनाले मात्रै जित्छ, यो पटक जित्न सकिएन\', कल्पेले भनिन्, ‘जसले जिते पनि गाउँ समाजकै लागि काम गर्ने हो, राम्रो काम गरेर अर्को पटकको चुनाव जित्नेछु ।\' सिद्धलेक गाउँपालिकामा उमेदवारी दिएका आमाछोरी पनि दुवैजना पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सिद्धलेक गाउँपालिका उपप्रमुखमा उम्मेदवारी दिएकी ज्ञानुमाया सिलवालले थोरै मत प्राप्त गरिन् भने उनकी छोरी सरिना सिलवाल भट्टराई सिद्धलेक गाउँपालिकाको वडा नं १ को महिला सदस्यमा एमालेकी उम्मेदवारसँग पराजित भइन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE